Skip to main content

Purbi Garjan

झापामा नेकपाले सुरु गर्यो कृषि उत्पादन तथा बचत सहकारी, पहिलो साधारण भेला सम्पन्न

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले जिल्लामा क्रियाशील रहेका नेता कार्यकर्ताहरुलाई समेट्दै कृषि उत्पादन तथा बचत सहकारीको सुरुवात गरेका छन् । बुधबार झापाको सुरुङ्गामा नेकपाका केन्द्रिय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमनसिंह सीको नेतृत्वमा भेला सम्पन्न भएको हो । उक्त भेलामा बोल्दै सुमनसिंहले आफुहरुले संचालन गर्ने सहकारी कस्तो हुन्छ भन्ने समग्र योजना प्रस्तुत गरेका थिए ।

आत्मनिर्भर कृषि उत्पादन तथा बचत सहकारीको नाम दिइएको सहकारीले एक हजार सदस्यहरुलाई मासिक एक हजार बचत गराउने, उक्त रकम कृषि उत्पादन, कृषि उद्योग र कृषि व्यापारमा लगानी गर्ने योजना बनाएको छ ।

निराशाले भरिएको समाजमा यहीँ केही गर्न सकिन्छ भन्ने भाष्य निर्माण गर्न आवश्यक भएको बताउँदै सुमनसिंहले शिक्षा, स्वास्थ्य, आवास र रोजगारी समेतको सुनिश्चितता यहि सहकारी र मासिक एक हजारबाट संभव भएको बताए । सबैसंगै समृद्ध बनौं भन्ने नारा लिएको सहकारीले साधारण भेलाकै दिन २८ हजार रुपैंया बचत गरेको छ ।

विश्वास गरौं, विश्वास दिलाऔं ! भन्ने नारा समेत सहकारीको रहेको छ । यसले समुहमा लगानी गर्ने, संस्थाप्रति समुहलाई उत्तरदायी बनाउने, कृषि उत्पादनलाई बढावा दिने र सोसंगै सम्बधित सम्पूर्ण कार्यहरु गर्ने सहकारीको उदेश्य रहेको नेकपाले जनाएको छ।

कार्यक्रममा जिल्लाका एक सय अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन पार्टीका झापा जिल्ला सेक्रेटरी संजय सीले गरेका थिए भने सहकारीको प्राविधिक विषयबारे पार्टीका प्रदेश कमिटी सदस्य हुकुम सीले राखेका थिए ।

साधारण भेलाले सहकारीको संरक्षकमा जिल्ला इन्चार्ज सुमनसिंह सी, अध्यक्षमा प्रशान्त सी, उपाध्यक्ष रोशनी सी, सचिव हुकुम सी, सह – सचिव कुमार सी, कोषाध्यक्ष बिमला सीसहित १२५ सदस्यीय समिति निर्माण गरेको छ । यसले बचत कार्यको सुरुवात गरेको छ भने अन्य आवश्यक प्राविधिक काम, कानुनी कामहरु अगाडि बढाएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali