Skip to main content

Purbi Garjan

नकलबन्दा साकोसको १८औं माइन्यूट प्रमाणिकरण सभा सम्पन्न

नकलबन्दा । मेचीनगर–५ स्थित नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाको १८औं माइन्यूट प्रमाणिकरण सभा शुक्रबार नकलबन्दा सामुदायिक सभाहलमा सम्पन्न भएको छ।
सहकारीका अध्यक्ष केशर प्रसाद तिम्सिनाको सभापतित्व तथा सहकारीका पूर्व अध्यक्ष एवम् सल्लाकार संयोजक होमराज गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अध्यक्ष तिम्सिनाले प्रतिवेदन प्रस्तुत गर्दै सहकारीलाई आर्थिक समृद्धिको आधार मात्र नभई जीवन परिवर्तन गर्ने भरपर्दो माध्यमको रूपमा अगाडि बढिरहेको बताए।


२०६४ सालमा ७९ जना सदस्यको ७९ हजार रुपैयाँ सेयर पुँजीसहित स्थापना भएको सहकारीमा हाल २३३७ सेयर सदस्य पुगेका छन्। सेयर पुँजी १ करोड ९ लाख ५३ हजार ९४० रुपैयाँ र कुल पुँजी १ करोड ५५ लाख ८९ हजार ६२६ रुपैयाँ ७८ पैसा पुगेको प्रतिवेदनमा उल्लेख छ। विषम परिस्थितिमा पनि सहकारीले १८ लाख ४५ हजार नाफा कमाउन सफल भएको जानकारी दिइएको छ।


सदस्यहरूको हितलाई ध्यानमा राखी सहकारीले उपचार राहत, मृत्यु राहत, सुत्केरी पोषण राहत तथा निःशुल्क बाल बचत खाता सञ्चालन गर्दै आएको व्यवस्थापक महेन्द्र बहादुर कुँवरले जानकारी दिए। लेखा प्रतिवेदन लेखा संयोजक टेकबहादुर धिमालले प्रस्तुत गरेका थिए।
कार्यक्रममा पूर्व अध्यक्ष तथा व्यवसाय समिति संयोजक मेघराज गेलाल, सञ्चालक समिति सदस्य तथा कर्जा उपसमिति संयोजक इन्द्रबहादुर तामाङ, व्यवसाय समिति सदस्य डम्बर बहादुर मगर लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा उपाध्यक्ष माया प्याकुरेलले स्वागत गरेकी थिइन् भने सञ्चालन व्यवस्थापक महेन्द्र बहादुर कुँवरले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali