Skip to main content

Purbi Garjan

काँकडभिट्टामा ईभी नेपाल यातायातको कार्यालय सञ्चालनमा, स्वच्छ यातायात सेवाको विस्तार

मेचीनगर, झापा । स्वच्छ ऊर्जा प्रवर्द्धन र दिगो यातायात प्रणालीको लक्ष्यसहित ईभी नेपाल यातायात प्रालिले काँकडभिट्टामा आफ्नो कार्यालय सञ्चालनमा ल्याएको छ। मेचीनगर–६ स्थित पुरानो भन्सार क्षेत्रको कार्यालय आइतबार एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको हो।

ईभी नेपालले यसअघि नै बैशाख ७ गतेदेखि काँकडभिट्टा–विराटनगर र काँकडभिट्टा–धरान रुटमा ७ वटा विद्युतीय माइक्रोबस (ईभी) नियमित रूपमा सञ्चालनमा ल्याइसकेको छ। कम्पनीले वायु प्रदूषण न्यूनीकरण तथा वातावरणीय सन्तुलनलाई प्रमुख प्राथमिकता दिँदै काँकडभिट्टा–ईलाम रुटमा समेत सेवा विस्तारको तयारी गरिरहेको जनाएको छ।

कार्यक्रममा बोल्दै ईभी नेपालका अध्यक्ष तथा पत्रकार सन्तोष आचार्यले कम्पनीले सुरक्षित, सुलभ र यात्रु–मैत्री सेवा प्रदान गर्दै हरित यातायात प्रणालीको उदाहरणीय नमूना बन्ने विश्वास व्यक्त गरे। उनका अनुसार प्रविधिसँगै समन्वय गर्दै यातायातको गुणस्तरीय स्वरूपको विकास कम्पनीको प्रमुख उद्देश्य हो।

कार्यक्रमको सञ्चालन सदस्य भगिरथ राईले गरेका थिए भने, अर्का सदस्य पत्रकार ज्ञानेन्द्र निरौलाले कम्पनीका सेवा सुविधा, भाडादर, यात्रु सुरक्षाको व्यवस्था र भविष्यका योजना बारे जानकारी गराएका थिए।

कम्पनीले विद्युतीय सवारी प्रयोगमार्फत वातावरणीय दायित्व निर्वाह गर्दै यात्रुहरूलाई सहज, आधुनिक र भरपर्दो सेवा दिन प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali