Purbi Garjan

लेखा अधिकृतविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति: शिक्षकसहित तीनजनाविरुद्ध उजुरी

Advertisement

कचनकवल। झापाको कचनकवल गाउँपालिकाका लेखा अधिकृत गोविन्द रिजालले धम्कीपूर्ण अभिव्यक्ति तथा चरित्रहत्या गर्ने शिक्षक रत्नकुमार बुढाथोकीसहित अन्य दुई व्यक्तिहरूविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका  छन्। उजुरीमा सामाजिक सञ्जालमार्फत जथाभावी अभिव्यक्ति दिएर आफ्नो नाम, पद, र प्रतिष्ठामा आँच पुर्याइएको, धम्कीपूर्ण वातावरण सिर्जना गरिएको र कार्यक्षेत्रमा मानसिक दबाब पारेको आरोप लगाइएको छ।

रिजालले पेश गरेको निवेदनमा लक्ष्मी माध्यमिक विद्यालयका शिक्षक रत्नकुमार बुढाथोकीले फेसबुकमा लेखा अधिकृतलाई लक्षित गर्दै धम्कीपूर्ण शैलीमा लेखेका अभिव्यक्तिहरूलाई मुख्य प्रमाणका रूपमा समावेश गरिएको छ। बुढाथोकीले ‘भोलि शिक्षकको तलब आएन भने पर्सी सुरक्षाकर्मी अगाडि पछाडि राखेर बस्नु कचनकवलको लेखा अधिकृतज्यू’ लगायतका धम्कीपूर्ण अभिव्यक्तिहरू सार्वजनिक गरेका थिए। साथै, उनले लेखा अधिकृतको प्रतिष्ठामा आँच पुर्याउने नियतले अन्य व्यक्तिहरूसँग मिलेर आधारहीन आरोप लगाएको उजुरीमा उल्लेख छ। 

निवेदनमा उल्लेख गरिएअनुसार, उनीहरुले बिना प्रमाण एकोहोरो आरोप लगाउँदै कर्मचारीको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको र कार्यालयको वातावरण असहज बनाएको आरोप लगाइएको छ। लेखा अधिकृत रिजालले त्रास र धम्कीका कारण कार्यालयको काम गर्न असहज परिस्थिति सिर्जना भएको उल्लेख गर्दै दोषीहरूमाथि साइबर अपराध अन्तर्गत कारबाही गर्न माग गरेका छन्।
साथै, आफ्नो व्यक्तिगत र पेशागत सुरक्षाको सुनिश्चितता गरिदिन समेत अनुरोध गरेका छन्।

यसअघि, गाउँपालिकाका पदाधिकारीहरूको पहलमा बुढाथोकीले सार्वजनिक रूपमा माफी मागेका थिए। उनले सामाजिक सञ्जालमा आफ्नो अभिव्यक्तिबाट लेखा अधिकृतको प्रतिष्ठामा असर परेको स्वीकार गर्दै क्षमायाचनासहित फेसबुकमा पोस्ट गरेका थिए। तर, रिजालले घटनालाई गम्भीर रूपमा लिँदै कानूनी प्रक्रिया अघि बढाउने निर्णय गरेका छन्।

लेखा अधिकृत रिजालले प्राविधिक कारणले शिक्षकहरूको तलब वितरण ढिलो भएको प्रस्ट पार्दै, “सामाजिक सञ्जालको दुरुपयोग गरी कसैको प्रतिष्ठामा आँच पुर्याउनु अपराध हो। यसले व्यक्तिगत र व्यावसायिक जीवनमा नकारात्मक प्रभाव पारेको छ। कानूनी न्यायका लागि उजुरी दिएको छु,” भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

नेकपाले देशको नेतृत्व गर्छ – दिपेश सी

नेकपाले देशको नेतृत्व गर्छ – दिपेश सी

विर्तामोड । नेपाल कम्युनिस्ट पार्टीका किराँत लिम्बूवान प्रदेश कमिटीका इन्चार्ज दिपेश सि ले अब देशको नेतृत्व नेपाल कम्युनिस्ट पार्ट...
आजको समाजको जीवनशिल पक्षको नेतृत्व नेकपाले गरेको छ – सुमनसिंह सी

आजको समाजको जीवनशिल पक्षको नेतृत्व नेकपाले गरेको छ – सुमनसिंह सी

विर्तामोड । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य एवम्  झापा इन्चार्ज सुमनसिंहले आजको समाजको जीवनशिल पक्षको नेत्रित्व नेकपाले ग...
नेपाल कम्युनिष्ट पार्टी झापाको छैटौँ पूर्ण बैठक सम्पन्न, यस्तो छ आगामी रणनीति

नेपाल कम्युनिष्ट पार्टी झापाको छैटौँ पूर्ण बैठक सम्पन्न, यस्तो छ आगामी रणनीति

विर्तामोड । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी झापाले पार्टीको आगामी रणनीति, सांगठनिक गतिविधि र उत्पादनका विषयमा विभिन्न निर...
गिरफ्तार नागरिक अविलम्ब रिहा गर्न एमसिसी सरोकार समितिको माग

गिरफ्तार नागरिक अविलम्ब रिहा गर्न एमसिसी सरोकार समितिको माग

काठमाडौ। स्थानीयको अनुमतिबिना विद्युतको प्रशारण लाईन बिस्तार विरुद्ध आन्दोलनरत व्यक्तिलाई प्रहरीले पक्राउ गरेकोले उनिहरुलाई अबिलम्...