Purbi Garjan

दिन: २०८१ असार ८, शुक्रबार

भारतले लाने भयो नेपालमा थन्किएको रक्तचन्दन

भारतले लाने भयो नेपालमा थन्किएको रक्तचन्दन

काठमाडौँ । नेपालमा अवैध ओसारपसार भई थन्किएर रहेको रक्तचन्दन भारतले फिर्ता लैजाने भएको छ । नेपाल सरकारको गत वैशाख २७ गते बसेको मन्त्रीपरिषद् बैठकले रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेपछि भारत रक्तचन्दन लिन तयार भएको गोरखापत्र दैनिकमा खबर छापिएको छ । भारत सरकारले त्यससम्बन्धी निर्णयसहितको पत्राचार गरिसकेको छ । नेपाल सरकारले भारतलाई रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेको ९० दिनभित्र भारतले लगिसक्नुपर्ने कानुनी व्यवस्था छ । वन तथा भूसंरक्षण विभागका महानिर्देशक शिवकुमार वाग्लेले भारतले रक्तचन्दन फिर्ता लिन पठाएको पत्र प्राप्त भएको जानकारी दिनुभयो । “भारतले रक्तचन्दन लिन इमेलमार्फत पत्र पठाएको छ । यही जुन २० देखि ३० तारिख अर्थात् असार ६ गतेदेखि असार १६ गतेसम्म रक्तचन्दन लिन्छौँ भनेर…
Read More
जेठ महिनामा सरकारले लियो त्रिचालिस अर्ब ऋण

जेठ महिनामा सरकारले लियो त्रिचालिस अर्ब ऋण

काठमाडौँ । नेपाल सरकारले जेठ महिनामा मात्रै करिब ४३ अर्ब रुपियाँ सार्वजनिक ऋण लिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार जेठमा मात्रै सरकारले ३४ अर्ब रुपियाँ आन्तरिक ऋण र करिब नौ अर्ब रुपियाँ बाह्य ऋण उठाएको आजको गोरखापत्र दैनिकले खबर छापेको छ। यससँगै सरकारले चालु आर्थिक वर्षको ११ महिनामा कुल तीन खर्ब सात अर्ब ६७ करोड रुपियाँ सार्वजनिक ऋण प्राप्त गरेको छ । चालु आवमा प्राप्त कुल ऋणमध्ये अधिकांश आन्तरिक ऋणकै हिस्सा छ । कार्यालयका अनुसार जेठसम्म सरकारले दुई खर्ब २५ अर्ब रुपियाँ आन्तरिक ऋण लिएको छ भने ८२ अर्ब ६७ करोड रुपियाँ बाह्य ऋण लिएको छ । चालु…
Read More
लागूऔषध सहित दुई भारतीय नागरिक झापा प्रहरीको नियन्त्रणमा

लागूऔषध सहित दुई भारतीय नागरिक झापा प्रहरीको नियन्त्रणमा

झापा । झापा गाउँपालिका वडा नम्बर १ सालमाराबाट प्रहरीले लागूऔषध सहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय कुमुदखोरबाट खटिएको प्रहरी टोलीले बिहिवार साँझ ७:२० बजेको समयमा सालमारा स्थित झोलुङ्गे पुल बगानमा चेकजाँचका क्रममा प्लास्टिक सहित ब्राउनसुगर २० ग्राम ५५० मिलिग्राम सहित दुई जनालाई नियन्त्रणमा लिएको हो । साईकलयात्री भारतको किसनगंज कुतवाभिट्टा नँया टोल बस्ने बर्ष ४० को जुलमात हुसेन र पछाडी सवार सोही स्थानका २० वर्षका तोसिफ आमललाई चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषध सहित नियन्त्रणमा लिएको हो । उनिहरुलाई नियन्त्रणमा लिई सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
Read More
झापामा नेकपाले सुरु गर्यो कृषि उत्पादन तथा बचत सहकारी, पहिलो साधारण भेला सम्पन्न

झापामा नेकपाले सुरु गर्यो कृषि उत्पादन तथा बचत सहकारी, पहिलो साधारण भेला सम्पन्न

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले जिल्लामा क्रियाशील रहेका नेता कार्यकर्ताहरुलाई समेट्दै कृषि उत्पादन तथा बचत सहकारीको सुरुवात गरेका छन् । बुधबार झापाको सुरुङ्गामा नेकपाका केन्द्रिय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमनसिंह सीको नेतृत्वमा भेला सम्पन्न भएको हो । उक्त भेलामा बोल्दै सुमनसिंहले आफुहरुले संचालन गर्ने सहकारी कस्तो हुन्छ भन्ने समग्र योजना प्रस्तुत गरेका थिए । आत्मनिर्भर कृषि उत्पादन तथा बचत सहकारीको नाम दिइएको सहकारीले एक हजार सदस्यहरुलाई मासिक एक हजार बचत गराउने, उक्त रकम कृषि उत्पादन, कृषि उद्योग र कृषि व्यापारमा लगानी गर्ने योजना बनाएको छ । निराशाले भरिएको समाजमा यहीँ केही गर्न सकिन्छ भन्ने भाष्य निर्माण…
Read More
ne_NPNepali