Skip to main content

Purbi Garjan

ताप्लेजुङ : पहिरोले तापेथोक बजार जोखिममा

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको तापेथोक बजार माथिबाट झरेको पहिरोका कारण जोखिम परेको छ । बिहीबार राति वर्षासँगै बस्ती माथिबाट झरेको पहिरोले तापेथोक बजार उच्च जोखिममा परेको हो ।

पहिरोले मानवीय क्षति हुन नपाए पनि केही घर तथा गाउँपालिकाको कार्यालयसहितका संरचनामा क्षति पुर्‍याएको छ । गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार गाउँपालिका कार्यालय, सभा हल लगायतमा क्षति गरेको छ । यस्तै गाउँपालिकाको सवारी साधन लगायतका सामग्रीमासमेत पहिरोले सामान्य क्षति गरेको अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।

उक्त पहिरोले तापेथोक बजारका आधा दर्जन बढी स्थानीयको घर तथा संरचनामा क्षति गरेको छ । पशु चौपाया तथा पन्छीहरू राखिएका गोठ, ग्वाली, खोरजस्ता संरचनामा पहिरोले क्षति पुर्‍याएको स्थानीयले बताएका छन् । पहिरोले पुरेर केही पशुपन्छी मरेको हुनसक्ने गाउँपालिका उपाध्यक्ष रवीन साम्रा (विकास)ले जानकारी दिनुभयो । यद्यपि, पहिरोले पुर्‍याएको क्षतिको यकिन विवरण आउनलाई समय लाग्ने उहाँको भनाइ छ ।

यता पहिरोले पुरेर धराप बनाएको संरचना र सामग्रीलाई सुरक्षित गर्न गाउँपालिकाको एक्स्काभेटर प्रयोग गरी शुक्रवार बिहानैदेखि पहिरो पन्छाउन सुरु गरिएको छ । थप जोखिम तथा क्षति हुन नदिने प्रयास स्वरुप गाउँपालिकाको एक्स्काभेटर (उपकरण) प्रयोग गरेर पहिरो पन्छाउन थालेको पालिका अध्यक्ष लिम्बूले बताउनुभयो ।

त्यस्तै बिहीबार राति नै गएको पहिराले सोही गाउँपालिका वडा ६ लेलेपको साँगुमा पनि पहिरो गएको छ । साँगुमा गएको पहिरोले पुरिएर स्थानीयले पालेका केही पशु चौपाया मरेका स्थानीय शिक्षक विवस केदेमले जानकारी दिनुभयो । के कति परिमाणमा पशु चौपाया मरे र अन्य क्षतिको विवरण आउनलाई बाँकी रहेको उहाँले बताउनुभयो । समाचार स्रोत : गोरखापत्र दैनिक 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali