Skip to main content

Purbi Garjan

मेचीनगर बजेट : कृषि क्षेत्र र कृषकलाई प्रोत्साहन गरिने

मेचीनगर । मेचीनगर नगरपालिकाले कृषि क्षेत्र र कृषकलाई प्रोत्साहन दिनेगरी आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ ।

आर्थिक विकास सम्बन्धि नीति अन्तर्गत कृषि विकासतर्फ खेती योग्य जमीनमा १२ महिना सिंचाई सुविधा पुर्याउन अभियानकै रुपमा डिप वोरिङ, सोलार पम्प, कुलो मर्मत तथा निर्माण, वाटर लिफ्टिङ्ग स्प्रिङ्कल सिंचाई योजना र बर्षको पानी संकलन गर्ने पोखरी निर्माण आदिको माध्यमबाट सिंचाई सुविधाको व्यवस्थापन गरी सिंचाईका पूर्वाधारहरु मर्मत तथा पुनः निर्माण गरी आवश्यकता अनुसार नयाँ कुलो पैनी निर्माण गर्ने नीति लिइएको छ ।

नगरपालिका क्षेत्रभित्र हात्तीको कारण हुने क्षतिलाई न्यूनिकरण गर्न हात्तीबाट बढी प्रभावितक्षेत्रहरुमा हात्तीले कम क्षति पुर्याउने बालीको पहिचान गरी ती बालीहरुलाई व्याबसायिक खेतीको रुपमा प्रवद्र्धन गर्ने, यससक्षेत्रका लागि उपयूक्त रहेका रैथाने तथा स्थानीय बालीहरुको पहिचान गरी त्यस्ता बालीहरुको संरक्षण तथा व्यवसायिक खेती मार्फत प्रवद्र्धन क्रियालकपहरु सञ्चालन गर्ने, व्यवसायिक कृषि प्रवद्र्धनका लागि कृषकहरुले कृिष यान्त्रिकरणको अवलम्बन गरी बृहत कृषि यान्त्रिकरण प्रवद्र्धन अनुदान कार्यक्रम सञ्चालन गर्ने महको आत्मनिर्भरताको लागि मौरीपालन कार्यक्रमलाई अभियानकारुपमा सञ्चालन गर्ने नीति नगरपालिकाले लिईएको छ । नीजि र सहकारी क्षेत्रको सहकार्यमा कृषि उत्पादकत्वमा बृद्धि सहित थुप्रै महत्वपूर्ण कुरालाई नीतिमा समेटिएको छ ।

त्यस्तै नीति तथा कार्यक्रमको अन्य प्राथमिकताहरु यस्तो छ :

रोजागारी सिर्जना र गरिवी निरवारण, नवप्रवर्तनमा आधारिता स्थानीयक्षेत्रको आर्थिक विकास, आन्तरिक स्रोतमा वृद्धिका लागि पूर्वाधार विकास, प्रभावकारी सार्वजनिक सेवा र सुशासन प्रवद्र्धन, श्रमिकको पञ्जिकरण, श्रमिकको सुरक्षा र व्यवस्थापन, एकीकृत शहरी विकास योजनाको निर्माण तथा कार्यान्वयन , लागूऔषधको प्रयोग नियन्त्रणका व्यापक सामाजिक परिचालन, विकासका आयामहरुमा टोल विकास संस्थाको सहभागिता र साझेदारी, ५ यूनिट सम्म पानी प्रयोग गर्ने निम्न वर्गको पहिचान गरी खानेपानीको विलको ५ यूनिट सम्म पानी खपत गर्ने ग्राहकको कार्यविधि बनाई खानेपानी समितिको सहकार्यमा पानी महशुल निःशुल्क गरिने छ ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको सभाध्यक्षमा आयोजित दोस्रो नगरसभाको पाँचौ अधिवेशनको नीति तथा कार्यक्रममा उपप्रमुख मीना पोख्रेल उप्रेतीले दुई अर्ब ५ करोड २९ लाख २ हजार रूपैयाँको प्रस्तावित बजेट प्रस्तुत गरिन्। प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले सञ्चालन गरेको नगरसभामा मेचीनगरका पन्द्रवटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य र वडासदस्यहरुको सक्रिय सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

प्रशान्त आचार्य बागडोग्रा। संगठित वन्यजन्तु अपराधविरुद्धको लडाइँमा पश्चिम बंगाल वन विभागले ठूलो सफलता हासिल गरेको छ। हात्तीको दाँ...
शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

प्रविण अधिकारी मेचीनगर। झापाको मेचीनगर -६ साठी बिगाहामा रहेको अरुणोदय अङ्ग्रेजी बोर्डिङ स्कुलमा रहेको आवासगृह भित्रको एउटा कोठाम...
शिक्षिका रहस्यमय मृत्यु प्रकरण: घटना स्थलमा दुईवटा चिठी भेटियो

शिक्षिका रहस्यमय मृत्यु प्रकरण: घटना स्थलमा दुईवटा चिठी भेटियो

प्रविण अधिकारी मेचीनगर । झापाको मेचीनगर नगरपालिका -६ साठी बिगाहामा रहेको अरुणोदय बोर्डिङ इङलिस स्कुलको भवनभित्र सोमबार सोही विद्...
भन्सार छलीको ३२ बोरा चिनी सहित दुईवटा सवारी सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा  नियन्त्रण

भन्सार छलीको ३२ बोरा चिनी सहित दुईवटा सवारी सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा नियन्त्रण

मेचीनगर। काँकडभिट्टा नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको ठूलो परिमाणको चिनीसहित दुईवटा सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिए...
ne_NPNepali