Skip to main content

Purbi Garjan

राजविराज घेरा तोड्दा

पहिलो चरणमा कोभिड महामारिको त्रास यति थियो कि कोहि अन्जान ब्यक्ती संग सबै त्रस्त हुन्थे । सडक सुनसान ,बजार सुनसान ,गाउँ समेत आ- आफ्नै घर भित्र बन्द थिए । सप्तरी जिल्लाको चन्द्रपुर इलाका प्रहरि कार्यलयका इन्स्पेक्टर नेतृत्वको एउटा प्रहरी भ्यान राजबिराज स्थित जिल्ला अदालत तर्फ हुंइकियो त्यो पनि एकदमै अबेला अर्थात सांझ चार बजे ।
देश बन्दाबन्दीमा थियो । खाली चलेको थियो त संसदवादिहरुको लुट र नेपाल कम्युनिस्ट पार्टी माथिको सरकारी दमन । जनता सरकारी लुटपाट र यसको बिरोध गर्ने क्रान्तिकारीहरुको स्थिती प्रती जानकार थिए । हाम्रो पार्टी त्यस्तो स्थितिमा पनि घोसणा गरेरै जनसेवामा लागिरहेको थियो ।
हुइंकिएर गएको प्रहरी भ्यान झण्डै पांच बजे सप्तरी जिल्ला अदालत पुग्यो । भ्यानबाट हामिलाइ(तात्कालिन मेची/कोशी ब्युरो इन्चार्ज कमरेड उमा भुजेल शिलु र म) उतारियो । जिल्ला अदालतका न्याधिसहरु अदालत प्रांगणमा हामिलाइ नै कुरेर बसिरहेका थिए । न्यायधिसहरुले प्रहरिलाइ प्रश्न गरे किन ढिला गर्नु भयो ? प्रहरि इन्सपेक्टरले  हामिलाइ जानकारी ढिला आयो भन्ने जवाफ दिए ।
यो सबै विषय प्रती हामी अनभिज्ञ नै थियौं त्यति बेला सम्म । हाम्रो बारे सर्वोच्च अदालतमा बन्दी प्रतक्षिकरण रिट दर्ता भएको त सुनेका थियौं । हामिलाइ वरिष्ठ अधिवक्ता बुवा एकराज भण्डारिले फोन मार्फत जानकारी गराउनु भएको थियो । तर त्यो दिन हामिलाइ हिरासत मुक्त गर्नु भनी सर्वोच्चले आदेश गरेको रहेछ । प्रहरिहरुको उदेश्य हामिलाइ ढिलो पुर्याउने र आलटाल गर्ने र राती पारेर पुन पक्राउ गर्ने रहेछ । न्यायधिसहरुले हामिलाइ प्रश्न गर्नु भयो तपाइहरुलाइ बुझ्ने कोहि आफन्त बोलाउनु भएको छ ? अंह छैन हामिले जवाफ दियौं । कसरी बोलाउने त्यस्तो बन्दाबन्दिमा सबै तिर गार्हो अवस्था थियो । उसो भए बोलाउनुस न्याधिसहरुले पुन भने । हामिले आमालाइ बोलायौं आमा गाडि रिजर्भ गरेर आउनु भएछ दमक देखि बिराटचौक सम्म । तर त्यंहाको सबै स्थिती हामिलाइ पक्राउ गर्ने नै छ भन्ने छनक पाए पछि आमालाई फर्कनुस भन्यौं । आमा बिच बाटो बाटै फर्कनु भयो ।
समय बित्दै जाँदै थियो । न्यायधिसहरुले सल्लाहा गरेर बार एशोसियसनका अध्यक्ष  डोमन शाहलाई बोलाए र हामीलाई बुझ्न अनुरोध गरे । परिस्थितिको बारेमा न्यायधिसहरु समक्ष हामिले केही कुरा राख्यौं । सरकारले हामिलाइ गैरकानुनी हिसाबले दिएको दुख प्रती न्यायधिसहरु खुसी देखिएका थिएनन । अधिवक्ता डोमन शाहलाई  हेरेर न्यायधिसहरुले भने उंहाहरुलाइ प्रहरिले फेरि पक्राउ गर्ने बुझियो, सक्नु हुन्छ भने पछाडी बन्दै गरेको हलबाट सानो ढोका खोलिएको छ त्यंहाबाट निकाल्नुस । वास्तवमा हामिलाइ दिइएको दुख र हैरानी प्रती न्यायधिसहरु खुसी थिएनन नै । सरकार नामको आपराधिक गिरोहको अत्याचारले सिमा नाघ्दै थियो ।
मान्छे बुझाएको भर्पाई लिनु भयो भाइ ? प्रहरीलाई एक न्यायधिसले प्रश्न गरे । अं लियौ श्रीमान ! प्रहरिले जवाफ दिए । बाहिर दुइवटा प्रहरी भ्यान तैनाथ देखिन्थे । जासुसहरुको चहल पहलपनि थियो । हामिलाइ कानुन ब्यवशायिको जिम्मामा छोड्ने संम्बन्धी कागजी प्रकृया पूरा भएको थियो । न्यायधिसहरुले हामिलाइ ल जानुस तपाईं हरु डोमन जिले तपाइहरुलाइ बाहिर निकाल्नु हुन्छ भनेर बिदा दिए । हामी अदालतको पछाडिको ढोकाबाट झटपट बाहिर निस्कियौं । तर स्थिती त्यति सहज थिएन । अलि पर डोमन जिको कार्यलय थियो एकछिन त्यंहा रोकियौं । डोमन जि ले पत्रकार बोलाउनु भएको रहेछ । उहाँ बुझ्न भनेर बाहिरिनु भयो ।  कान्तिपुरका पत्रकार साथिहरु आएर हाम्रो फोटो लिए साथै केही प्रश्न गरे । कहिलै अनुभव नभएको तराइ, कोरोनाको महामारिले आक्रान्त जनता, प्रहरिको तिब्र खोजी र हाम्रो भाग्दै गरेको अवस्था निक्कै कठिन थियो ।
एकै छिनमा डोमन जि हस्याङ्ग फस्याङ्ग गर्दै आउनु भयो । प्रहरिको टिम अदालत भित्र छिरेको छ अदालतको कोठा कोठा छापा हान्दै छ, केही प्रहरी यता आंउदैछन भन्नू भयो । लु यहाँ बाट बाहिरिनु पर्छ भनेर उहाँ अघि लाग्नु भयो हामी पछि पछि लाग्यौं । सबै तिर चकमन्न छ । मान्छे चिन्नै मुश्किल हुने रात भएपनी सडकका बत्तिहरुको उज्यालोले छलिन निक्कै गारो भएको छ । उंहाले घुमाउदै घुमाउदै एक घरमा पुर्याउनु भयो । घरका मान्छेहरु कोरोनाको कारण आतंकित त छंदै थिए, त्यही माथी हामिलाइ प्रहरिले पिछा गर्दैछ भन्ने थाहा पाएर घरका मान्छे झन आत्तिए जस्तो अनुभूति भयो । तर एकछिनको कुराकानी पछि परिस्थिती शान्त हुन पुग्यो । डोमन जि नभएको भए , न फोन छ ! न त्यो ठांउको बारेमा केही थाहा छ ! न त हामी संग पैसा छ ! नत परिस्थिती नै ठिक छ । कोहि अन्जान देख्नासाथ कोरोनाकै कारण मानिसहरुले प्रहरिलाइ खबर गर्ने स्थिती थियो ।
हामी चन्द्रपुर हिरासत बस्दा सप्तरिकै उमेश यादव र केही साथीहरु हामिलाइ भेट्न आउनु भएको थियो । उमेश यादव (सप्तरीका स्थापित नेता तथा पुर्व सिचांइ मन्त्री)  शिलु दिदि वाइसिएलको उपाध्यक्ष भएको बेला एउटै कमिटिमा काम गर्नु भएको रहेछ । धेरै श्रद्धा पुर्वक उंहाले आत्मियता प्रकट गर्दै क्रान्ति सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो । हामी संग उमेश जिको नम्बर पनि हिरासतमै छुटेको थियो । प्रहरिले हामिलाइ चप्पा चप्पा खोजिरहेको विषय डोमन जि लाई थाहा भयो । उंहालाइ पनि प्रहरिले तारन्तार फोन गरेर हाम्रो बारेमा बुझिरहेका थिए । राजबिराजमा निक्कै ठुलै होहल्ला भएको बुझ्न कठिन थिएन । डोमन जिलाइ अब सजिलो थिएन हामिलाइ सुरक्षित गर्न । त्यो समय अरु कसैसंग सहयोग माग्नु र पाउनु असम्भव जस्तै थियो । डोमन जिलाइ सोध्यौं उमेश जिको नम्बर छ ? उंहाले छ भन्नू भयो र कल गर्यौं । शिलु दिदी बोल्नु भयो । राजबिराजमा ठुलै हल्ली चल्लि भैसकेको रहेछ । उमेशजि धेरै चिन्ता पुर्वक हामिलाइ भेट्न पाए र सहयोग गर्न पाए हुन्थ्यो भनेर आत्तिरहनु भएको रहेछ । उंहाले स्थिती अवगत गराउनु भयो र हामिलाइ भेट्न आंउछु भन्नू भयो । उंहा हामिलाइ भेट्न गएको हुनाले राजबिराजमा उमेशले नै लुकाएको हुन सक्छ भनेर प्रहरिले उंहालाइ पिछा गर्दै रहेछ । उहाँ हामिलाइ भेट्न छद्म रुपमा आउनु भयो । र सप्तरिकै नेता उंहाहरुकै टिमका साथी बिनोद जिलाई सबै कुरा अर्हाएर हाम्रो सुरक्षाको प्रबन्ध मिलाएर उहाँ तुरुन्तै निस्कनु भयो । र फोनमा कुरा गर्ने त्यो पनि उंहको श्रीमतिको नम्बरमा भनेर सल्लाह भयो ।
हामिलाइ कहाँ राख्ने भन्ने मिलाउन बिनोद जि र उहाँ संग आउने एकजना साथी हिंड्नु भयो । हामी त्यही घरमा राती एक बजे सम्म पर्खिएर बस्यौं । एकबजे हामिलाइ त्यो टोलबाट अर्को टोलमा सारेर बिनोद जिको घरमा लगेर राख्नु भयो । सायद आत्मियता, क्रान्तिकारी प्रेम र त्यो सद्भाव बिनोद जिको घरमा जो पायौं त्यो कहिलै बिर्सनै नसकिने प्रकारको छ । बिनोद जिको श्रीमती उंहाले खेल्नु भएको भुमिका संधै उल्लेखनिय रहने छ । हामीलाई खोज्न प्रहरिहरु धेरै घुमिरहेका थिए, ब्यापक प्रहरी परिचालन गरिएको थियो राजबिराजमा । त्यंहाका जो कोहि अगुवालाइ राम्रो संग थाहा थियो कि बिप्लवकि नेत्री राजबिराज अदालतबाट भागेको र उनी र अर्का युवक कार्यकर्तालाइ प्रहरिले धुइं धुइं खोजिरहेको छ । दिंउसो भरी हामी बिनोद जि कै घरमा बस्यौं । लगभग नौ महिना हिरासत र जेलको चक्कर काटेर भर्खरै बाहिर निस्किंदा हामिलाइ भने हामी बाहिरै निस्केको प्रती बिश्वास नै भैरहेको थिएन । अर्थात हिरासत र कारागार आदत बनिसकेको रहेछ ।
राजबिराजबाट कसरी निस्कन सकिएला सबैभन्दा ठुलो कुरा यहि थियो । उमेश जि हरुलाइ पनि यो निक्कै चुनौतिपुर्ण काम थियो । प्रहरिहरुले यतिधेरै खोजेका थिए त्यो उंहाहरुलाइ राम्रो संग थाहा थियो । भोलीपल्ट बेलुका अर्को घरमा निस्कने योजना भयो । हामिले हुलिया बदल्नुपर्ने स्थिती बन्यो । दिदिले तराइकै महिलाले जस्तो हुलिया बनाउनु पर्ने अवस्था बन्यो । हामिले आंफुले लगाएका सबै कुरा फ्याक्यौं , दिदिले बिनोद जिको श्रीमतिले ल्याइदिएको मधेसी पहिचान जस्तो लाग्ने कपडा लगाउनु भयो । मलाइ एउटा टिसर्ट ल्याइदिनु भयो त्यो टिसर्ट , हापपैन्ट र गाम्छा र चप्पल लगाए मैले । दिदी गोरो मान्छे भएको हुनाले हुलिया मिलाउन गारो नै भयो । तथापि बिनोद जिको श्रीमती र शिलु दिदी पुरै हुलिया बदलेर अगि लाग्नु भयो । म र बिनोद जि पछि पछि हिंडयौं । अलि पर एकजना साथिको घरमा पुग्यौं र रात त्यंही बस्यौं । त्यंहाबाट बिहान चार बजे हिंड्ने र राजबिराज बजारबाट बाहिर निस्कने योजना बनायौं । किन कि बिहानको समय मर्निङवर्क गर्नेहरुको भिडभाड हुने र त्यही समयको उपयोग गर्ने योजना थियो हाम्रो । हामी निस्कियौं करिब डेढ घण्टा पैदल हिंडेर हामी राजबिराज देखि निक्कै पर साथिहरुको आफन्तकोमा पुग्यौं । आफन्त सरकारी कर्मचारी रहेछन , उनी यति डराएकि त्यसको कुरै नगरौं । तथापी उनको श्रीमती र हामी पुगेको त्यो बिहान देखि रातको एक बजे सम्म संगै बस्यौं ।
हामिलाइ बाहिर निकाल्न साथिहरु तयारी गरिरहनु भएको थियो । निक्कै जटिल छ स्थिती भन्ने कुरा आइरहन्थ्यो । सप्तकोशीको पुल कसरी कट्ने ? त्यंहा चेकपोस्टमा राम्रो संग हेर्यो भनेत फेला परिन्छ भन्ने थियो । उंहाहरुको एउटा टोलि हाइवे र पुलको रेकि गर्न जानू भयो । प्रहरिहरु तैनाथ नै भएको बुझियो । अब राजबिराज आसपास नै धेरै समय बस्ने स्थिती थिएन । सुरक्षा चुनौती बढ्दै थियो । सुचनाहरु चुहावट हुने खतरा देखिंदै थियो । उमेश जि संग फोनमा कुरा भैरहेको थियो । बिनोद जि प्रतक्ष हामिलाइ सहयोग गर्दै हुनुहुन्थ्यो । हामी सबैको निस्कर्स यहि निस्कियो अब जसरीपनि निस्किहाल्नु पर्छ । एम्बुलेन्सको ब्यवस्थापन गर्नु भयो साथिहरुले । दिदिलाइ बिमारी बनाएर अक्सिजन समेत लगाइयो । म उंहाको रुंगालु जस्तो भएर एम्बुलेन्समा बसें । उमेष जिले पांच हजार खर्च र एउटा फोन गर्ने मोबाइल पठाइदिनु भएको थियो । एम्बुलेन्स अगाडि हुंइकियो । एम्बुलेन्सको रफ्तारले हामिलाइ दुई बजे तिर बिराटनगर पुर्यायो । हामी अधिबक्ता कला त्रीताल दिदिकोमा गयौं । उहाँ हामिलाइ लिन आउनुभएको थियो न्युरो अस्पताल नजिकै । यसरी हामी राजबिराजबाट बिराटनगर पुग्यौं ।
संभवत त्यो राजबिराजमा साथिहरुको त्यो सहयोग प्राप्त नभएको भए हामिलाइ त्यंहाबाट फुत्किएर आउन सम्भव थिएन । क्रान्तीले नै यो सबै सम्भव गरायो । क्रान्ती प्रतिको अथाह प्रेम, नेतृत्व प्रतिको अगाध स्नेहले नै त्यो अपरिचित राजबिराजमा त्यो स्थिती बन्न सक्यो । प्रहरिले हामिलाइ झन्डै एकहप्ता बेपत्ता राखेको थियो । मानसिक ट्रचर अत्याधिक दिएको नै त्यंही थियो । त्यंहा कोहि चिनेको जानेको थिएनन । तर राजबिराजमा जे सम्भव भयो यो घटना पछि मलाइ लाग्यो हाम्रो मधेसले क्रान्तिलाई धेरै माया गरेको छ । त्यंहाका पत्रकार, अधिवक्ता, हिजोका पुराना क्रान्तिकारी योद्धाहरु, उंहाहरुका परिवार , स्थानिय जनता त्यो समय उंहाहरुले प्रकट गर्नुभएको स्नेहप्रती कृतज्ञ छौं । राजबिराजका क्रान्तिकारी हरुलाइ रातो शलाम टक्र्याउन चाहान्छु । (लेखक : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् तत्कालीन मेची व्युरो सचिव सुमनसिंह हुन्। ४ वर्ष अघिको यो लेख पुर्वी गर्जनले पुनः प्रसारण गरेको हो ।) 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

प्रशान्त आचार्य बागडोग्रा। संगठित वन्यजन्तु अपराधविरुद्धको लडाइँमा पश्चिम बंगाल वन विभागले ठूलो सफलता हासिल गरेको छ। हात्तीको दाँ...
शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

प्रविण अधिकारी मेचीनगर। झापाको मेचीनगर -६ साठी बिगाहामा रहेको अरुणोदय अङ्ग्रेजी बोर्डिङ स्कुलमा रहेको आवासगृह भित्रको एउटा कोठाम...
शिक्षिका रहस्यमय मृत्यु प्रकरण: घटना स्थलमा दुईवटा चिठी भेटियो

शिक्षिका रहस्यमय मृत्यु प्रकरण: घटना स्थलमा दुईवटा चिठी भेटियो

प्रविण अधिकारी मेचीनगर । झापाको मेचीनगर नगरपालिका -६ साठी बिगाहामा रहेको अरुणोदय बोर्डिङ इङलिस स्कुलको भवनभित्र सोमबार सोही विद्...
भन्सार छलीको ३२ बोरा चिनी सहित दुईवटा सवारी सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा  नियन्त्रण

भन्सार छलीको ३२ बोरा चिनी सहित दुईवटा सवारी सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा नियन्त्रण

मेचीनगर। काँकडभिट्टा नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको ठूलो परिमाणको चिनीसहित दुईवटा सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिए...
ne_NPNepali