Skip to main content

Purbi Garjan

गौशाला भष्ट्राचार काण्ड : भवन बनाउँदा एउटा इट्टामा ४ रुपैयाँ कमिसन, इन्जिनियरदेखि प्रहरीसम्म मिलेमतो

 सोभराज बराल
महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकामा चरम भ्रष्ट्राचार हुने गरेको तथ्य फेला परेको छ । नगरपालिकामा भइरहेका विकास निर्माणका कार्यमा कमसल खालका निर्माण सामाग्री प्रयोग भएको पाइएपछि चरम भ्रष्टाचार हुने गरेको तथ्य फेला परेको हो । निर्माणको जिम्मा लिएको उष्ण इन्जिनियरिङ एण्ड कन्सल्टेन्सी, नगरपालिकाका इन्जिनियर अजय यादव, वडा अध्यक्ष र इलाका प्रहरी प्रमुखकोसमेत मिलेमत्तोमा भ्रष्टाचार हुने गरेको तथ्य फेला परेको हो ।

नगरपालिकाको १२ नम्बर वडाको मुन्नी मिस्त्री विद्यालयको भवन र बन्दै गरेको वडा कार्यालय भवन घेरबार गर्दा दुई नम्बरी इट्टा प्रयोग भएको थियो । कन्सल्टेन्सी संचालक सञ्जु सिंह र नगरपालिकाका इन्जिनियर अजय यादव तथा वडाध्यक्ष कुशेश्वर सिंहको मिलेमत्तोमा प्रतिकोटा ८ रुपैयाँ पर्ने कमसल खालको इट्टा प्रयोग गर्दै भ्रष्टाचार गरेका हुन् । ‘मापदण्डमा १२ रुपैयाँ पर्ने इट्टा प्रयोग गर्नुपर्ने व्यवस्था छ । तर ८ रुपैयाँमा कमसल खालको इट्टा प्रयोग गरेको पाइएको छ ।’, स्थानीय एक युवाले भने । निर्माण कार्यमा दुई नम्मरी इट्टा प्रयोग भएपछि नगरपालिकाले यसको अनुगमनसमेत गरेको थियो ।

उपमेयर रेनु कुमारी महतोको नेतृत्वमा भएको अनुगमनले दुई नम्बरी इट्टा प्रयोग भएको भन्दै तत्कालका लागि काम रोकेको छ । साथै, मुक्तानी नगर्न नगरपालिकालाई सिफारिससमेत गरेको छ । ‘हामी अर्को वडामा अनुगमन गर्न गएका थियौं । अनगमनका क्रमका केही युवा आएर १२ नम्बर वडाको विद्यालय र वडा कार्यालय निर्माणमा कमसल इट्टा प्रयोग भएको गुनासो गर्नुभयो । म योजनाको कर्मचारीलाई लिएर तत्काल अनुगमनमा गएँ ।’, टेलिफोन संवादमा उपमेयर यादवले भनिन्, ‘त्यहाँ जाँदा दुई नम्बरी इट्टा झारिएको थियो । दोश्रो तलामा गारो लगाउन काम भइरहेको थियो । गारो लगाएको ठाउँमा गएर हेयौं, त्यहाँ पनि दुई नम्बरी इट्टा प्रयोग भएको पाइयो । मसँग भएको योजनाको कर्मचारीलाई मैले खोधें । उहाँले मापदण्ड विपरितको इट्टा प्रयोग भएको बताउनु भयो ।’

यादवले आफूले विद्यालय निर्माणको काम रोकेर भुक्तानी पनि रोकिदिएको बताउँदै इट्टा परिक्षणका लागि काठमाडौं पठाउने निर्णय गरेको बताइन् । ‘हामीले अनुगमनबाट कैफियत देखेपछि इट्टा परिक्षणका लागि काठमाडौं पठाउने निर्णय गरेका थियौं तर नगरपालिकाले अझैं पठाएको छैन ।’, उनले भनिन्, ‘मैले भुक्तानी नर्गन पत्र लेखेको छु । काम पनि अहिले रोकिएको छ ।’ विद्यालय भवन निर्माणको काम रोकिएको भएपनि वडा कार्यालयको पर्खाल निर्माणले भने निरन्तरता पाएको थियो ।

निर्माणमा अनियमितता भएको भन्दै वडा नम्बर १२ कै युवा नरेन्द्र ठाकुरले उपमेयर, वडाध्यक्ष, निर्माण कम्पनी र नगरपालिकाका इन्जिनियरका विरुद्धमा फिल्डमै गएर भिडियो बनाएका थिए । नगेन्द्रले उपमेयरले अनुगमन गर्दा कमसल इट्टा प्रयोग भएको पाउँदा पनि काम नरोकेको, वडाअध्यक्ष कुशेश्वर सिंह, निर्माण कम्पनीका संचालक र नगरपालिकाका इन्जियरको मिलेमत्तोमा दुई नम्बरी इट्टा प्रयोग भएको भन्दै भिडियो बनाएर सामाजिक संजालमा पोस्ट गरेका थिए । उक्त भिडियो भाइरल भएपछि भ्रष्टाचारमा संलग्न  इन्जिनियर अजय यादवले गुण्डा प्रयोग गर्दै भिडियो बनाउने ठाकुरलाई कुटपिट गर्न लगाएका छन् ।

साथै, इन्जिनियर यादवले इलाका प्रहरी कार्यालय गौशालामा उल्टै आफूविरुद्ध आक्रमण गरेको भन्दै इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी प्रमुखलाई प्रभावमा पारी पक्राउ गर्न लगाएका थिए । ‘इन्जिनियर यादवले प्रहरी, कर्मचारी, जनप्रतिनिधि, नेता सबैलाई मिलाएका छन् । उनका विरुद्धमा कसैले पनि बोल्ने आँट गर्दैनन् । तर नरेन्द्रले आँट गर्यो ।’, स्यानीय एक युवाले भने, ‘पढेलेखेको युवा हो । गलत भएको देखि सहदैन, आँटिलो छ । गाउँमा गलत भएको थाहा पाउने वित्तिकै प्रतिकार गर्छ । कसैसँग डराउँदैन । त्यही भएर इन्जिनियर यादवले गुण्डा लगाएर ठिक पार्न खोज्यो, त्यो पनि नसकेपछि अहिले आएर प्रहरीमा उजुरी दिएको छ । गलाउन खोजेको छ । तर नगरेन्द्र गल्दैन ।’

प्रहरी प्रमुख प्रहरी निरिक्षक शुर्यबहादुर राणाले भने उजुरी आएपछि आफूले पक्राउ गरेको बताए । ‘हामी कार्यालयमा अभद्र व्यवहारको उजुरी लिएर इन्जिनियर साप आउनु भयो । हामीले मुद्धा दर्ता गरेर प्रक्रियामा लिएका होऊ । म्याद थप गरेर हामीले अनुसन्धान गरिरहेका छौं । अहिले यो मुद्धा प्रक्रियामा छ’, उनले भने । प्रमाण विनानै उजुरी दर्ता गर्नुभयो रे नि त ? भन्ने प्रश्नमा उनले केही पनि जवाफ दिन चाहेनन् । अक्मकिदै उनले भने, ‘…हाम्रोमा उजुरी आएको हो । प्रमाण नभएर त कसरी उजुरी दर्ता हुन्छ । तर पनि म अनुसन्धानमै छु । बुझेर तपाईंलाई खवर गरौंला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्र...
कन्यामको ऐतिहासिक सम्पदा संरक्षणविहीन, राजारानीले रोपेको पहिलो चिया बोट नै मासियो

कन्यामको ऐतिहासिक सम्पदा संरक्षणविहीन, राजारानीले रोपेको पहिलो चिया बोट नै मासियो

निशान निराैला इलाम । पर्यटकीय क्षेत्रका रूपमा चर्चित इलामको कन्याममा रहेका ऐतिहासिक सम्पदाको संरक्षणमा सम्बन्धित निकायले पर्याप्त...
ne_NPNepali