Skip to main content

Purbi Garjan

साम्राज्यवाद र दलाल पुँजीवादविरुद्ध बृहत मोर्चा अपरिहार्य : प्रकाण्ड

कपिलवस्तु। नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रवक्ता प्रकाण्डले अहिले साम्राज्यवाद र दलाल पुँजीवादविरुद्ध बृहत् मोर्चाबन्दी अपरिहार्य रहेको बताएका छन् । पार्टी केन्द्रीय समितिको छैटौं बैठकमा सोमबार प्रशिक्षण मन्तव्य राख्दै प्रवक्ता प्रकाण्डले अमेरिकी साम्राज्यवादको हस्तक्षेप तीव्रतामा बढेकाले स्वाधीनताका लागि मोर्चा जरुरी रहेको बताएका हुन् ।

“अहिले देशको स्वाधीनताको खतरा मानिएको साम्राज्यवाद र नेपाली विशेषताको समाजवादको अवरोधको रूपमा रहेको दलाल पुँजीवाद देशको शान्ति र समृद्धिका लागि मुख्य समस्याको रूपमा रहेको छ-“कपिलवस्तुमा जारी केन्द्रिय समिति बैठकमा बोल्दै प्रकाण्डले भने-“यदि देशको स्वाधीनताको रक्षा गर्ने हो र नेपाली जनताको अधुरो सपना पूरा गर्ने हो भने अब देशभक्त र प्रगतिशील शक्तिहरुसङ्ग नयाँ मोर्चा अपरिहार्य छ, हामी त्यो दिशामा अघि जान्छौं ।”

मन्तव्यको क्रममा उनले अमेरिका अहिले सैन्य हिसाबले समेत रक्षात्मक रणनीति अबलम्बन गर्न बाध्य भएको र बहुध्रुबीय बिश्वको चरित्रले उसको ९० को दशकको जस्तो आक्रामक रणनीति अब संभव नरहेको बताए ।

त्यस्तै प्रवक्ता प्रकाण्डले आफूहरुले पार्टी र नेतृत्वको सोचलाई प्रयोगमा लिने र प्रयोगका आधारमा नयाँ संश्लेषण गरेर अगाडि बढेको भन्दै अब नेपालबाट विचारको उच्चतामा संश्लेषण गर्नुपर्ने बताए ।

विचार संष्लेशण नेकपा मात्रैको मामिला नभई क्रान्ति, वर्ग र विश्व कम्युनिस्ट आन्दोलनको सवाल भएकोले नेपाल कम्युनिस्ट पार्टीले यसबारे अन्तरास्ट्रिय रूपमा समेत खुल्ला बहस गरेर अघि बढ्न चाहेको बताए ।

नेपाल कम्युनिस्ट पार्टीले सुरु गरेको आर्थिक उत्पादन अभियानले बुद्धिजीवी, व्यापारी, उद्योगी लगायत आम जनतामा उत्साह पैदा गरेकोले अब आर्थिक मोर्चाबाट राजनीतिक मोर्चालाई बलियो बनाउनु अहिलेको आवश्यकता रहेको प्रवक्ता प्रकाण्डको भनाइ थियो । (जनपत्रिका बाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

निशान निराैला इलाम। इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान ...
अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
ne_NPNepali