Purbi Garjan

पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी

Advertisement

स्कुले जीवनमा नेपालको पर्यटनबारे धेरै सुनेको, पढेको र लेखेको थिएँ तर पर्यटन मन्त्रालयका बारेमा मलाई थाहा थिएन । जनताको मुक्तिबाहेक पद–प्रतिष्ठाको सपना नबोकी गाउँबाट हिँडेको यात्री म, कालान्तरमा सिंहदरबारमा पर्यटनमन्त्रीका रूपमा काम गर्न पुगेँ ।

मन्त्रालयमा रहँदा दैनिक १६ घन्टा काम गरेँ । त्यसबिचमा बिहानदेखि बेलुका अबेरसम्म काम गर्दा धपेडीले मलाई अल्सर भयो । मेरो ढाड दुख्यो । खाने र सुत्ने ठेगान भएन । किनकि म आफ्नै शरीर घोटेर परिणाम देखाउन चाहन्थे ।

पर्यटन मन्त्रालय जहाज र क्यासिनोको मन्त्रालयजस्तो मात्रै थियो । म गएदेखि संस्कृति र पर्यटनमा पनि फोकस भएँ । त्यसमा चिन्तन–मनन गर्दै विभिन्न मान्छेहरू भेट्दै आफ्नै मनलाई सोध्दै सूत्र बनाउनुपर्छ भन्ने लाग्यो ।

मैले मन्त्रीका रूपमा जे देखेँ, जे अनुभव गरेँ र जे सिकेँस त्यसबाट म के निचोडमा पुगेको छु भने प्रकृति र संस्कृतिको समायोजन गरेर स्थानीय स्वाद र स्वामित्वसहितको नेपाली ब्रान्डको पर्यटन विकास गर्न सकिन्छ । प्रकृति र संस्कृतिको समायोजनले नेपाली पर्यटनको गन्तव्यमा नयाँ आकर्षण थप्न सक्छ भने रैथाने स्वाद र स्वामित्वले एकातिर किसानले उत्पादन गरेको कृषिजन्य वस्तुका निम्ति बजारको सुनिश्चित गर्छ, अर्कातिर पर्यटन क्षेत्रको विकाससँगै जनस्तरमा बढीभन्दा बढी आम्दानी वितरण गर्न सक्छ । जनस्तरमा आम्दानी वितरण हुनु भनेको देशलाई समाजवाद उन्मुख दिशामा डो‍¥याउनु हो भन्ने मलाई लाग्छ ।

विगत लामो समयदेखि हामीले भन्दै आएका छौँ कि पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ । यद्यपि नेपाली पर्यटनलाई अझ प्रभावकारी ढङ्गले विकास गरी राष्ट्रिय अर्थतन्त्रको दह्रो खम्बा बनाउनका लागि नेपालको पर्यटनसम्बन्धी सूत्र निर्माण गरेर मात्रै सम्भव छ भन्ने मेरो ठम्याइ हुन पुग्यो ।

मेरो अनुभव र दृष्टिकोणमा नेपाली पर्यटन क्षेत्रको समग्र विकासका लागि दुईवटा सूत्रमा सूत्रबद्ध गर्न सकिन्छ । बहालवाला मन्त्रीका रूपमा रहँदा मैले यसलाई बजेट, नीति तथा कार्यक्रममार्फत सम्बोधन गरेर अगाडि बढाएको पनि थिएँ । ती केही कार्यान्वयन हुने चरणमा पनि थिए । केही नीति तथा अवधारणाका रूपमा अगाडि बढ्दै थिए । यसलाई सुस्पष्ट मार्गचित्र तयार गर्ने गृहकार्य हुँदै थियो ।

ती कार्यलाई अब बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूले पनि अगाडि बढाउनुहुनेछ भन्ने विश्वासमा मैले भर्खरै नेपाली पर्यटनका ‘तीन ढोका, नौ चाबी र नौ सुझाव’का रूपमा सूत्रबद्ध गरेर पेस गरेको थिएँ ।

त्यसबारे अझ बढी विमर्श हुनु जरुरी ठानेर यो लेखका रूपमा पनि प्रस्तुत गरेको छु ।

स्कुलमा बीजगणितमा पढ्थेँ । त्यसमा ए प्लस बी प्लस होल स्क्वायर लगाएर हिसाब गरेको सम्झे । सूत्र लगाउँदा हिसाब ठ्याक्कै मिल्थ्यो । यतिबेला महसुस हुने गर्दछ कि बीजगणितको बीज त सूत्रहरू पो रहेछ । सूत्रले त गणितमा जस्तै समग्र जीवनमा काम गर्ने रहेछ ।

म के निचोडमा पुगेको छु भने प्रकृति र संस्कृतिको समायोजन गरेर स्थानीय स्वाद र स्वामित्वसहितको नेपाली ब्रान्डको पर्यटन विकास गर्न सकिन्छ ।
मलाई लाग्यो— नेपाली पर्यटनको विकासलाई ढोका र चाबीका रूपमा सूत्रबद्ध गर्नु उपयुक्त हुन्छ । नेपालमा पर्यटक भित्र्याउने तीनवटा ढोका र ती ढोका खोल्ने चाबीहरू चाहिँ नौवटा छन् । सर्वप्रथम तीन ढोकाको चर्चा गरौँ ।

पहिलो ढोका स् नेचर ९प्रकृति०
पृथ्वीका उत्तरी र दक्षिणी ध्रुवका अतिरिक्त हिमालयलाई तेस्रो ध्रुव ९थर्ड पोल० भन्ने गरिएको छस जुन अफ्गानिस्तान, पाकिस्तान, भारत, नेपाल र चीनमा पर्दछ । नेपालको सानो भूगोलमा मधेस, पहाड र हिमालको स्वाद लिन पाउनु विश्वमै अनुपम र दुर्लभ कुरा हो ।

दोस्रो ढोका स् कल्चर ९संस्कृति०
धार्मिक तीर्थयात्रा ज्यादै प्राचीन समयदेखि प्रचलित पर्यटन हो । विश्व पर्यटन सङ्गठनका अनुसार सन् २०११ मा धार्मिक क्षेत्रमा ३० देखि ६० करोडसम्म पर्यटकहरूले विश्वका विभिन्न धार्मिक क्षेत्रहरूको यात्रा गरेका थिए ।

विश्वमा अहिले धार्मिक पर्यटन बडो तीव्र गतिमा बढिरहेको छ, जसमा धर्मनिरपेक्ष पर्यटकहरू पनि जिज्ञासाका कारण धार्मिक क्षेत्रहरूमा पर्यटन गरिरहेका छन् । नेपालमा पनि विश्वस्तरीय सांस्कृतिक केन्द्रहरू ९लुम्बिनी, पशुपति, मुक्तिनाथ, हलेसी लगायत० छन् । साथमा नेपाली समाजको समग्र संस्कृति त छँदै छ ।

तेस्रो ढोका स् एड्भेन्चर ९साहसिक०
पर्यटकहरूले प्रकृति र संस्कृतिलाई एक साथ अनुभव तथा अवलोकन गर्ने साहसिक पर्यटनका दृष्टिले नेपाल विश्वकै आकर्षक गन्तव्यमा पर्छ ।

अन्तर्राष्ट्रिय सर्वेक्षणले नेपाललाई साहसिक पर्यटन गन्तव्यको उत्कृष्ट देशका रूपमा सूचीकरण गर्ने गरेका छन् । एड्भेन्चर ट्राभल एन्ड ट्रेड एसोसियन ९एटीटीए०ले सन् २०१६ मा प्रकाशन गरेको साहसिक पर्यटनसम्बन्धी रिपोर्टको ‘ब्रान्ड’ वर्गमा प्राकृतिक सम्पदाका दृष्टिले उत्कृष्ट तीन मुलुकमध्ये नेपालको नाम समावेश छ ।

त्यस्तै, जर्ज वासिङ््टन युनिभर्सिटीसँगको सहकार्यमा एटीटीएले सन् २०२० मा प्रकाशन गरेको साहसिह पर्यटन विकास परिसूचकमा दक्षिण एसियाका पाँच मुलुकमध्ये दोस्रो नम्बरमा नेपाल समावेश छ भने विश्वस्तरमा १६३ मुलुकमध्ये नेपाल ६७औँ स्थानमा सूचीकरण गरेको छ ।

उल्लिखित तीन ढोका खोल्ने नौ चाबी यी हुन् सक्छन् स्

पहिलो चाबी
पर्यटन गौरवको घोषणा । नेपाली पर्यटन विकासका लागि गर्नुपर्ने प्राथमिक काम पर्यटन गौरवको घोषणा गर्नु हो । यसमा युनेस्को विश्वसम्पदास हिमाल र हिमशृङ्खला, ताल, ट्रेक र पदमार्गस सर्किटस वन्यजन्तु आरक्ष तथा निकुञ्जस धार्मिक सांस्कृतिक केन्द्रस पुराना सांस्कृतिक गाउँलगायत महत्त्वपूर्ण स्थललाई समेटेर ‘पर्यटन गौरवको घोषणा’ गरिनुपर्छ ।

यस सम्बन्धमा मैले आफ्नो कार्यकालमा आन्तरिक गृहकार्य सुरु पनि गरेको थिएँ ।

दोस्रो चाबी
रैथाने संस्कृति र ज्ञान । नेपाल भ्रमणमा रहेका पर्यटकलाई रैथाने संस्कृति र ज्ञानले पुलकित गराउन सक्नुपर्छ, जसले नेपाली स्वादको पर्यटन निर्माण हुन्छ । हामीसँग भएका थरीथरी भाषा, गीत, सङ्गीत, खाना, पहिरन र सीपको स्वाद चखाउन सकियो भने त्यो पर्यटन दिगो र जनमुखी पनि हुनेछ ।

तेस्रो चाबी
लगानी तथा पर्यटन पूर्वाधारको विकास । विश्व आर्थिक मञ्च, २०२० ले प्रकाशन गरेका पदयात्रा र पर्यटन प्रतिस्पर्धात्मक सूचकाङ्क ९टीटीसीआई० मा ११७ मुलुकमध्ये नेपाललाई १०२ स्थानमा समावेश गरेको छ । सूचकाङ्कमा नेपाल पुछारतिर पर्नुमा मूलतः दुई कारण औँल्याइएको छ— पर्यटन पूर्वाधार, सडक सञ्जाल अभाव हुनु र लगानी व्यापारिकमैत्री वातावरण नहुनु ।

मैले सुरुका दिनमा सिंहदरबार छिर्दा भनेथेँ— म सेतो सर्ट लगाएर छिरेको मान्छे हुँ । कालो दल्ने कोसिस कसैले नगर्नुहोला । जसले जसरी कालो पोत्न खोजे पनि म दाबीका साथ भन्छु, बेदाग निक्लेको छु ।
त्यस्तै कमजोर प्रवद्र्धन, तालिमप्राप्त जनशक्ति अभाव, कमजोर सुरक्षा, कमजोर स्थानीय नेतृत्व, पर्यटन व्यवस्थापन अनुभवको अभावजस्ता कारणले पर्यटन फस्टाउन सकेको छैन । अर्कोतिर अव्यवस्थित पूर्वाधार निर्माणले धार्मिक क्षेत्र, संरक्षित क्षेत्रहरूमा विनाश र अत्यधिक व्यापारीकरण हुन पुगेको छ । धार्मिक पदमार्ग र रुटहरू नष्ट भएका छन् ।

चौथो चाबी
चार ऋतुहरूको ब्रान्डिङ । नेपाल भ्रमण गर्ने पर्यटकहरू मूलतः मौसमी रहेका छन् । १२ महिना नै पर्यटक भित्र्याउनका लागि चार ऋतुहरूसँग जोडेर प्रकृति र संस्कृतिलाई अब नयाँ ढङ्गले ब्रान्डिङ गर्नुपर्ने देखिएको छ ।

