Skip to main content

Purbi Garjan

झापा नेशनलका विद्यार्थीद्वारा स्थानीय स्रोत प्रयोग गरी टेलिस्कोप निर्माण

मेचीनगर (झापा), — झापाको मेचीनगर-७ स्थित झापा नेशनल स्कुलका विद्यार्थीहरूले स्थानीय स्रोत साधन प्रयोग गर्दै टेलिस्कोप निर्माण गरेका छन्। विज्ञानमा रुचि राख्ने कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूको टोलीले विद्यालयको प्राविधिक सहयोगमा यो टेलिस्कोप तयार पारेका हुन्।

विद्यालयका प्रधानाध्यापक कमल भेट्वाल र शिक्षकहरूको प्रेरणा एवं सहकार्यमा तयार गरिएको उक्त टेलिस्कोप निर्माणमा लेन्स, पाइप, माउन्ट लगायतका सामग्री स्थानीय रूपमा संकलन गरिएका थिए।

विद्यालयका को-अर्डिनेटर अनुप सुवेदीका अनुसार विद्यार्थीहरूले बनाएको टेलिस्कोपले रातको समयमा चन्द्रमा तथा ताराहरूको अवलोकन गर्न सक्ने क्षमता राख्दछ। उनले यस कार्यले विद्यार्थीहरूमा वैज्ञानिक सोचको विकासमा उल्लेखनीय योगदान पुर्‍याएको बताए।

बिहीबार विद्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमार्फत विद्यार्थीहरूले आफैंले निर्माण गरेको टेलिस्कोप सार्वजनिक रुपमा प्रदर्शन गरेका थिए। निर्माण कार्यमा विशेष योगदान दिने कक्षा ९ का निर्देश ढुङ्गाना, हार्दिक कट्टेल र एन्जिला आचार्यले पहिलोपटक टेलिस्कोपबाट चन्द्रमा हेर्दा अत्यन्त उत्साहित भएको बताएका छन्।

“हामीले बनाएको टेलिस्कोपबाट चन्द्रमा हेर्दा निकै खुसी लाग्यो। यसमार्फत सौर्यमण्डलका अन्य ग्रहहरूबारे पनि बुझ्ने लक्ष्य छ,” उनीहरूले भने।

प्रधानाध्यापक भेट्वालले आगामी दिनमा यस्ता सिर्जनात्मक परियोजनालाई अझ विस्तार गर्दै जाने र विद्यार्थीहरूको क्षमता अनुसार विद्यालयले निरन्तर सहयोग गर्ने बताए। उनले निर्माण गरिएको टेलिस्कोपलाई नेकपा एमाले प्रदेश कमिटीद्वारा शनिबारदेखि आयोजना गरिने विज्ञान प्रदर्शनीमा पनि सहभागी गराइने जानकारी दिए।

उल्लेखनीय छ, झापा नेशनल स्कुलले यसअघि रोबोटिक्स फेस्टीभलमा समेत सहभागिता जनाइसकेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali