Skip to main content

Purbi Garjan

mausam

नेपालमा मनसुन आउन एक साता लाग्ने

काठमाडौँ, २३ जेठ । नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसुन आइपुगेको र बङ्गालको खाडी हुँदै नेपालमा मनसुन आइपुग्न एक साता लाग्ने छ । मौसमविद् पौडेलले भन्नुभयो, “यही समयमा मनसुन भित्रिन्छ भन्ने एकिन गरी भन्न सकिँदैन । तर, एक हप्ता आसपासमा मनसुन भित्रिने अनुमान गरिएको छ । तीनचार दिनमा बङ्गालको खाडीमा मनसुन पुग्ने देखिन्छ, त्यसपछि नेपालमा आउँदा एक हप्ता आसपास वा केही अघि वा केही दिनपछि पनि हुनसक्छ ।” उहाँका अनुसार कहिलेकाहीँ मनसुन छिटो सक्रिय भए छिट्टै भित्रने र ढिलो सक्रिय…
Read More

घट्यो वर्षा, तातो लहर बढ्दै

झापा, १९ जेठ । विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन ठाउँठाउँमा वर्षा भएकाले तापक्रम घटेपछि अब विस्तारै फेरि तातो बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तीन दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम ३७ डिग्रीबाट माथि नचढेकामा अब फेरि तापक्रम विस्तारै उकालो लाग्ने भएको छ । आजबाटै वर्षा कम भएकाले तराईका केही क्षेत्रमा तातो लहर बढ्ने बताइएको छ । आज भैरहवामा अधिकतम तापक्रम ३७.५ डिग्री पुगेको छ । अहिले राति १०ः०० बजेको ताजा अवस्थामा पछिल्लो एक घण्टामा देशको कुनै पनि ठाउँमा वर्षा भएको छैन । पछिल्लो २४ घण्टामा पनि दैलेखलगायत केही जिल्लामा हल्का वर्षा भए पनि अन्य…
Read More

आज कोशी र बागमती प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

झापा, २४ साउन । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ, पश्चिममा नेपालको तराईको नजिक अवस्थित छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशभर साधारणतया बदली रहनेछ । महाशाखाका अनुसार मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराइ भू–भागका थोरै…
Read More

झापा बाढीको जोखिममा, १२९ मिलीमिटरसम्म वर्षा

झापा, १८ साउन । अविरल वर्षासँगै झापाका विभिन्न स्थानमा बाढीको जोखिममा परेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला २४ घण्टामा अनारमनी, चन्द्रगढी र केचनालगायत स्थानमा एक सय २९ मिलीमिटरसम्म वर्षा मापन गरिएको छ । यसले कचनकवल, बारदशी, झापा, गौरीगञ्ज र कन्काई नगरपालिकाका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । बाढी सतर्कता प्रणालीअन्तर्गत बारदशी गाउँपालिका–३ को भागडुब्बा र कचनकवल गाउँपालिका–५ को पिनडालबारीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणको सहयोगमा जडान गरिएका साइरन बज्न थालेको जनाइएको छ । साइरनले बासिन्दालाई समयमै सुरक्षित स्थानतर्फ जान सघाउने अपेक्षा गरिएको छ । त्यस्तै, साइरन प्रणाली झापा गाउँपालिकाको कुवाडी र गौरीगञ्ज गाउँपालिका–५ को…
Read More

आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना

झापा, १७ साउन ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।   आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा तराई भूभागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति देशभर साधरणतया बदली रहनेछ। कोशी,…
Read More
ne_NPNepali