पाँचौँ चाबी
नयाँ सम्पदाहरू निर्माण । हामीले पुर्खाहरूबाट विरासतमा प्राप्त गरेको सम्पदाहरूको संरक्षण गर्दै नेपाली समाजको सांस्कृतिक–ऐतिहासिक विविधतामा आधारित हाम्रो समयको मौलिक नयाँ सम्पदाहरू विकास गर्नुपर्नेछ । त्यस्ता सम्पदाहरू थुप्रै हुन् सक्छन्— खुला सांस्कृतिक संग्रहालयस मौखिक ज्ञान संग्रहालयस भाषा संग्रहालयस हिन्दू, बुद्ध, किरात सर्किट लगायत प्राकृतिक र सांस्कृतिक महत्त्वका सर्किटहरू तथा पदमार्गहरूस सम्पदा गाउँस मुन्दुमी रिसिया पहाडस कैरन पहाडहरू इत्यादि ।

त्यस्तै धार्मिक समन्वयमा आधारित बहुधार्मिक विशिष्ट सांस्कृतिक केन्द्रहरू नेपालको मौलिक आकर्षण हो । दुई वा दुईभन्दा बढी धर्मका साझा स्थलहरू समेटेर बहुसांस्कृतिक र बहुधार्मिक महारेखा निर्माण गर्न सकिन्छ । यो सांस्कृतिक सहअस्तित्वको नमुना पनि बन्न पुग्छ ।

छैटौँ चाबी
विज्ञान तथा प्रविधि । नेपालको पर्यटनको विकासमा अब विज्ञान र प्रविधिको भरपुर सदुपयोग गर्न सक्नुपर्छ जसको प्रयोगद्वारा पर्यटन क्षेत्रमा फड्को मारेका थुप्रै उदाहरण छन् ।

सातौँ चाबी
सांस्कृतिक कूटनीति । सांस्कृतिक कूटनीतिलाई जनकूटनीति, सांस्कृतिक आदानप्रदान पनि भनिने गरेको छ । नेपालको अन्तर्राष्ट्रिय छवि ९व्यक्तित्व० निर्माणका लागि मात्रै नभएर अब पर्यटन प्रवर्धन र विकासमा पनि सांस्कृतिक कूटनीतिको उपयोग गर्नुपर्नेछ ।

सौम्य ९नरम० शक्ति ९सफ्ट पावर० भनेर चिनिने सांस्कृतिक कूटनीतिलाई प्रचलित कूटनीतिभन्दा सांस्कृतिक कूटनीति के कुरामा भिन्न छ भने यो सरकारको सरकारसँग सम्बन्ध होइन, सरकारको विदेशी जनतासँग सम्बन्ध हो । जसले पर्यटनमा महत्त्वपूर्ण टेवा पुग्नेछ ।

आठौँ चाबी
जलवायु परिवर्तनद्वारा सिर्जित असरहरूलाई पर्यटकीय उपजमा परिणत गरी नेपालका पक्षमा विश्व जनमत निर्माण गर्न तथा संकटलाई अवसरमा परिणत गर्न ग्लोबल वार्मिङ टुरिजमको विकास गर्न सकिन्छ ।

नवौँ चाबी
अन्तर्मन्त्रालय समन्वयात्मक विकास । सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखे पनि अन्तर्मन्त्रालय समन्वय नहुँदा सन्तोषजनक विकास हुन नसकेको मेरो अनुभव रह्यो ।

पर्यटन क्षेत्रको विकास भनेको अर्थ, पूर्वाधार, सुरक्षा, विद्युत्, कूटनीति, सञ्चारजस्ता थुप्रै मन्त्रालयको सामूहिक र एकीकृत प्रयासमा मात्रै सन्तोषजनक रूपमा सम्भव हुने रहेछ । जस्तो स् पर्यटन क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित पूर्वाधार हो सडक । तर पर्यटकीय क्षेत्रको सडक निर्माण प्राथमिकतामा पर्न सकेन भने कसै गरे पनि पर्यटन प्रवद्र्धन हुनै सक्दैन । त्यसैले अन्तर्मन्त्रालय समन्वय ज्यादै महत्त्वपूर्ण पक्ष हो ।

मैले यो ज्ञान संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ४०औँ मन्त्रीको जिम्मेवारीमा चार सय १८ दिन अर्थात् झन्डै १४ महिना रहँदा आर्जन गरेको हो ।

त्यसैले यसका लागि महत्त्वपूर्ण अवसर प्रदान गर्नुहुने प्रधानमन्त्री प्रचण्ड, मेरो पार्टी नेकपा ९माओवादी केन्द्र०, मलाई अमूल्य मत प्रदान गर्नु हुने मतदाता तथा देश–विदेशमा बसेर चासो र चिन्ताका साथ शुभेच्छा राख्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

मैले सुरुका दिनमा सिंहदरबार छिर्दा भनेथेँ— म सेतो सर्ट लगाएर छिरेको मान्छे हुँ । कालो दल्ने कोसिस कसैले नगर्नुहोला । जसले जसरी कालो पोत्न खोजे पनि म दाबीका साथ भन्छु, बेदाग निक्लेको छु । कुर्सीमा जानु अप्ठेरो कुरा हो, त्योभन्दा पनि अप्ठेरो निक्लँदा सफा भएर निक्लनु हो भनेर भन्ने दक्षिण अफ्रिकाका राष्ट्र पिता नेल्सन मन्डेलालाई म यतिबेला सम्झिरहेको छु ।

हाम्रो धेरै कल्पना, योजना र कार्ययोजना थिए । ती विचारको बेर्नामा कोपिला लाग्न नपाउँदै नेपाली राजनीतिको अस्थिरताका कारण निक्लन परे पनि म गर्वका साथ भन्न सक्छु मेरो पितृ र पुर्खालाई शिरमा अनि देश र जनतालाई छातीमा राखेर बेदाग फर्किएको छु ।

मलाई लाग्छ, विषय उद्घाटित हुनु ठुलो कुरा होइन । ठुलो कुरा त विषयलाई समृद्ध र विज्ञान बनाउनका निम्ति छलफल र बहस गर्दै जानु हो । एक विषयलाई अझ समृद्ध र वैज्ञानिक बनाउनका निम्ति हजार छलफल र विमर्श आवश्यक हुन्छ । त्यसैले माथि प्रस्तुत गरिएको सूत्रलाई समृद्ध बनाउन थप छलफल र बहसको अपेक्षा गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सेल्टरदाता कार्कीको निधनमा एमालेको शोक सभा

सेल्टरदाता कार्कीको निधनमा एमालेको शोक सभा

माईधार । शिवसताक्षी नगरपालिका वाडनम्वर १० माइधार निवासी सावित्रा देवी कार्कीको निधनमा नेकपा एमाले शिवसताक्षीले शनिवार शोक सभा सम्प...
आवास कम्पनीलाई मेयरकाे चेतावनी, जग्गा हस्तान्तरण नगरे हस्तक्षेप गरिने

आवास कम्पनीलाई मेयरकाे चेतावनी, जग्गा हस्तान्तरण नगरे हस्तक्षेप गरिने

मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमख गोपालचन्द्र बुढाथोकीले राष्ट्रिय आवास कम्पनीले मेचीनगर क्षेत्रमा रहेको सार्वजनिक प्रयोजनका ...
बीआरआईबारे भ्रम पार्नु हुँदैन : विप्लव

बीआरआईबारे भ्रम पार्नु हुँदैन : विप्लव

शोभराज बराल काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)बारे भ्रम पार्न दिन नहुने ब...
ताप्लेजुङ : पहिरोले तापेथोक बजार जोखिममा

ताप्लेजुङ : पहिरोले तापेथोक बजार जोखिममा

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको तापेथोक बजार माथिबाट झरेको पहिरोका कारण जोखिम परेको छ । बि...