Skip to main content

Purbi Garjan

गैँडाको खाग र लागूऔषधसहित काँकडभिट्टाको होटलबाट भारतीय नागरिक पक्राउ

मेचीनगर। दुर्लभ वन्यजन्तुको सुचीमा रहेको गैँडाको खाग र लागूऔषध सहित काकडभिट्टाबाट भारतीय नागरिक पक्राउ परेका छन् । बुधबार दिउँसो ३ः३० बजे मेचीनगर ६ काँकडभिट्टास्थित हिमालय गेस्ट हाउसबाट प्रतिबन्धित लागूऔषध र खाग सहित उनलाई पक्राउ गरिएको हो ।

हिमालय गेष्ट हाउसको कोठा नं. १०२ बुकिङ गरी बसेका भारत पश्चिम बंगाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधामले लागूऔषध ल्याई राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले कोठा तलासी लिएको थियो ।

त्यसक्रममा इन्टेक्स लेखिएको काटुनभित्र १ केजी ७०० ग्राम तौल भएको गैँडाको खाग, प्लाष्टिकसहित ३ ग्राम ७६० मिलिग्राम ब्राउनसुगर, पाइइभोन स्पास प्लस लेखिएको ट्याब्लेट १८ पत्ता, डिजिटल तराजु र मोवाईल १ थान फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali