झापा, २७ साउन । भारतबाट भन्सार छल्दै ल्याइएको मोबाइलको विभिन्न पार्टपुर्जासहित एक गाडी र चालकलाई झापाको मेचीनगरमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ स्थित भन्सार गेट अगाडि भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लुबी २६केओ७४६ नम्बरको सवारी साधनलाई जाँच गर्दा गाडीको पछाडिको डिक्कीमा लुकाइ ल्याइएको मोबाइलको पार्टपुर्जा फेला पारेको हो।
गाडी चालक पश्चिम बंगाल सिलिगुडीस्थित शिवनगर कोलोनी प्रधाननगर निवासी २८ वर्षीय राज ठाकुर रहेको प्रहरीले जनाएको छ । गाडीसहित सामानको मूल्यांकन १४ लाख ३० हजार गरिएको छ भने गाडी, चालक र सामानलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।








