Skip to main content

Purbi Garjan

मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष घिमिरेले दिए राजीनामा

मेचीनगर। मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्च बाहुण्डाँगिका निर्वाचित अध्यक्ष निरज घिमिरेले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले आज एक विज्ञप्ति जारी गर्दै राजीनामा दिएको जानकारी गराएका हुन्।

घिमिरेले स्वास्थ्य समस्याका कारण चिकित्सकको सल्लाहअनुसार विश्राम आवश्यक परेकाले पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्। उनले आफू बिरामी भएका कारण हाललाई जिम्मेवारी वहन गर्न असमर्थ भएको र मञ्चको प्रभावकारी सञ्चालनमा बाधा नपरोस् भन्ने उद्देश्यले यो निर्णय लिएको बताएका छन्।

राजीनामा पत्रमा घिमिरेले भनेका छन्, “स्वास्थ्यगत कारणले जिम्मेवारी निर्वाह गर्न सक्ने अवस्था नरहेकोले अध्यक्ष पदबाट राजीनामा दिएको छु।” उनले भविष्यमा स्वास्थ्य लाभ प्राप्त गरेपछि सामाजिक काममा पुनः सक्रिय हुने विश्वाससमेत व्यक्त गरेका छन्।

उनको राजीनामाले मञ्चको आगामी नेतृत्व र कार्ययोजनामा के असर पर्छ भन्ने विषयमा चासो बढेको छ। अहिले बाहुण्डाँगीमा हात्ती पीडितहरुको आन्दोलन चर्किरहेका बेला घिमिरेले राजिनामा दिनुले स्थानीयहरु अचम्मित बनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali