Purbi Garjan

गैँडाको खाग र लागूऔषधसहित काँकडभिट्टाको होटलबाट भारतीय नागरिक पक्राउ

Advertisement

मेचीनगर। दुर्लभ वन्यजन्तुको सुचीमा रहेको गैँडाको खाग र लागूऔषध सहित काकडभिट्टाबाट भारतीय नागरिक पक्राउ परेका छन् । बुधबार दिउँसो ३ः३० बजे मेचीनगर ६ काँकडभिट्टास्थित हिमालय गेस्ट हाउसबाट प्रतिबन्धित लागूऔषध र खाग सहित उनलाई पक्राउ गरिएको हो ।

हिमालय गेष्ट हाउसको कोठा नं. १०२ बुकिङ गरी बसेका भारत पश्चिम बंगाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधामले लागूऔषध ल्याई राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले कोठा तलासी लिएको थियो ।

त्यसक्रममा इन्टेक्स लेखिएको काटुनभित्र १ केजी ७०० ग्राम तौल भएको गैँडाको खाग, प्लाष्टिकसहित ३ ग्राम ७६० मिलिग्राम ब्राउनसुगर, पाइइभोन स्पास प्लस लेखिएको ट्याब्लेट १८ पत्ता, डिजिटल तराजु र मोवाईल १ थान फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

नेकपाले देशको नेतृत्व गर्छ – दिपेश सी

नेकपाले देशको नेतृत्व गर्छ – दिपेश सी

विर्तामोड । नेपाल कम्युनिस्ट पार्टीका किराँत लिम्बूवान प्रदेश कमिटीका इन्चार्ज दिपेश सि ले अब देशको नेतृत्व नेपाल कम्युनिस्ट पार्ट...
आजको समाजको जीवनशिल पक्षको नेतृत्व नेकपाले गरेको छ – सुमनसिंह सी

आजको समाजको जीवनशिल पक्षको नेतृत्व नेकपाले गरेको छ – सुमनसिंह सी

विर्तामोड । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य एवम्  झापा इन्चार्ज सुमनसिंहले आजको समाजको जीवनशिल पक्षको नेत्रित्व नेकपाले ग...
नेपाल कम्युनिष्ट पार्टी झापाको छैटौँ पूर्ण बैठक सम्पन्न, यस्तो छ आगामी रणनीति

नेपाल कम्युनिष्ट पार्टी झापाको छैटौँ पूर्ण बैठक सम्पन्न, यस्तो छ आगामी रणनीति

विर्तामोड । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी झापाले पार्टीको आगामी रणनीति, सांगठनिक गतिविधि र उत्पादनका विषयमा विभिन्न निर...
गिरफ्तार नागरिक अविलम्ब रिहा गर्न एमसिसी सरोकार समितिको माग

गिरफ्तार नागरिक अविलम्ब रिहा गर्न एमसिसी सरोकार समितिको माग

काठमाडौ। स्थानीयको अनुमतिबिना विद्युतको प्रशारण लाईन बिस्तार विरुद्ध आन्दोलनरत व्यक्तिलाई प्रहरीले पक्राउ गरेकोले उनिहरुलाई अबिलम्...