हेमन्तप्रकाश वली दाङ । विप्लव सी नेतृत्वको नेकपाले दाङको तुलसीपुरमा एकैदिन २ लाख रकम बराबरको धान बेचेको छ । पार्टीले तुलसीपुर-१६ कन्ज्वारमा लगाएको धान बिक्री गरेको हो । पार्टीको स्वामित्वमा जमिन भाडामा लिएर पार्टीका नेताकार्यकर्ताहरुले गरेको धान खेतिमा करिव ७५ क्विन्टल धान उत्पादन भएको थियो । पार्टीले ७५ क्विन्टल मध्यबाट करिव ६० क्विन्टल धान स्थानीय मिल व्यवसायीलाई बिक्री गरि बचेको धान पार्टीका आन्तरिक कार्यक्रमका लागि पार्टीको गोदाममा राखेको नेकपाका दाङ जिल्ला सेक्रेटरी तिलक सीले जानकारी दिएका छन् । यस्तै पार्टीले जिल्लालाई तीन वटा उत्पादन केन्द्रमा विभाजन गरि सामुहिक खेतिपाती गरिरहेको छ । पार्टीले देउखुरी, घोराही र तुलसीपुरलाई उत्पादन केन्द्र…

मेचीनगर । मेचीनगर नगरपालिकाले कृषि क्षेत्र र कृषकलाई प्रोत्साहन दिनेगरी आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ । आर्थिक विकास सम्बन्धि नीति अन्तर्गत कृषि विकासतर्फ खेती योग्य जमीनमा १२ महिना सिंचाई सुविधा पुर्याउन अभियानकै रुपमा डिप वोरिङ, सोलार पम्प, कुलो मर्मत तथा निर्माण, वाटर लिफ्टिङ्ग स्प्रिङ्कल सिंचाई योजना र बर्षको पानी संकलन गर्ने पोखरी निर्माण आदिको माध्यमबाट सिंचाई सुविधाको व्यवस्थापन गरी सिंचाईका पूर्वाधारहरु मर्मत तथा पुनः निर्माण गरी आवश्यकता अनुसार नयाँ कुलो पैनी निर्माण गर्ने नीति लिइएको छ । नगरपालिका क्षेत्रभित्र हात्तीको कारण हुने क्षतिलाई न्यूनिकरण गर्न हात्तीबाट बढी प्रभावितक्षेत्रहरुमा हात्तीले कम क्षति पुर्याउने बालीको…

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि २ अर्ब ५ करोड २९ लाखको बजेट सार्वजनिक गरेको छ । आज सम्पन्न दोस्रो नगरसभामाको पाँचौ अधिवेशनमा नगरउप्रमुख मिना पोखरेल उप्रेतीले बजेट प्रस्तुत गर्दै चालू खर्च तर्फ ७३ करोड ९६ लाख तथा पुजीगत तर्फ एक अर्ब ३१ करोड ७ लाख ८ हजार रकम विनियोजन गरिएको बताइन् । नगरसभामा प्रस्तुत भएको बजेट चालू तर्फ ३६ प्रतिशत र पुजीँगत खर्च ६३ प्रतिशत सहित बित्तिय व्यवस्थापन तर्फ एक प्रतिशत रकम बिनियोजन भएको छ । मेयर गोपालचन्द्र बुढाथोकीको अध्यक्षमा भएको दोस्रो नगरसभाको पाँचौ अधिवेशनको नीति तथा कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले…

काठमाडौँ । नेपाल सरकारले जेठ महिनामा मात्रै करिब ४३ अर्ब रुपियाँ सार्वजनिक ऋण लिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार जेठमा मात्रै सरकारले ३४ अर्ब रुपियाँ आन्तरिक ऋण र करिब नौ अर्ब रुपियाँ बाह्य ऋण उठाएको आजको गोरखापत्र दैनिकले खबर छापेको छ। यससँगै सरकारले चालु आर्थिक वर्षको ११ महिनामा कुल तीन खर्ब सात अर्ब ६७ करोड रुपियाँ सार्वजनिक ऋण प्राप्त गरेको छ । चालु आवमा प्राप्त कुल ऋणमध्ये अधिकांश आन्तरिक ऋणकै हिस्सा छ । कार्यालयका अनुसार जेठसम्म सरकारले दुई खर्ब २५ अर्ब रुपियाँ आन्तरिक ऋण लिएको छ भने ८२ अर्ब ६७ करोड रुपियाँ बाह्य ऋण लिएको छ । चालु…

शोभराज बराल काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले पुँजीको श्रोत अतिरिक्त मुल्यमात्र नभएको बताएका छन् । शनिबार जनश्रम कृषि सहकारी संस्था लिमिटेडले आयोजना गरेको ‘कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली’ विषय अन्तरसंवादमा बोल्दै विप्लवले यस्तो बताएका हुन् । उनले विगतमा पुँजीको श्रोतका रुपमा अतिरिक्त मुल्यलाई लिएको भएपनि यसमा शिक्षा, अनुसन्धान, प्रविधि लगायतका विषयहरु थप्नुपर्ने बताए । पार्टीको उत्पादनको नीतिले गर्दा देशभर एकखालको लहर आएको बताउँदै कुनै पनि पार्टी अतिरिक्त मुल्यको रटानमा बस्न नहुनेमा जोड दिए । पार्टीले उत्पादनका कामहरु श्रम सहकारीमार्फत गरिरहेको जानकारी दिदै विप्लवले सहकारीलाई कुनै पनि हालतमा घाटामा जान नदिने बताए । ‘मलाई धेरै साथीहरुले तपाईं…

शोभराज बराल काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा उत्पादन विभाग प्रमुख सन्देश सीले जनश्रम सहकारी संस्थामा गरेको लगानी खेर नजाने बताएका छन् । शनिबार जनश्रम सहकारीले आयोजना गरेको ‘कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली’ विषय अन्तरसंवादमा अवधारण प्रस्तुत गर्दै उनले सहकारी कुनै पनि हालतमा नडुब्ने र यहाँ गरेको लगानी खेर नजाने बताएका हुन् । नेपाल कम्युनिस्ट पार्टीको ८औं केन्द्रीय समितिको ७ औं पूर्ण बैठकले उत्पादनको नीति लिएको बताउँदै उनले त्यही नीति अनुसार खुलेका ७१ वटा इकाईमध्ये धेरै सफल भएको बताए । ‘हामीले देशभर ७१ वटा इकाईहरुमार्फत उत्पादनको काम गरेका थियौं । त्यसमध्ये हाम्रो ७५ प्रतिशत इकाईहरु नाफामा गएका…

काठमाडौं, २५ जेठ । सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…

बलराम शिवाकोटी, दोलखा २५ जेठ । दोलखाका एक युवाले साइकलबाट विश्व भ्रमण सुरु गरेका छन् । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका युवा अभिनय कार्कीले बिहीबार देखि दोलखाको सदरमुकाम चरिकोटबाट विश्व साईकल यात्रा सुरु गरेका हुन् । साइकल यात्राको शुभारम्भमा दोलखाका प्रतिनिधि सभाका सांसद गंगा कार्की ‘विश्व’ ले नेपालको राष्ट्रिय झण्डा प्रदान गरे पछि कार्कीले साइकल यात्राको सुरु गरेका थिए । विश्व साइकल यात्रा शुभारम्भ कार्यक्रममा कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठलगायत राजनीति दलका नेताहरु तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाउँपालिका…

२४ जेठ, काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् ।…

स्कुले जीवनमा नेपालको पर्यटनबारे धेरै सुनेको, पढेको र लेखेको थिएँ तर पर्यटन मन्त्रालयका बारेमा मलाई थाहा थिएन । जनताको मुक्तिबाहेक पद–प्रतिष्ठाको सपना नबोकी गाउँबाट हिँडेको यात्री म, कालान्तरमा सिंहदरबारमा पर्यटनमन्त्रीका रूपमा काम गर्न पुगेँ । मन्त्रालयमा रहँदा दैनिक १६ घन्टा काम गरेँ । त्यसबिचमा बिहानदेखि बेलुका अबेरसम्म काम गर्दा धपेडीले मलाई अल्सर भयो । मेरो ढाड दुख्यो । खाने र सुत्ने ठेगान भएन । किनकि म आफ्नै शरीर घोटेर परिणाम देखाउन चाहन्थे । पर्यटन मन्त्रालय जहाज र क्यासिनोको मन्त्रालयजस्तो मात्रै थियो । म गएदेखि संस्कृति र पर्यटनमा पनि फोकस भएँ । त्यसमा चिन्तन–मनन गर्दै विभिन्न मान्छेहरू भेट्दै आफ्नै मनलाई सोध्दै…