मेचीनगर (झापा), — झापाको मेचीनगर-७ स्थित झापा नेशनल स्कुलका विद्यार्थीहरूले स्थानीय स्रोत साधन प्रयोग गर्दै टेलिस्कोप निर्माण गरेका छन्। विज्ञानमा रुचि राख्ने कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूको टोलीले विद्यालयको प्राविधिक सहयोगमा यो टेलिस्कोप तयार पारेका हुन्। विद्यालयका प्रधानाध्यापक कमल भेट्वाल र शिक्षकहरूको प्रेरणा एवं सहकार्यमा तयार गरिएको उक्त टेलिस्कोप निर्माणमा लेन्स, पाइप, माउन्ट लगायतका सामग्री स्थानीय रूपमा संकलन गरिएका थिए। विद्यालयका को-अर्डिनेटर अनुप सुवेदीका अनुसार विद्यार्थीहरूले बनाएको टेलिस्कोपले रातको समयमा चन्द्रमा तथा ताराहरूको अवलोकन गर्न सक्ने क्षमता राख्दछ। उनले यस कार्यले विद्यार्थीहरूमा वैज्ञानिक सोचको विकासमा उल्लेखनीय योगदान पुर्याएको बताए। बिहीबार विद्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमार्फत विद्यार्थीहरूले आफैंले निर्माण गरेको…

मेचीनगर। मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्च बाहुण्डाँगिका निर्वाचित अध्यक्ष निरज घिमिरेले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले आज एक विज्ञप्ति जारी गर्दै राजीनामा दिएको जानकारी गराएका हुन्। घिमिरेले स्वास्थ्य समस्याका कारण चिकित्सकको सल्लाहअनुसार विश्राम आवश्यक परेकाले पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्। उनले आफू बिरामी भएका कारण हाललाई जिम्मेवारी वहन गर्न असमर्थ भएको र मञ्चको प्रभावकारी सञ्चालनमा बाधा नपरोस् भन्ने उद्देश्यले यो निर्णय लिएको बताएका छन्। राजीनामा पत्रमा घिमिरेले भनेका छन्, "स्वास्थ्यगत कारणले जिम्मेवारी निर्वाह गर्न सक्ने अवस्था नरहेकोले अध्यक्ष पदबाट राजीनामा दिएको छु।" उनले भविष्यमा स्वास्थ्य लाभ प्राप्त गरेपछि सामाजिक काममा पुनः सक्रिय हुने विश्वाससमेत व्यक्त…