Skip to main content

Purbi Garjan

लगानीको डेढ गुणा प्रतिफल दिएका छौं : सन्देश सी

शोभराज बराल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा उत्पादन विभाग प्रमुख सन्देश सीले जनश्रम सहकारी संस्थामा गरेको लगानी खेर नजाने बताएका छन् । शनिबार जनश्रम सहकारीले आयोजना गरेको ‘कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली’ विषय अन्तरसंवादमा अवधारण प्रस्तुत गर्दै उनले सहकारी कुनै पनि हालतमा नडुब्ने र यहाँ गरेको लगानी खेर नजाने बताएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीको ८औं केन्द्रीय समितिको ७ औं पूर्ण बैठकले उत्पादनको नीति लिएको बताउँदै उनले त्यही नीति अनुसार खुलेका ७१ वटा इकाईमध्ये धेरै सफल भएको बताए । ‘हामीले देशभर ७१ वटा इकाईहरुमार्फत उत्पादनको काम गरेका थियौं । त्यसमध्ये हाम्रो ७५ प्रतिशत इकाईहरु नाफामा गएका छन् ।’, उनले भने, ‘बाँकी १५ प्रतिशतमा हामी बराबरीमा गएको थियौं भने १० प्रतिशतमा घाटामा थियौं । घाटामा जानुमा मौसमदेखि विभिन्न कुराहरुले असर पारेको थियो ।’

उनले चितवनका चलेको मौरी फार्मले एक बर्षमा डेढ प्रतिशत नाफा दिएको बताए । ‘हामीले ५ हजार लगानी गरेका व्यक्तिलाई ७ हजार ५ सयसम्म नाफा दिएका छौं । हाम्रो सहकारीमा लगानी गरेपछि नाफाको ग्यारेन्टी हुन्छ ।’, उनले भने । उनले पार्टीको नाममा साढे दुई सय रोपनी जमिन रहेको बताउँदै यो बर्ष ३ सय रोपनीमा उत्पादन गर्ने योजना रहेको सुनाए । साथै, उनले अर्को बर्ष एक हजार रोपनीमा उत्पादन गरेर पार्टी पङ्तीलाई आत्मनिर्भर बनाउने र तेश्रो बर्षबाट १० हजार रोपनीमा उत्पादन गरेर खुल्ला बजारमा प्रतिश्पर्धा गर्ने योजना रहेको बताए ।

उनले सहकारीमा १ जना बराबर १ लाख रुपैयाँ मात्र लगानी गर्ने नीति बनाएको जानकारी दिए । ‘हामीले पार्टीको ५१ प्रतिशत र बाहिरबाट ४९ प्रतिशत लगानी गरेर जनश्रम सहकारी स्थापना गरेका छौं ।’, उनले भने, ‘सहकारी कसैको कब्जामा नजाहोस् भने हामीले १ जना बराबर १ लाखमात्र लगानी स्वीकार्ने नीति बनाएका छौं । संस्थागत लगानी गर्दा ५ लाखसम्म गर्न सकिन्छ ।’

उनले विप्लव देशको नेतृत्वमा आउँदा पनि नढल्ने अर्थतन्त्र बनाउन चाहेको बताउँदै ढुक्क भएर लगानी गर्न सबैलाई अपिल गरे । कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापा, मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति नन्दबहादुर सिंह, सुदुरश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति कर्णबहादुर थापा लगायत विभिन्न शैक्षिक संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सबैले सहकारीमार्फत उत्पादित सामाग्रीको बजारिकरण, औधिगिकरण र प्रविधिको प्रयोगसम्बन्धी जिज्ञासा र सुझाव दिएका थिए ।

अखिल समाजवादीको समन्वयमा भएको कार्यक्रमको अध्यक्षता जनश्रम सहकारीका अध्यक्ष सन्देश सीले गरेका थिए भने संचालन अखिल समाजवादीमा अध्यक्ष नरेन्द्र सीले गरेका थिए । कार्यक्रममा उपस्थित सबैलाई सहकारीका प्रवन्धक सुशील सीले स्वागत गरेका थिए । कार्यक्रममा १२ लाख बराबरको लगानी जुटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali