Purbi Garjan

दिन: २०८१ असार २, शनिबार

घट्यो पेट्रोलियम पदार्थको मूल्य

घट्यो पेट्रोलियम पदार्थको मूल्य

झापा । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आज मध्यरातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको हो । पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ । नयाँ मूल्यानुसार अब पेट्रोल प्रतिलिटर किन्न १६५ रुपैयाँ (काठमाडौं, पोखरा, दिपायल) तिर्नुपर्नेछ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएर १५२ रुपैयाँ (काठमाडौं, पोखरा, दिपायल) कायम गरिएको छ ।
Read More
पुँजीको श्रोत अतिरिक्त मुल्य मात्र होइन : विप्लव सी

पुँजीको श्रोत अतिरिक्त मुल्य मात्र होइन : विप्लव सी

शोभराज बराल काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले पुँजीको श्रोत अतिरिक्त मुल्यमात्र नभएको बताएका छन् । शनिबार जनश्रम कृषि सहकारी संस्था लिमिटेडले आयोजना गरेको ‘कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली’ विषय अन्तरसंवादमा बोल्दै विप्लवले यस्तो बताएका हुन् । उनले विगतमा पुँजीको श्रोतका रुपमा अतिरिक्त मुल्यलाई लिएको भएपनि यसमा शिक्षा, अनुसन्धान, प्रविधि लगायतका विषयहरु थप्नुपर्ने बताए । पार्टीको उत्पादनको नीतिले गर्दा देशभर एकखालको लहर आएको बताउँदै कुनै पनि पार्टी अतिरिक्त मुल्यको रटानमा बस्न नहुनेमा जोड दिए । पार्टीले उत्पादनका कामहरु श्रम सहकारीमार्फत गरिरहेको जानकारी दिदै विप्लवले सहकारीलाई कुनै पनि हालतमा घाटामा जान नदिने बताए । ‘मलाई धेरै साथीहरुले तपाईं…
Read More
लगानीको डेढ गुणा प्रतिफल दिएका छौं : सन्देश सी

लगानीको डेढ गुणा प्रतिफल दिएका छौं : सन्देश सी

शोभराज बराल काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा उत्पादन विभाग प्रमुख सन्देश सीले जनश्रम सहकारी संस्थामा गरेको लगानी खेर नजाने बताएका छन् । शनिबार जनश्रम सहकारीले आयोजना गरेको ‘कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली’ विषय अन्तरसंवादमा अवधारण प्रस्तुत गर्दै उनले सहकारी कुनै पनि हालतमा नडुब्ने र यहाँ गरेको लगानी खेर नजाने बताएका हुन् । नेपाल कम्युनिस्ट पार्टीको ८औं केन्द्रीय समितिको ७ औं पूर्ण बैठकले उत्पादनको नीति लिएको बताउँदै उनले त्यही नीति अनुसार खुलेका ७१ वटा इकाईमध्ये धेरै सफल भएको बताए । ‘हामीले देशभर ७१ वटा इकाईहरुमार्फत उत्पादनको काम गरेका थियौं । त्यसमध्ये हाम्रो ७५ प्रतिशत इकाईहरु नाफामा गएका…
Read More
जन्मदिनको अवसरमा व्यवसायी राहत कोषमा पाण्डेले गरे सहयोग

जन्मदिनको अवसरमा व्यवसायी राहत कोषमा पाण्डेले गरे सहयोग

झापा । आफ्नो जन्मदिनको अवसर पारेर ‘जीपी पाण्डे’ अर्थात घनेन्द्रराज पाण्डेले व्यवसायी राहत कोषमा सहयोग गरेका छन् । पेशाले घर जग्गा तथा मोवाइल ब्यवसाय गर्दै आएका उनले व्यवसायीका हर समस्यालाई नजिकबाट नियालिरहेको बताउँदै अझ ब्यवसाय क्षेत्रमा अकल्पिनिय रुपमा हुने घटनाका कारण व्यवसायीले ब्यहोर्नु परेको क्षतिको विषयले आफुलाई बारम्बार पिरोलिरहने उनले बताएका छन् । आगलागी लगायतका घटनाका कारण व्यवसायीले ब्यहोर्नु परेको क्षतिमा तत्काल राहत उपलब्ध गराउने उद्देश्यले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’ का कारण उनलाई केही राहत मिलेपनि कोषमा योगदान नगरुञ्जेल मनमा शान्ति नछाएको बताए । संघले केही समय अघि मात्र स्थापना गरेको एक करोड रुपैयाँको व्यवसायी…
Read More
गौशाला भष्ट्राचार काण्ड : भवन बनाउँदा एउटा इट्टामा ४ रुपैयाँ कमिसन, इन्जिनियरदेखि प्रहरीसम्म मिलेमतो

गौशाला भष्ट्राचार काण्ड : भवन बनाउँदा एउटा इट्टामा ४ रुपैयाँ कमिसन, इन्जिनियरदेखि प्रहरीसम्म मिलेमतो

 सोभराज बराल महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकामा चरम भ्रष्ट्राचार हुने गरेको तथ्य फेला परेको छ । नगरपालिकामा भइरहेका विकास निर्माणका कार्यमा कमसल खालका निर्माण सामाग्री प्रयोग भएको पाइएपछि चरम भ्रष्टाचार हुने गरेको तथ्य फेला परेको हो । निर्माणको जिम्मा लिएको उष्ण इन्जिनियरिङ एण्ड कन्सल्टेन्सी, नगरपालिकाका इन्जिनियर अजय यादव, वडा अध्यक्ष र इलाका प्रहरी प्रमुखकोसमेत मिलेमत्तोमा भ्रष्टाचार हुने गरेको तथ्य फेला परेको हो । नगरपालिकाको १२ नम्बर वडाको मुन्नी मिस्त्री विद्यालयको भवन र बन्दै गरेको वडा कार्यालय भवन घेरबार गर्दा दुई नम्बरी इट्टा प्रयोग भएको थियो । कन्सल्टेन्सी संचालक सञ्जु सिंह र नगरपालिकाका इन्जिनियर अजय यादव तथा वडाध्यक्ष कुशेश्वर सिंहको मिलेमत्तोमा…
Read More
ne_NPNepali