विर्तामोड । झापाको बिर्तामोड -५ स्थित हिकोला मोडमा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। आज साँझ ५ बजेको समयमा बिर्तामोड बसपार्कबाट पश्चिम बस स्टेण्डतर्फ जाँदै गरेको प्र१-०२-००२ ख ००३५ नम्बरको यात्रुबाहक बसले बाटो क्रस गर्दै गरेको मोटरसाइकल प्र१-०१-०१३ प ५७०० लाई ठक्कर दिएको थियो। दुर्घटनामा इलाम जिल्ला, माई नगरपालिका वडा नम्बर - ४ गैरीगाउँ निवासी ३६ वर्षीय ठिर प्रसाद सुवेदी र ३० वर्षीया तुलसा पाँचकोटी घाइते भएका थिए। घाइतेहरुलाई तत्कालै उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको थियो। अस्पतालमा उपचारको क्रममा तुलसा पाँचकोटीको मृत्यु भएको छ भने मोटरसाइकल चालक सुवेदीलाई सामान्य चोट लागेको छ। दुर्घटनापछि बसचालक…

बिर्तामोड । झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालका संस्थापक तथा दुर्गा प्रसाईँका दाजु महेन्द्र प्रसाईँ मृत भेटिएका छन् । प्रसाईँले आत्महत्या गरेको प्रहरीले जनाएको छ । अर्जुनधारा नगरपालिका ६ महानन्द चौक निवासी प्रसाइँले बिर्तामोड–१ स्थित नरेन्द्र मैनालीको घरमा गएर शुक्रबार बिहान आत्महत्या गरेका हुन् । करिव एक घण्टाअघि उनी झुन्डिएको थाहा भएको थियो । मैनाली काठमाडौमा बस्दै आएका छन् । उनको खाली घरको दोस्रो तलामा गएर प्रसाईँ झुन्डिएको प्रहरीले बताएको छ । उनी लामो समयसम्म बिर्तामोडको बीएण्डसी अस्पतालका सञ्चालक रहेका थिए । उनी, दुर्गा प्रसाईँ र बुद्धशान्तिका प्रेम नेम्वाङको सक्रियतामा बीएण्डसी अस्पताल स्थापना भएको थियो । नेम्वाङ र मृतक प्रसाईँ केही समय…

डम्बर चौलागाइ , दोलखा २५ जेठ । आर्थिक लेनदेनका कारण भीमेश्वर नगरपालिका–१ क्षमावतीमा एक बृद्धको हत्या भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । आर्थिक लेनदेनका कारण हत्या भएको दोलखा प्रहरीले जनाएको छ । भीमेश्वर नगरपालिका–१ का ७७ वर्षीय बृद्ध झिलकवहादुर बिश्वकर्मा बाट एक बर्ष अघि दुई लाख ऋण ऋण लिएकाे र मारेपछि तिर्नै नपर्ने भनी छिमेकी ५२ बर्षिय गणेश घिमिरेले हत्या गरेको प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले हत्या आरोपीलाई सार्वजनिक गर्दै बृद्धको हत्या गरी भागेर काठमाडौं पुगेका घिमिरे लाई पक्राउ गरि सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय दाेलखाको हत्यारा पत्ता लगाउने…

दोलखा : पर्यटकीय क्षेत्र शैलुङडाँडामा पर्यटन प्रवद्र्धन गर्न मिनी ग्रेटवाल निर्माणको काम गरिएको हो। संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शैलुङ गाउँपालिकाको संयुक्त लगानीमा शैलुङ ग्रेटवाल निर्माण गरिएको पूर्वगाउँपालिका अध्यक्ष भरत दुलालले बताए। शैलुङ गाउँपालिकाको कालापानीदेखि डाँफेढुंगा ९५० मिटरसम्म निर्माणको डीपीआर तयार गरिए पनि अहिले पाँच सय मिटर मात्र ग्रेटवाल निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ। ग्रेटवाल निर्माणका लागि संघीय सरकारको ७० प्रतिशत र शैलुङ गाउँपालिकाको ३० प्रतिशत बजेट लगानी रहेको छ। प्रारम्भिक चरणमा पाँच सय मिटर ग्रेटवाल निर्माणका लागि ४ करोड ९४ लाख १५ हजार ४१८ रुपैयाँँ लागतमा ठेक्का सम्झौता गरिएको थियो। सरकारले नेपालका सय वटा पर्यटकीय स्थलमा पर्यटन…