मेचीनगर, झापा । स्वच्छ ऊर्जा प्रवर्द्धन र दिगो यातायात प्रणालीको लक्ष्यसहित ईभी नेपाल यातायात प्रालिले काँकडभिट्टामा आफ्नो कार्यालय सञ्चालनमा ल्याएको छ। मेचीनगर–६ स्थित पुरानो भन्सार क्षेत्रको कार्यालय आइतबार एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको हो। ईभी नेपालले यसअघि नै बैशाख ७ गतेदेखि काँकडभिट्टा–विराटनगर र काँकडभिट्टा–धरान रुटमा ७ वटा विद्युतीय माइक्रोबस (ईभी) नियमित रूपमा सञ्चालनमा ल्याइसकेको छ। कम्पनीले वायु प्रदूषण न्यूनीकरण तथा वातावरणीय सन्तुलनलाई प्रमुख प्राथमिकता दिँदै काँकडभिट्टा–ईलाम रुटमा समेत सेवा विस्तारको तयारी गरिरहेको जनाएको छ। कार्यक्रममा बोल्दै ईभी नेपालका अध्यक्ष तथा पत्रकार सन्तोष आचार्यले कम्पनीले सुरक्षित, सुलभ र यात्रु–मैत्री सेवा प्रदान गर्दै हरित यातायात प्रणालीको उदाहरणीय नमूना बन्ने विश्वास व्यक्त…
मेचीनगर (झापा), — झापाको मेचीनगर-७ स्थित झापा नेशनल स्कुलका विद्यार्थीहरूले स्थानीय स्रोत साधन प्रयोग गर्दै टेलिस्कोप निर्माण गरेका छन्। विज्ञानमा रुचि राख्ने कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूको टोलीले विद्यालयको प्राविधिक सहयोगमा यो टेलिस्कोप तयार पारेका हुन्। विद्यालयका प्रधानाध्यापक कमल भेट्वाल र शिक्षकहरूको प्रेरणा एवं सहकार्यमा तयार गरिएको उक्त टेलिस्कोप निर्माणमा लेन्स, पाइप, माउन्ट लगायतका सामग्री स्थानीय रूपमा संकलन गरिएका थिए। विद्यालयका को-अर्डिनेटर अनुप सुवेदीका अनुसार विद्यार्थीहरूले बनाएको टेलिस्कोपले रातको समयमा चन्द्रमा तथा ताराहरूको अवलोकन गर्न सक्ने क्षमता राख्दछ। उनले यस कार्यले विद्यार्थीहरूमा वैज्ञानिक सोचको विकासमा उल्लेखनीय योगदान पुर्याएको बताए। बिहीबार विद्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमार्फत विद्यार्थीहरूले आफैंले निर्माण गरेको…
काठमाडौं, २५ जेठ । सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
बलराम शिवाकोटी, दोलखा २५ जेठ । दोलखाका एक युवाले साइकलबाट विश्व भ्रमण सुरु गरेका छन् । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका युवा अभिनय कार्कीले बिहीबार देखि दोलखाको सदरमुकाम चरिकोटबाट विश्व साईकल यात्रा सुरु गरेका हुन् । साइकल यात्राको शुभारम्भमा दोलखाका प्रतिनिधि सभाका सांसद गंगा कार्की ‘विश्व’ ले नेपालको राष्ट्रिय झण्डा प्रदान गरे पछि कार्कीले साइकल यात्राको सुरु गरेका थिए । विश्व साइकल यात्रा शुभारम्भ कार्यक्रममा कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठलगायत राजनीति दलका नेताहरु तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाउँपालिका…
२४ जेठ, काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् ।…
स्कुले जीवनमा नेपालको पर्यटनबारे धेरै सुनेको, पढेको र लेखेको थिएँ तर पर्यटन मन्त्रालयका बारेमा मलाई थाहा थिएन । जनताको मुक्तिबाहेक पद–प्रतिष्ठाको सपना नबोकी गाउँबाट हिँडेको यात्री म, कालान्तरमा सिंहदरबारमा पर्यटनमन्त्रीका रूपमा काम गर्न पुगेँ । मन्त्रालयमा रहँदा दैनिक १६ घन्टा काम गरेँ । त्यसबिचमा बिहानदेखि बेलुका अबेरसम्म काम गर्दा धपेडीले मलाई अल्सर भयो । मेरो ढाड दुख्यो । खाने र सुत्ने ठेगान भएन । किनकि म आफ्नै शरीर घोटेर परिणाम देखाउन चाहन्थे । पर्यटन मन्त्रालय जहाज र क्यासिनोको मन्त्रालयजस्तो मात्रै थियो । म गएदेखि संस्कृति र पर्यटनमा पनि फोकस भएँ । त्यसमा चिन्तन–मनन गर्दै विभिन्न मान्छेहरू भेट्दै आफ्नै मनलाई सोध्दै…
पे पाल, एक्स डट कम चलाउँदै आएका एलन मक्सले ट्विटरको लोगो पनि परिवर्तन गर्ने भएका छन् । पहिला ट्विटरको लोगो चरा थियो तर अब त्यसको लोगो एक्स हुने छ । त्यस्तै २९ सेप्टेम्बर पछि ट्विटको ठाउँमा पोस्ट र रिटिविट्को ठाउँमा रिपोष्ट गरेर नाम परिवर्तन भएको छ । एलन मस्कले सोसल मिडियाको क्षेत्रमा कैयौँ परिवर्तन ल्याउने पनि बताइरहेका छन् । स्मरण रहोस्, संसारका सबैभन्दा धनी व्यक्ति एलन मस्कले ४४ बिलियन डलरमा ट्वीट्लाई किनेका हुन् । यो सँगै मस्कले यसलाई आकाशमा उडिरहेको स्वतन्त्र चराको रूपमा विकास गर्न चाहन्छन् । अर्थात् सबैलाई आफ्ना विचारहरू व्यक्त गर्न अझ स्वतन्त्रता प्राप्त होस् ।
२९ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निलम्बनका विषयमा व्यक्तिगत विचार राख्न दिने भए पनि कुनै संस्थागत एजेन्डा नलैजाने संकेत पार्टीले देखाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् । साउन २ देखि बोलाइएको केन्द्रीय समितिको बैठकमा खाँण निलम्बनको प्रस्ताव औपचारिक रुपमा प्रवेश नपाउने भएको छ । सभापति शेरबहादुर देउवा निलम्बन गर्ने पक्षमा नरहेकाले उक्त विषयलाई प्रवेश नै गराउन नचाहेको शीर्ष तहका एक नेताले बताए । गम्भीर अपराधमा संलग्नता देखिएकाले हाल कारागारमा राखिएका खाँणजस्तै एमाले सचिव टोपबहादुर रायमाझी लगायत नेतालाई सम्बन्धित पार्टीले कारबाही गरिसक्दा पनि देउवा तयार नहुनुका अर्थहरु छन्…
बिनोद निगम / नवलपरासी /१८ जेठ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड महेशपुर शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री बालशिक्षा निकेतन माध्यमिक विद्यालयल सुनरी लाई शैक्षिक सामग्री, डस्टबीन तथा पंखा वितरण भएको छ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं १ सुनरी स्थित बाल शिक्षा निकेतन माध्यमिक विद्यालय सुनरीमा सिटिजन बैंकले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई कपी, कक्षा कोठाको लागि फंखा वितरण गरिएको हो । बाल शिक्षा निकेतन माध्यमिक विद्यालय सुनरीका प्रधानध्यापक सुनिल तिवारीको अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका वार्ड नं १ का वाड सदस्य समसुदिन मुसलमानको प्रमूख अतिथिकता मा सम्पन्न भएको छ। कार्यक्रममा सिटिजन बैंक इन्टनेसनल लिमिटेड महेशपुर शाखा कार्यालयका…
बुटवल । बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको मालिका गाउँपालिका-४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका ८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थी रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक(इनिसपेक्टर) अमृत भण्डारीले बताए । शनिबार दिउँसो बुटवलबाट कपिलवस्तु तर्फ जादै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल तामनगर स्थित कोरियन टेक्निकल कलेज नजिक एक आपसमा ठक्कर खाएका थिए । दुर्घटनामा परी मोटरसाइकलमा सवार दुबै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले बताए । ठक्कर दिने बस…