Skip to main content

Purbi Garjan

विप्लवको पार्टीले दाङमा एकैदिन बेच्यो २ लाखको धान

हेमन्तप्रकाश वली

दाङ । विप्लव सी नेतृत्वको नेकपाले दाङको तुलसीपुरमा एकैदिन २ लाख रकम बराबरको धान बेचेको छ ।
पार्टीले तुलसीपुर-१६ कन्ज्वारमा लगाएको धान बिक्री गरेको हो ।

पार्टीको स्वामित्वमा जमिन भाडामा लिएर पार्टीका नेताकार्यकर्ताहरुले गरेको धान खेतिमा करिव ७५ क्विन्टल धान उत्पादन भएको थियो ।

पार्टीले ७५ क्विन्टल मध्यबाट करिव ६० क्विन्टल धान स्थानीय मिल व्यवसायीलाई बिक्री गरि बचेको धान पार्टीका आन्तरिक कार्यक्रमका लागि पार्टीको गोदाममा राखेको नेकपाका दाङ जिल्ला सेक्रेटरी तिलक सीले जानकारी दिएका छन् ।

 

यस्तै पार्टीले जिल्लालाई तीन वटा उत्पादन केन्द्रमा विभाजन गरि सामुहिक खेतिपाती गरिरहेको छ ।
पार्टीले देउखुरी, घोराही र तुलसीपुरलाई उत्पादन केन्द्र बनाएको छ ।

मंगलबारदेखि नेकपा दाङले जिल्लामा धान भित्र्याउन सुरु गरेको पनि जनाएको छ ।
मंगलबार तुलसीपुर-१७ घट्टेकुलामा पार्टीको एकीकृत स्वामित्वको प्रणाली अनुसार गरिएको साढे ३ बिघा क्षेत्रफलमा लगाएको धान भित्र्याएको छ ।

पार्टीले सो जमिनमा मात्रै १ सय १० क्विन्टल धान उत्पादन गरेको जनाएको छ । साथै उक्त परिमाणको धान पनि पार्टीले गोदाममा सुरक्षित गरेको छ ।

पार्टीले कृषिमार्फत आत्मनिर्भर र उद्योगमार्फत समृद्धिको नारासहित विस्तारै उद्योग, कलकारखानातिर पनि लगानी गर्ने सोच बनाएको नेकपाका केन्द्रीय सदस्य प्रदिप सीले बताए ।

उनले भने– ‘हामी कृषिमार्फत आत्मनिर्भर बन्ने र उद्योग, कलकारखानामार्फत समृद्धि हासिल गर्ने नीति लिएर उत्पादनलाई अघि बढाएका छौँ । हामीले उत्पादनलाई समाजवादी व्यवस्थाको अर्थप्रणालीसंग जोडेर काम गरिरहेका छौँ । यो हाम्रो कार्यदिशाको मौलिक पक्ष हो । हाम्रो पार्टी एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत देशलाई दलाल पुजीवादी संसदीय व्यवस्थाको चंगुलबाट मुक्त गर्दै समाजवादी व्यवस्थामा रुपान्तरण गर्न चाहन्छ । हामीले राजनीतिक क्रान्तिसँगै उत्पादनको क्रान्ति, सांस्कृतिक क्रान्तिलाई पनि संगसंगै अघि बढाएका छौँ । जनताले हाम्रो राजनीतिलाई नियालेर हेरेका छन्, हामी सकारात्मक छौँ । एकदिन जनताले हाम्रो राजनीति वरिपरि विशाल जनमत खडा गर्नेछन् । हाम्रो चाहना यो देशमा स्वाधिन राजनीतिको जग खडा गर्नु हो । हामी निरन्तर यो अभियानमा छौँ ।’

यस्तै नेकपाका जिल्ला सेक्रेटरी तिलक सीले जिल्लामा यो वर्षको उत्पादनमा तुलनात्मक हिसाबले वृद्धि भई नाफामा पुगेको बताए ।

यता नेकपाका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज सविन सीले अब पार्टीले जिल्लामा कृषिमा प्रविधिलाई जोड्दै व्यवसायिक उत्पादनमा ध्यान दिने सोच बनाएको बताए ।

नेकपा दाङले अबको साताभित्रै सबै उत्पादन केन्द्रको धान भित्र्याउने काम सकिने समेत जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali