Skip to main content

Purbi Garjan

लेखा अधिकृतविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति: शिक्षकसहित तीनजनाविरुद्ध उजुरी

कचनकवल। झापाको कचनकवल गाउँपालिकाका लेखा अधिकृत गोविन्द रिजालले धम्कीपूर्ण अभिव्यक्ति तथा चरित्रहत्या गर्ने शिक्षक रत्नकुमार बुढाथोकीसहित अन्य दुई व्यक्तिहरूविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका  छन्। उजुरीमा सामाजिक सञ्जालमार्फत जथाभावी अभिव्यक्ति दिएर आफ्नो नाम, पद, र प्रतिष्ठामा आँच पुर्याइएको, धम्कीपूर्ण वातावरण सिर्जना गरिएको र कार्यक्षेत्रमा मानसिक दबाब पारेको आरोप लगाइएको छ।

रिजालले पेश गरेको निवेदनमा लक्ष्मी माध्यमिक विद्यालयका शिक्षक रत्नकुमार बुढाथोकीले फेसबुकमा लेखा अधिकृतलाई लक्षित गर्दै धम्कीपूर्ण शैलीमा लेखेका अभिव्यक्तिहरूलाई मुख्य प्रमाणका रूपमा समावेश गरिएको छ। बुढाथोकीले ‘भोलि शिक्षकको तलब आएन भने पर्सी सुरक्षाकर्मी अगाडि पछाडि राखेर बस्नु कचनकवलको लेखा अधिकृतज्यू’ लगायतका धम्कीपूर्ण अभिव्यक्तिहरू सार्वजनिक गरेका थिए। साथै, उनले लेखा अधिकृतको प्रतिष्ठामा आँच पुर्याउने नियतले अन्य व्यक्तिहरूसँग मिलेर आधारहीन आरोप लगाएको उजुरीमा उल्लेख छ। 

निवेदनमा उल्लेख गरिएअनुसार, उनीहरुले बिना प्रमाण एकोहोरो आरोप लगाउँदै कर्मचारीको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको र कार्यालयको वातावरण असहज बनाएको आरोप लगाइएको छ। लेखा अधिकृत रिजालले त्रास र धम्कीका कारण कार्यालयको काम गर्न असहज परिस्थिति सिर्जना भएको उल्लेख गर्दै दोषीहरूमाथि साइबर अपराध अन्तर्गत कारबाही गर्न माग गरेका छन्।
साथै, आफ्नो व्यक्तिगत र पेशागत सुरक्षाको सुनिश्चितता गरिदिन समेत अनुरोध गरेका छन्।

यसअघि, गाउँपालिकाका पदाधिकारीहरूको पहलमा बुढाथोकीले सार्वजनिक रूपमा माफी मागेका थिए। उनले सामाजिक सञ्जालमा आफ्नो अभिव्यक्तिबाट लेखा अधिकृतको प्रतिष्ठामा असर परेको स्वीकार गर्दै क्षमायाचनासहित फेसबुकमा पोस्ट गरेका थिए। तर, रिजालले घटनालाई गम्भीर रूपमा लिँदै कानूनी प्रक्रिया अघि बढाउने निर्णय गरेका छन्।

लेखा अधिकृत रिजालले प्राविधिक कारणले शिक्षकहरूको तलब वितरण ढिलो भएको प्रस्ट पार्दै, “सामाजिक सञ्जालको दुरुपयोग गरी कसैको प्रतिष्ठामा आँच पुर्याउनु अपराध हो। यसले व्यक्तिगत र व्यावसायिक जीवनमा नकारात्मक प्रभाव पारेको छ। कानूनी न्यायका लागि उजुरी दिएको छु,” भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali