Purbi Garjan

अर्थ

बढ्यो अलैँचीको निर्यात, ८६ करोडको निर्यात

बढ्यो अलैँचीको निर्यात, ८६ करोडको निर्यात

झापा, ९ असोज । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो दुई महिनामा अलैँची निर्यात ४३ दशमलव ९० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु ८५ करोड ९६ लाख ११ हजार बराबरको अलैँची निर्यात भएको हो । गत दुई महिनाको अवधिमा ५२२ मेट्रिकटन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो । आव २०८१–८२ को पहिलो दुई महिनाको अवधिमा रु ५९ करोड ७३ लाख ५२ हजार बराबरको अलैँची निर्यात भएको उहाँले बताउनुभयो । कार्यालयको तथ्याङ्कअनुसार चालु आवको दुई महिनामा चियाको निर्यात ३४ प्रतिशतले घटेको छ । उक्त अवधिमा रु ७५ करोड तीन लाख…
Read More

काँकरभिट्टबाट करिब तीन अर्बको पेट्रोलियम पदार्थ आयात

भद्रपुर, ८ भदौ । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो दुई महिनामा काँकरभिट्टा नाकाबाट रु दुई अर्ब ८४ करोड ४८ लाख ८४ हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । नाकाबाट पेट्रोल, डिजेल, एलपिग्यास, एटिएफ, मट्रितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईका अनुसार गत आवको सोही अवधिको तुलनामा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थ रु १० करोड ६१ लाख २८ हजार अर्थात तीन दशमलव ६० प्रतिशतले घटेको छ । यद्यपि पेट्रोलियम पदार्थबाट प्राप्त राजश्व शून्य दशमलव ५० प्रतिशत अर्थात रु ६४ लाख तीन हजारले बढेको उहाँले बताउनुभयो ।   कार्यालयको तथ्याङ्क अनुसार गत साउन÷भदौ महिनामा…
Read More
नकलबन्दा साकोसको १८औं माइन्यूट प्रमाणिकरण सभा सम्पन्न

नकलबन्दा साकोसको १८औं माइन्यूट प्रमाणिकरण सभा सम्पन्न

नकलबन्दा । मेचीनगर–५ स्थित नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाको १८औं माइन्यूट प्रमाणिकरण सभा शुक्रबार नकलबन्दा सामुदायिक सभाहलमा सम्पन्न भएको छ। सहकारीका अध्यक्ष केशर प्रसाद तिम्सिनाको सभापतित्व तथा सहकारीका पूर्व अध्यक्ष एवम् सल्लाकार संयोजक होमराज गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अध्यक्ष तिम्सिनाले प्रतिवेदन प्रस्तुत गर्दै सहकारीलाई आर्थिक समृद्धिको आधार मात्र नभई जीवन परिवर्तन गर्ने भरपर्दो माध्यमको रूपमा अगाडि बढिरहेको बताए। २०६४ सालमा ७९ जना सदस्यको ७९ हजार रुपैयाँ सेयर पुँजीसहित स्थापना भएको सहकारीमा हाल २३३७ सेयर सदस्य पुगेका छन्। सेयर पुँजी १ करोड ९ लाख ५३ हजार ९४० रुपैयाँ र कुल पुँजी १ करोड ५५ लाख ८९ हजार ६२६ रुपैयाँ…
Read More
विप्लवको पार्टीले दाङमा एकैदिन बेच्यो २ लाखको धान

विप्लवको पार्टीले दाङमा एकैदिन बेच्यो २ लाखको धान

हेमन्तप्रकाश वली दाङ । विप्लव सी नेतृत्वको नेकपाले दाङको तुलसीपुरमा एकैदिन २ लाख रकम बराबरको धान बेचेको छ । पार्टीले तुलसीपुर-१६ कन्ज्वारमा लगाएको धान बिक्री गरेको हो । पार्टीको स्वामित्वमा जमिन भाडामा लिएर पार्टीका नेताकार्यकर्ताहरुले गरेको धान खेतिमा करिव ७५ क्विन्टल धान उत्पादन भएको थियो । पार्टीले ७५ क्विन्टल मध्यबाट करिव ६० क्विन्टल धान स्थानीय मिल व्यवसायीलाई बिक्री गरि बचेको धान पार्टीका आन्तरिक कार्यक्रमका लागि पार्टीको गोदाममा राखेको नेकपाका दाङ जिल्ला सेक्रेटरी तिलक सीले जानकारी दिएका छन् ।   यस्तै पार्टीले जिल्लालाई तीन वटा उत्पादन केन्द्रमा विभाजन गरि सामुहिक खेतिपाती गरिरहेको छ । पार्टीले देउखुरी, घोराही र तुलसीपुरलाई उत्पादन केन्द्र…
Read More
मेचीनगर बजेट : कृषि क्षेत्र र कृषकलाई प्रोत्साहन गरिने

मेचीनगर बजेट : कृषि क्षेत्र र कृषकलाई प्रोत्साहन गरिने

मेचीनगर । मेचीनगर नगरपालिकाले कृषि क्षेत्र र कृषकलाई प्रोत्साहन दिनेगरी आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ । आर्थिक विकास सम्बन्धि नीति अन्तर्गत कृषि विकासतर्फ खेती योग्य जमीनमा १२ महिना सिंचाई सुविधा पुर्याउन अभियानकै रुपमा डिप वोरिङ, सोलार पम्प, कुलो मर्मत तथा निर्माण, वाटर लिफ्टिङ्ग स्प्रिङ्कल सिंचाई योजना र बर्षको पानी संकलन गर्ने पोखरी निर्माण आदिको माध्यमबाट सिंचाई सुविधाको व्यवस्थापन गरी सिंचाईका पूर्वाधारहरु मर्मत तथा पुनः निर्माण गरी आवश्यकता अनुसार नयाँ कुलो पैनी निर्माण गर्ने नीति लिइएको छ । नगरपालिका क्षेत्रभित्र हात्तीको कारण हुने क्षतिलाई न्यूनिकरण गर्न हात्तीबाट बढी प्रभावितक्षेत्रहरुमा हात्तीले कम क्षति पुर्याउने बालीको…
Read More
मेचीनगरको आगामी बजेट : २ अर्ब ५ करोड २९ लाख सार्वजनिक

मेचीनगरको आगामी बजेट : २ अर्ब ५ करोड २९ लाख सार्वजनिक

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि २ अर्ब ५ करोड २९ लाखको बजेट सार्वजनिक गरेको छ । आज सम्पन्न दोस्रो नगरसभामाको पाँचौ अधिवेशनमा नगरउप्रमुख मिना पोखरेल उप्रेतीले बजेट प्रस्तुत गर्दै चालू खर्च तर्फ ७३ करोड ९६ लाख तथा पुजीगत तर्फ एक अर्ब ३१ करोड ७ लाख ८ हजार रकम विनियोजन गरिएको बताइन् । नगरसभामा प्रस्तुत भएको बजेट चालू तर्फ ३६ प्रतिशत र पुजीँगत खर्च ६३ प्रतिशत सहित बित्तिय व्यवस्थापन तर्फ एक प्रतिशत रकम बिनियोजन भएको छ । मेयर गोपालचन्द्र बुढाथोकीको अध्यक्षमा भएको दोस्रो नगरसभाको पाँचौ अधिवेशनको नीति तथा कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले…
Read More
जेठ महिनामा सरकारले लियो त्रिचालिस अर्ब ऋण

जेठ महिनामा सरकारले लियो त्रिचालिस अर्ब ऋण

काठमाडौँ । नेपाल सरकारले जेठ महिनामा मात्रै करिब ४३ अर्ब रुपियाँ सार्वजनिक ऋण लिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार जेठमा मात्रै सरकारले ३४ अर्ब रुपियाँ आन्तरिक ऋण र करिब नौ अर्ब रुपियाँ बाह्य ऋण उठाएको आजको गोरखापत्र दैनिकले खबर छापेको छ। यससँगै सरकारले चालु आर्थिक वर्षको ११ महिनामा कुल तीन खर्ब सात अर्ब ६७ करोड रुपियाँ सार्वजनिक ऋण प्राप्त गरेको छ । चालु आवमा प्राप्त कुल ऋणमध्ये अधिकांश आन्तरिक ऋणकै हिस्सा छ । कार्यालयका अनुसार जेठसम्म सरकारले दुई खर्ब २५ अर्ब रुपियाँ आन्तरिक ऋण लिएको छ भने ८२ अर्ब ६७ करोड रुपियाँ बाह्य ऋण लिएको छ । चालु…
Read More
पुँजीको श्रोत अतिरिक्त मुल्य मात्र होइन : विप्लव सी

पुँजीको श्रोत अतिरिक्त मुल्य मात्र होइन : विप्लव सी

शोभराज बराल काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले पुँजीको श्रोत अतिरिक्त मुल्यमात्र नभएको बताएका छन् । शनिबार जनश्रम कृषि सहकारी संस्था लिमिटेडले आयोजना गरेको ‘कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली’ विषय अन्तरसंवादमा बोल्दै विप्लवले यस्तो बताएका हुन् । उनले विगतमा पुँजीको श्रोतका रुपमा अतिरिक्त मुल्यलाई लिएको भएपनि यसमा शिक्षा, अनुसन्धान, प्रविधि लगायतका विषयहरु थप्नुपर्ने बताए । पार्टीको उत्पादनको नीतिले गर्दा देशभर एकखालको लहर आएको बताउँदै कुनै पनि पार्टी अतिरिक्त मुल्यको रटानमा बस्न नहुनेमा जोड दिए । पार्टीले उत्पादनका कामहरु श्रम सहकारीमार्फत गरिरहेको जानकारी दिदै विप्लवले सहकारीलाई कुनै पनि हालतमा घाटामा जान नदिने बताए । ‘मलाई धेरै साथीहरुले तपाईं…
Read More
लगानीको डेढ गुणा प्रतिफल दिएका छौं : सन्देश सी

लगानीको डेढ गुणा प्रतिफल दिएका छौं : सन्देश सी

शोभराज बराल काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा उत्पादन विभाग प्रमुख सन्देश सीले जनश्रम सहकारी संस्थामा गरेको लगानी खेर नजाने बताएका छन् । शनिबार जनश्रम सहकारीले आयोजना गरेको ‘कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली’ विषय अन्तरसंवादमा अवधारण प्रस्तुत गर्दै उनले सहकारी कुनै पनि हालतमा नडुब्ने र यहाँ गरेको लगानी खेर नजाने बताएका हुन् । नेपाल कम्युनिस्ट पार्टीको ८औं केन्द्रीय समितिको ७ औं पूर्ण बैठकले उत्पादनको नीति लिएको बताउँदै उनले त्यही नीति अनुसार खुलेका ७१ वटा इकाईमध्ये धेरै सफल भएको बताए । ‘हामीले देशभर ७१ वटा इकाईहरुमार्फत उत्पादनको काम गरेका थियौं । त्यसमध्ये हाम्रो ७५ प्रतिशत इकाईहरु नाफामा गएका…
Read More
सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

काठमाडौं, २५ जेठ ।  सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
Read More
ne_NPNepali