Purbi Garjan

Breaking News 1

दुर्गा प्रसाईं समुहको आगजनीबाट घाइते भएका ट्रक चालकको उपचारका क्रममा मृत्यु

दुर्गा प्रसाईं समुहको आगजनीबाट घाइते भएका ट्रक चालकको उपचारका क्रममा मृत्यु

प्रविण अधिकारी  झापा। मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले असोज ७ गते बिहान ३ बजेतिर प्रहार गरेको पेट्रोलबमबाट गम्भीर घाइते भएका भारतीय नागरिक पद रायको शिलगुडीमा उपचारका क्रममा मृत्यु भएको छ। प्रसाईं समूहले झापा बिर्तामोड नगरपालिका- ६ को बुट्टाबारीमा आगजनी गरेको WB73E3056 नम्बरको भारतीय मालबाहक ट्रकमा पेट्रोल बम प्रहार गर्दा राय गम्भीर घाइते भएका थिए। झापाको काँकडभिट्टा तर्फ जाँदै गरेको सो खाली ट्रकमा प्रसाईं समूहका व्यक्तिले रोकेर पेट्रोलबम प्रहार गरेको थियोे । स्रोतका अनुसार प्रसाईंको पारिवारिक आदेशमा ट्रकमा आगजनी गरिएको थियोे । पेट्रोलबम प्रहार हुनसाथ राय भाग्न खोजेपनि असफल भएको र ६०% बढी शरीर जलेको अवस्थामा उनलाई सुरक्षाकर्मीको टोलीले उद्वार…
Read More
घुस सहित बुद्धशान्ति- २ का वडाध्यक्ष ओली विप्लवका कार्यकर्ताको फन्दामा

घुस सहित बुद्धशान्ति- २ का वडाध्यक्ष ओली विप्लवका कार्यकर्ताको फन्दामा

विर्तामोड । झापाको बुद्धशान्ति २ का वडा अध्यक्ष डिल्ली प्रसाद ओली ८० हजार रुपैयाँ घुस लिँदालिदै रङ्गेहात पक्राउ परेका छन् । उनलाई आज मंगलबार विर्तामोड स्थित हनुमान सेन्ट्रलबाट विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले पत्रकारहरु सहितको सहयोगमा नियन्त्रणमा लिएका हुन् । भारतको सिलिगुडी निवासी अमरनाथ चौहानबाट जग्गा मिलाइदिने नाममा रकम लिँदालिदै वडाध्यक्षलाई नियन्त्रणमा लिई विप्लवका नेताकार्यकर्ताले विर्तामोड प्रहरीलाई बुझाएका छन्। भारतीय नागरिकले जग्गा सम्बन्धी कारोवारमा वडाध्यक्षलाई रकम बुकाएका हुन् । वडाध्यक्षले रकम नदिए काम रोक्ने भनेपछि उनले विर्तामोड‌मा आएर पैसा बुझाएका हुन् । बुझाउने र लिने दुवै जनालाई अहिले इप्रका अनारमनीमा राखिएको डिएसपी प्रकाश विष्टले जानकारी दिए । उनका अनुसार…
Read More
नेपाल कम्युनिस्ट पार्टी एक नम्बर प्रदेश कमिटिको बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी एक नम्बर प्रदेश कमिटिको बैठक सम्पन्न

झापा । नेपाल कमुनिस्ट पार्टी एक नम्बर प्रदेश कमिटिको दोश्रो पूर्ण बैठक मोरङको सलकपुरमा सम्पन्न भएको छ । नेकपा स्थायी समितिको बैठक पछी पछील्लो राजनीतिक परिस्थिती बारे स्प्ट गर्दै नेता कारर्यकर्ता लाइ योजना दिन बसेको बैठकले महत्वपूर्ण निर्णयहरु गरेको छ । पार्टी पोलिटब्युरो सदस्य एवं नेकपा प्रदेश इन्चार्ज दिपेस सीको अधक्ष्यतामा सम्पन्न बैठकले भर्खरै सम्पन्न पार्टिको स्थाई समितीको बैठकले लिएका निर्णयहरु कार्यन्वयन गर्ने योजनाहरु बनाएको छ । राजनैतीक बैचारिक काम, संघर्सको काम, आर्थिक तथा उत्पादनको काम, संगठनात्मक काम बारे महत्वपूर्ण निर्णय लिएको जानकारी प्राप्त भएको छ । पछील्लो अनतरास्ट्रीय ध्रुबिकरण, त्यसको प्रभाव, पुर्व क्षेत्रमा पैदा भएको पहिचानको संघर्स, धार्मिक अतीवादी…
Read More
बिप्लव धान रोप्न आउंदैछन सुनसरी

बिप्लव धान रोप्न आउंदैछन सुनसरी

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी १ नं प्रदेश अन्तर्गत सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नं ४ मानपुरमा भोलि असार २४ गते धान रोपाई उद्घाटन गर्न आउन लागेको नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्यूरो सदस्य तथा केन्द्रीय उत्पादन विभागका नेता सुमन (लिम्बु) सी ले बताए । उत्पादन विभागका नेता सुमनका अनुसार भोलि १ नं प्रदेश भरिका नेता कार्यकर्ताको उल्लेख्य सहभागीता रहने बुझिएको छ । नेपाल कम्युनिस्ट पार्टीको श्रम उत्पादन निति अन्तर्गत आत्मनिर्भर नेता ,आत्मनिर्भर कार्यकर्ता,आत्मनिर्भर पार्टी र आत्मनिर्भर देश बनाउने लक्ष्य सहित केन्द्रीय उत्पादन अन्तर्गत सुनसरीको रामधुनी नगरपालिका वडा नं ४ मा ४ बिगाहा खेतमा नेकपाले धान खेती गर्दै आएको बताए…
Read More
झापाको कचनकवलमा सर्पले डस्दा बालिकाको मृत्यु

झापाको कचनकवलमा सर्पले डस्दा बालिकाको मृत्यु

झापा । झापाको कचनकवल गाउँपालिका-३ ठुलो केचनामा विषालु सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ । हिजो साँझ ५ः३० बजेको समयमा कचनकवल-३ बस्ने हरिप्रसाद राजवंशीकी १२ वर्षीया छोरी मनिषा राजवंशीलाई आफ्नै भण्डार कोठाभित्र टेबल निकाल्ने क्रममा विषालु सर्पले टोकेको थियो । बालिकालाई बनियानी स्थित सर्प दंश उपचार केन्द्रमा प्राथमिक उपचार गरी थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Read More
विप्लव नेकपाका प्रभावशाली नेता जोखिम तेह्रथुमबाट गिरफ्तार

विप्लव नेकपाका प्रभावशाली नेता जोखिम तेह्रथुमबाट गिरफ्तार

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तेह्रथुम जिल्ला इन्चार्ज जोखिम सी लाई प्रहरीले गिरफ्तार गरेको छ। पार्टी कामको शिलशिलामा रहेका उनलाई तेह्रथुम जिल्ला सदरमुकाम म्याङलुङ्ग बजारबाट हिँडीरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय तेह्रथुमले गिरफ्तार गरेको नेकपाले जनाएको छ। राजनैतिक परिवर्तनको खातिर जीवनभर कठिन संघर्षको इतिहास निर्माण गर्दै निरन्तर संघर्षरत नेता जोखिमलाई पार्टीको विचार र परिवर्तनको राजनीतिलाई जिल्लावासी जनताहरु विचमा प्रवाह गर्ने क्रममा राजनैतिक पुर्वाग्रहका साथ गिरफ्तार गर्नु गणतन्त्र र नागरिक अधिकार विरुद्ध रहेको र यसले राज्यको विधीको शासनको समेत धज्जी उडाएको नेकपाका कोशी इन्चार्ज दिपेश सीले विज्ञप्तिमार्फत उल्लेख गरेका छन्। परिस्थीतीलाई अनावश्वक रुपमा उत्तेजित बनाउने प्रहरी प्रशासनको…
Read More
गृहमन्त्री लामिछाने एयरपोर्टमा ओर्लने बित्तिकै बिराटनगरमा विद्यार्थीले जलाए सरकारी गाडी

गृहमन्त्री लामिछाने एयरपोर्टमा ओर्लने बित्तिकै बिराटनगरमा विद्यार्थीले जलाए सरकारी गाडी

बिराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा विद्यार्थीहरुले एउटा सरकारी गाडी जलाइदिएका छन् भने पाँचवटा गाडी तोडफोड गरेका छन् । मोरङको रंगेलीमा ६ जना विद्यार्थी पक्राउ परेको विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले आइतबार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि सरकारी गाडी जलाएका हुन् । यसैगरी पाञ्चालीस्थित कन्चनजंघा पार्टी प्यालेस बाहिर पार्किङमा रोकेर राखेका पाँचवटा गाडीमा समेत तोडफोड गरिएको छ । गृहमन्त्री रबि लामिछाने विराटनगर एयरपोर्टमा उत्रिना साथ विद्यार्थीहरुले विराटनगरको शान्ति सुरक्षा कमजोर रहेको संकेत गर्दै आगजनी गरेका थिए । मोरङ क्याम्पस अगाडी सडकमा गुडिरहेको प्रदेश योजना आयोगको को- १ झ ६४४ नम्बरको गाडीमा ढुंगामुडा गर्दै विद्यार्थीले आगजनी गरेका हुन् । प्रहरीका अनुसार…
Read More
उज्यालो भविष्य संस्थाको स्थापना दिवस भव्य रुपमा सम्पन्न, सामाजिक व्यक्तित्वहरुलाई गर्यो सम्मान

उज्यालो भविष्य संस्थाको स्थापना दिवस भव्य रुपमा सम्पन्न, सामाजिक व्यक्तित्वहरुलाई गर्यो सम्मान

बलराम शिवाकोटी काठमाडौ, २५ जेठ । लामो समयदेखि बाल बालिकाको अधिकार, मानव सेवा, पर्यटन विकास, शैक्षिक जागरण तथा महिला लगायतका क्षेत्रमा कृयाशिल रहेको समाजिक संस्था उज्यालो भविष्य सस्था दोलखा आफ्नो स्थापनाको १० औँ वर्ष पूरा गरेको छ । संस्थाले आफ्नो स्थापनाको १० बर्ष पुरा भएको अवसरमा बिभिन्न सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरेको छ । बुधबार काठमाडौँमामा सम्पन्न कार्यक्रममा बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, शताब्दि पुरुष (एक सय दुई बर्ष) हरि बहादुर वस्नेत, पत्रकार चिरञ्जीवी मास्के, सोलुखुम्बुको लिखुपिके गाँउपालिकाका प्रमुख मिना कार्की वस्नेत, साहित्यकार दामोदर प्रसाद न्यौपाने, समाजसेवी सविता उप्रेती, हेमा मानन्धर, खड्ग शिवाकोटी र मोहन खत्री र माया थामिलाई कार्यक्रमका प्रमुख अतिथि…
Read More
भारत र अमेरिकासहित ११ देशका नेपाली राजदूत फिर्ता

भारत र अमेरिकासहित ११ देशका नेपाली राजदूत फिर्ता

२४ जेठ, काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् ।…
Read More
श्रमिकको हक हितका लागि सामूहिक सत्याग्रह

श्रमिकको हक हितका लागि सामूहिक सत्याग्रह

श्रम गरेर खाने वर्गले भोगेका समस्या उजागर गर्दै राजधानीमा सामूहिक सत्याग्रह थालिएको छ । स्वदेशमै श्रम गरेर खान पाउने वातावरण बनाउनुपर्ने मागसहित विभिन्न क्षेत्रका प्रतिनिधि तथा श्रमिकहरुले सातौं दिन आज पनि भोक हड्ताललाई निरन्तरता दिएका छन् । सरकारलाई दबाब दिनका लागि राष्ट्रिय संयुक्त संघर्ष समिति गठन गरेर गत वैशाख २४ गतेदेखि कलँकीको रुद्रबजारमा शुरु गरिएको सत्याग्रहको नेतृत्व गुल्मीका पूर्वसांसद एवं नेकपा माओवादीको युवा संगठन वाईसियलका पूर्वउपत्यका ईञ्चार्ज चन्द्रबहादुर थापा ‘सागर’ ले गरेका छन् । हड्तालमा बिन्दु थापा केसी,द्रोण सुवेदी, सुवास श्रेष्ठ,हिमलाल पौडेल, इन्द्रबहादुर आलेमगर, प्रल्हाद पोखरेल, शेरबहादुर साउद र पार्वती पुलामी छन् । ‘स्वेदशमै काम गरेर खान दे,उद्योगी व्यवसायी तथा…
Read More