झापा, २७ साउन। झापाको दुई छुट्टा छुट्टै स्थानबाट लागू औषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन २५ गते झापाको झापा गाउँपालिका–४ स्थितमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अर्जुनधारा नगरपालिका–९ का ३१ बर्षीय अनिल राईलाई ब्राउन सुगर २ ग्राम ७०० मिलिग्राम सहित नियन्त्रणमा लिएको छ भने प्रहरी चौकी बिर्ताबजारले बिर्तामोड नगरपालिका– ८ का २४ बर्षीय पकंज मैनाली, ३३ बर्षीय सरोज पौडेल, भद्रपुर नगरपालिका–१० का ४० बर्षीय शंकर चिमरिया, हल्दिवारी गाउँपालिका–४ का ३४ बर्षीय प्रदिप राई र हुम्ला नाम्खाका ३५ बर्षीय राजु लामालाई ४ सय मिलिग्राम ब्राउन सुगर र नगद १ लाख २२ हजार ९०…
झापा, २७ साउन । भारतबाट भन्सार छल्दै ल्याइएको मोबाइलको विभिन्न पार्टपुर्जासहित एक गाडी र चालकलाई झापाको मेचीनगरमा प्रहरीले नियन्त्रणमा लिएको छ । आज दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ स्थित भन्सार गेट अगाडि भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लुबी २६केओ७४६ नम्बरको सवारी साधनलाई जाँच गर्दा गाडीको पछाडिको डिक्कीमा लुकाइ ल्याइएको मोबाइलको पार्टपुर्जा फेला पारेको हो। गाडी चालक पश्चिम बंगाल सिलिगुडीस्थित शिवनगर कोलोनी प्रधाननगर निवासी २८ वर्षीय राज ठाकुर रहेको प्रहरीले जनाएको छ । गाडीसहित सामानको मूल्यांकन १४ लाख ३० हजार गरिएको छ भने गाडी, चालक र सामानलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको…
बाहुण्डाँगी । बाहुण्डाँगी जेसीज सप्ताह–२०२५ मंगलबारदेखि शुरु भएको छ। उद्घाटन कार्यक्रम अन्तर्गत आयोजित ‘रन बाहुण्डाँगी’ १२ किमि दौडमा अर्जुन बस्नेतले पहिलो स्थान हासिल गर्दै १५ हजार रुपैयाँ नगद पुरस्कार जितेका छन् । दोस्रो स्थानमा रिदन विश्वकर्मा (१० हजार) र तेस्रो स्थानमा विप्लव श्रेष्ठ (५ हजार) जित्न सफल भए । बस्नेतले ५१ मिनेटमा, विश्वकर्माले ५२ मिनेटमा र श्रेष्ठले ५३ मिनेटमा दौड पूरा गरेका थिए। ८५ जना सहभागी प्रतिस्पर्धामा उत्कृष्ट १० मा क्रमशः चौथो स्थानमा युवराज मगर रहेभने पाँचौ निश्चल कार्की, छैटौं रोशन लकान्द्री, सातौं निर्मल घिमिरे, आठौं उप्सन राई, नवौं अनुराज मगर र दसौं नम्बरमा अमन तामाङ परेका छन्। उनीहरुलाई प्रमाणपत्रसहित…