Skip to main content

Purbi Garjan

भारतले लाने भयो नेपालमा थन्किएको रक्तचन्दन

काठमाडौँ । नेपालमा अवैध ओसारपसार भई थन्किएर रहेको रक्तचन्दन भारतले फिर्ता लैजाने भएको छ ।

नेपाल सरकारको गत वैशाख २७ गते बसेको मन्त्रीपरिषद् बैठकले रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेपछि भारत रक्तचन्दन लिन तयार भएको गोरखापत्र दैनिकमा खबर छापिएको छ । भारत सरकारले त्यससम्बन्धी निर्णयसहितको पत्राचार गरिसकेको छ । नेपाल सरकारले भारतलाई रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेको ९० दिनभित्र भारतले लगिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

वन तथा भूसंरक्षण विभागका महानिर्देशक शिवकुमार वाग्लेले भारतले रक्तचन्दन फिर्ता लिन पठाएको पत्र प्राप्त भएको जानकारी दिनुभयो । “भारतले रक्तचन्दन लिन इमेलमार्फत पत्र पठाएको छ । यही जुन २० देखि ३० तारिख अर्थात् असार ६ गतेदेखि असार १६ गतेसम्म रक्तचन्दन लिन्छौँ भनेर पत्रमा भनिएको छ ।” भारतले आफ्नै खर्च आफ्नो सहजतामा फिर्ता लैजाने छ ।”

मन्त्रीपरिषद् बैठकले भारतलाई रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेपछि परराष्ट्रमार्फत भारतीय दूतावासलाई पत्र पठाएको थियो । भारतले गत साता मात्रै रक्तचन्दन फिर्ता लिन इच्छुक भएको भन्दै पत्र पठाएएको हो ।

अहिले १८ जिल्लामा एक लाख ७३ हजार ७१.७९२ केजी रक्तचन्दन काठ बरामद गरेर राखिएको छ । रक्तचन्दन थन्किएर राखिएका जिल्ला सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, रसुवा, दोलखा, धादिङ, गोरखा, ताप्लेजुङ, सङ्खुवासभा, झापा, सप्तरी, सर्लाही, चितवन, नवलपरासी, कपिलवस्तु र बझाङ छन् । बरामद रक्तचन्दन नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिएर राखिएको छ ।

वन तथा वातावरण मन्त्राएका प्रवक्ता बद्रीराज ढुङ्गानाका अनुसार भारतले ललितपुरको फ्ल्यास फ्राइट लजिस्टिक कम्पनीमार्फत रक्तचन्दन फिर्ता लिन लागेको छ । “हामीले यो ठाउँमा यति परिमाणमा रक्तचन्दन छ भनेर जानकारी दिने छौँ । उनीहरूले आर्थिकलगायतको व्यवस्थापन गर्छन् । त्यसैबमोजिम नेपालले सहजीकरण गर्ने छ,” उहाँले भन्नुभयो ।

भारतीय पक्षले विभिन्न ठाउँमा सङ्कलन केन्द्र बनाएर रक्तचन्दन फिर्ता लान सक्ने उहाँले बताउनुभयो । “नेपाली कन्टेनरलाई भारत जान दिइँदैन । भारतीय कन्टेनर नेपाल आएर लिने हो ।” उहाँले विभिन्न ठाउँमा रहेका रक्तचन्दन सानो गाडी पठाएर काठमाडौँसहित विभिन्न जिल्लामा सङ्कलन केन्द्र बनाएर ठुलो कन्टेनरमा राखेर लैजान सकिने बताउनुभयो । उहाँका अनुसार नेपाल सरकारको जिम्मा सीमासम्म सुरक्षा दिएर पठाउन सहजीकरण गर्ने मात्रै हुन्छ ।

२०६४ सालदेखि बरामद गरेर राखिएको रक्त चन्दन भारतलाई फिर्ता गर्ने प्रक्रियाले सार्थकता पाउन लागेको हो । नेपाल सरकारले चौथो पटक रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेपछि बल्ल भारतले रक्तचन्दन फिर्ता लिन तयार भएको हो ।

२०६५ सालमा बसेको मन्त्रीपरिषद् बैठकले ५४ हजार ११२ केजी रक्तचन्दन भारतलाई फिर्ता गर्ने निर्णय गरेको थियो । तर ३६ हजार ९२८ किलो रक्तचन्दन मात्र फिर्ता गरिएको थियो । त्यसै गरी २०७१ फागुन १२ मा बसेको मन्त्रीपरिषद् बैठकले २७ हजार १६६ केजी रक्तचन्दन भारतलाई फिर्ता दिने निर्णय गरेको थियो ।

२०७६ साल पुस र २०८० साउनमा सरकारले भारतलाई फिर्ता दिने निर्णय भए पनि रक्तचन्दन फिर्ता हुन सकेको थिएन । भारतमा पाइने रक्तचन्दन नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाउँदै चीनलगायत तेस्रो मुलुक निर्यात हुँदा बरामद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali