Skip to main content

Purbi Garjan

जन्मदिनको अवसरमा व्यवसायी राहत कोषमा पाण्डेले गरे सहयोग

झापा । आफ्नो जन्मदिनको अवसर पारेर ‘जीपी पाण्डे’ अर्थात घनेन्द्रराज पाण्डेले व्यवसायी राहत कोषमा सहयोग गरेका छन् । पेशाले घर जग्गा तथा मोवाइल ब्यवसाय गर्दै आएका उनले व्यवसायीका हर समस्यालाई नजिकबाट नियालिरहेको बताउँदै अझ ब्यवसाय क्षेत्रमा अकल्पिनिय रुपमा हुने घटनाका कारण व्यवसायीले ब्यहोर्नु परेको क्षतिको विषयले आफुलाई बारम्बार पिरोलिरहने उनले बताएका छन् ।

आगलागी लगायतका घटनाका कारण व्यवसायीले ब्यहोर्नु परेको क्षतिमा तत्काल राहत उपलब्ध गराउने उद्देश्यले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’ का कारण उनलाई केही राहत मिलेपनि कोषमा योगदान नगरुञ्जेल मनमा शान्ति नछाएको बताए ।

संघले केही समय अघि मात्र स्थापना गरेको एक करोड रुपैयाँको व्यवसायी राहत कोषमा पाण्डेले जन्म दिनको अबसर पारेर २१ हजार १ सय ११ रुपैयाँ प्रदान गर्दै संघको सकारात्मक कार्यको प्रशंसा गरे । उनले भने – व्यवसायीलाई विपद् पर्दा सहयोग पु¥याउन कोष स्थापना भएको छ यो नै खुशीको कुरा हो – कोष बृद्धिमा मेरो पनि थोरै सहयोग रहन्छ । सबै व्यवसायीले सहयोग गर्दै कोषलाई बढाएर लानु पर्छ – पाण्डेले भने ।

जन्म दिनको अबसरमा अधिकांशले फजुल खर्च गर्छन् पाण्डेले भने – सामाजिक हितका लागि त्यो पैसा खर्च गर्दा भोलि विपद्मा पर्नेलाई राहत उपलब्ध गराउन मद्धत पुग्छ । तसर्थ म सबैलाई अपिल गर्न चाहन्छु कोष बृद्धिमा तपाईएको पनि योगदान रहोस् ।

समाजसेवी तथा व्यवसायी समेत रहेका पाण्डेले संघका अध्यक्ष राजु न्यौपानेलाई रकम प्रदान गर्दै संघका अध्यक्ष लगायत सबै पदाधिकारीलाई धन्यवाद समेत दिए । सो कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे ‘राजु’, कोषाध्यक्ष युवराज निरौला, व्यवसायी राजेन्द्र थापा, सञ्चार उद्यमी राजेन्द्र चम्लगाई लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali