झापा, ४ असोज । मेचीनगर नगरपालिका–१ देवीगञ्जमा एउटा जङ्गली हात्ती मृत फेला परेको छ । आज बिहान स्थानीयले धान खेतमा हात्ती मृतावस्थामा भेटाएका हुन् । मृत हात्ती वयस्क पोथी भएको र पोस्टमार्टमको तयारी भइरहेको डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले बताए । घटनास्थलमा वन कार्यालयको टोली पुगिसकेको छ । वन्यजन्तु संरक्षण अभियन्ता शंकर लुइँटेलले मृत हात्ती २२ वर्ष जति उमेरको भएको बताए । ‘हिजो बेलुका सो क्षेत्रमा भारतबाट १२ वटा हात्ती प्रवेश गरेको सूचना प्राप्त भएको थियो,” उहाँले भन्नुभयो, “बिहान त एउटा हात्ती मरेको खबर आयो ।’ के कारणले हात्ती म¥यो भन्ने थाहा नभएकाले पोस्टमार्टमपछि मृत्युको कारण खुल्ने प्रमुख…

नकलबन्दा । मेचीनगर–५ स्थित नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाको १८औं माइन्यूट प्रमाणिकरण सभा शुक्रबार नकलबन्दा सामुदायिक सभाहलमा सम्पन्न भएको छ। सहकारीका अध्यक्ष केशर प्रसाद तिम्सिनाको सभापतित्व तथा सहकारीका पूर्व अध्यक्ष एवम् सल्लाकार संयोजक होमराज गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अध्यक्ष तिम्सिनाले प्रतिवेदन प्रस्तुत गर्दै सहकारीलाई आर्थिक समृद्धिको आधार मात्र नभई जीवन परिवर्तन गर्ने भरपर्दो माध्यमको रूपमा अगाडि बढिरहेको बताए। २०६४ सालमा ७९ जना सदस्यको ७९ हजार रुपैयाँ सेयर पुँजीसहित स्थापना भएको सहकारीमा हाल २३३७ सेयर सदस्य पुगेका छन्। सेयर पुँजी १ करोड ९ लाख ५३ हजार ९४० रुपैयाँ र कुल पुँजी १ करोड ५५ लाख ८९ हजार ६२६ रुपैयाँ…