Skip to main content

Purbi Garjan

बाहुण्डाँगी जेसीज सप्ताह प्रारम्भ, १२ किमि दौडमा अर्जुन बस्नेत प्रथम

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीज सप्ताह–२०२५ मंगलबारदेखि शुरु भएको छ। उद्घाटन कार्यक्रम अन्तर्गत आयोजित ‘रन बाहुण्डाँगी’ १२ किमि दौडमा अर्जुन बस्नेतले पहिलो स्थान हासिल गर्दै १५ हजार रुपैयाँ नगद पुरस्कार जितेका छन् ।

दोस्रो स्थानमा रिदन विश्वकर्मा (१० हजार) र तेस्रो स्थानमा विप्लव श्रेष्ठ (५ हजार) जित्न सफल भए । बस्नेतले ५१ मिनेटमा, विश्वकर्माले ५२ मिनेटमा र श्रेष्ठले ५३ मिनेटमा दौड पूरा गरेका थिए।

८५ जना सहभागी प्रतिस्पर्धामा उत्कृष्ट १० मा क्रमशः चौथो स्थानमा युवराज मगर रहेभने पाँचौ निश्चल कार्की, छैटौं रोशन लकान्द्री, सातौं निर्मल घिमिरे, आठौं उप्सन राई, नवौं अनुराज मगर र दसौं नम्बरमा अमन तामाङ परेका छन्। उनीहरुलाई प्रमाणपत्रसहित सम्मान गरिनेछ।

दौड बाहुण्डाँगी, मेचेडाँगी, बौद्धमोड, भृकुटी हुँदै बाहुण्डाँगीमै आइपुगेर समापन भएको हो। प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः विद्या विकास एकेडेमी, आर्याना कृषि फर्म र अधिकारी भेट्स फर्मले प्रायोजन गरेका थिए भने टिसर्ट जमघट चियाले उपलब्ध गराएको थियो।

कार्यक्रम बाहुण्डाँगी जेसीजका अध्यक्ष नित्यानन्द चौलागाईको अध्यक्षता र मेचीनगर नगरपालिकाका निवर्तमान नगर प्रमुख तथा जेसीजका मानार्थ सदस्य विमल आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भयो। मुल संयोजकमा कौशल उप्रेती र दौड संयोजकमा न्यूटन कार्की थिए। कार्यकारिणी उपाध्यक्ष रोशन गिरीले जेसिज आस्था बाचन तथा किरण गौतमले मिसन भिजन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन महासचिव सुषमा मिश्रले गरेकी थिइन् ।

सप्ताहको दोस्रो दिन निःशुल्क कम्प्युटर तालिम उद्घाटन तथा प्लस–टु उत्कृष्ट विद्यार्थी सम्मान, तेस्रो दिन ट्राफिक सचेतना र जेब्रा क्रसिङ निर्माण, चौथो दिन डस्टबिन वितरण, पाँचौं दिन पिउने पानी वितरण हुने कार्यक्रम तय गरिएको छ। भदौ ३ गते मेचीनगर–४ हात्ती रिसोर्टमा कार्यक्रम समापन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali