Skip to main content

Purbi Garjan

नकलबन्दा साकोसको १८औं माइन्यूट प्रमाणिकरण सभा सम्पन्न

नकलबन्दा । मेचीनगर–५ स्थित नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाको १८औं माइन्यूट प्रमाणिकरण सभा शुक्रबार नकलबन्दा सामुदायिक सभाहलमा सम्पन्न भएको छ।
सहकारीका अध्यक्ष केशर प्रसाद तिम्सिनाको सभापतित्व तथा सहकारीका पूर्व अध्यक्ष एवम् सल्लाकार संयोजक होमराज गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अध्यक्ष तिम्सिनाले प्रतिवेदन प्रस्तुत गर्दै सहकारीलाई आर्थिक समृद्धिको आधार मात्र नभई जीवन परिवर्तन गर्ने भरपर्दो माध्यमको रूपमा अगाडि बढिरहेको बताए।


२०६४ सालमा ७९ जना सदस्यको ७९ हजार रुपैयाँ सेयर पुँजीसहित स्थापना भएको सहकारीमा हाल २३३७ सेयर सदस्य पुगेका छन्। सेयर पुँजी १ करोड ९ लाख ५३ हजार ९४० रुपैयाँ र कुल पुँजी १ करोड ५५ लाख ८९ हजार ६२६ रुपैयाँ ७८ पैसा पुगेको प्रतिवेदनमा उल्लेख छ। विषम परिस्थितिमा पनि सहकारीले १८ लाख ४५ हजार नाफा कमाउन सफल भएको जानकारी दिइएको छ।


सदस्यहरूको हितलाई ध्यानमा राखी सहकारीले उपचार राहत, मृत्यु राहत, सुत्केरी पोषण राहत तथा निःशुल्क बाल बचत खाता सञ्चालन गर्दै आएको व्यवस्थापक महेन्द्र बहादुर कुँवरले जानकारी दिए। लेखा प्रतिवेदन लेखा संयोजक टेकबहादुर धिमालले प्रस्तुत गरेका थिए।
कार्यक्रममा पूर्व अध्यक्ष तथा व्यवसाय समिति संयोजक मेघराज गेलाल, सञ्चालक समिति सदस्य तथा कर्जा उपसमिति संयोजक इन्द्रबहादुर तामाङ, व्यवसाय समिति सदस्य डम्बर बहादुर मगर लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा उपाध्यक्ष माया प्याकुरेलले स्वागत गरेकी थिइन् भने सञ्चालन व्यवस्थापक महेन्द्र बहादुर कुँवरले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

निशान निराैला इलाम। इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान ...
अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
ne_NPNepali