कचनकवल। झापाको कचनकवल गाउँपालिकाका लेखा अधिकृत गोविन्द रिजालले धम्कीपूर्ण अभिव्यक्ति तथा चरित्रहत्या गर्ने शिक्षक रत्नकुमार बुढाथोकीसहित अन्य दुई व्यक्तिहरूविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन्। उजुरीमा सामाजिक सञ्जालमार्फत जथाभावी अभिव्यक्ति दिएर आफ्नो नाम, पद, र प्रतिष्ठामा आँच पुर्याइएको, धम्कीपूर्ण वातावरण सिर्जना गरिएको र कार्यक्षेत्रमा मानसिक दबाब पारेको आरोप लगाइएको छ। रिजालले पेश गरेको निवेदनमा लक्ष्मी माध्यमिक विद्यालयका शिक्षक रत्नकुमार बुढाथोकीले फेसबुकमा लेखा अधिकृतलाई लक्षित गर्दै धम्कीपूर्ण शैलीमा लेखेका अभिव्यक्तिहरूलाई मुख्य प्रमाणका रूपमा समावेश गरिएको छ। बुढाथोकीले ‘भोलि शिक्षकको तलब आएन भने पर्सी सुरक्षाकर्मी अगाडि पछाडि राखेर बस्नु कचनकवलको लेखा अधिकृतज्यू’ लगायतका धम्कीपूर्ण अभिव्यक्तिहरू सार्वजनिक गरेका थिए। साथै, उनले लेखा अधिकृतको…
मेचीनगर। दुर्लभ वन्यजन्तुको सुचीमा रहेको गैँडाको खाग र लागूऔषध सहित काकडभिट्टाबाट भारतीय नागरिक पक्राउ परेका छन् । बुधबार दिउँसो ३ः३० बजे मेचीनगर ६ काँकडभिट्टास्थित हिमालय गेस्ट हाउसबाट प्रतिबन्धित लागूऔषध र खाग सहित उनलाई पक्राउ गरिएको हो । हिमालय गेष्ट हाउसको कोठा नं. १०२ बुकिङ गरी बसेका भारत पश्चिम बंगाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधामले लागूऔषध ल्याई राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले कोठा तलासी लिएको थियो । त्यसक्रममा इन्टेक्स लेखिएको काटुनभित्र १ केजी ७०० ग्राम तौल भएको गैँडाको खाग, प्लाष्टिकसहित ३ ग्राम ७६० मिलिग्राम ब्राउनसुगर, पाइइभोन स्पास प्लस लेखिएको ट्याब्लेट…
कास्की । सेती नदिको ड्याममा खसेका एक युवाको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले भेट्टाएको छ। पुस २४ गते साँझ ७:२०बजेको समयमा कास्की पोखरा महानगरपालिका १६ दिपहाउजिङ्ग नजिकै बस्ने कैलाली धनगढिका एक युवाको सेती नदिको ड्याममा खसेर मृत्यु भएको छ। पश्चिममाञ्चल ईन्जिनियरिङ्ग कलेज लामाचौरमा अध्ययनरत पो.म.न.पा १९ लामाचौरमा डेरा गरि बस्ने वर्ष २१ का संगम पौडेल सेती नदीको ड्याममा खसेका थिए। उनी खसेको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी निरीक्षक विनोद पौडेलको कमाण्डमा १३ जना (४जना गोताखोर र ९ जना ) बिशेष विपद् व्यवस्थापनको टोली खोजतलासका लागि पुगेको थियोे । साँझ ७:३०बजे खोजतलासका लागि पुगेको प्रहरी टोलीले ८:२५ बजेको समयमा उनको शव…