काठमाडौँ – नेपालको निर्वाचन इतिहासमा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय छुट्टै दल दर्ता गरेर चुनावमा होमिएको छ। महिला, दृष्टिविहीन, अपाङ्गता भएका, फरक क्षमता भएका व्यक्तिहरूको सहभागितामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय छुट्टै दल दर्ता गरेर चुनावमा होमिएको हो। यो पहिलो सहभागिता मात्र होइन, दशकौँदेखि राज्य–राजनीतिबाट वञ्चित गरिँदै आएको समुदायको कथा–व्यथा लिएर आएको ऐतिहासिक उपस्थिति पनि हो। निर्वाचन आयोगमा पहिलो पटक तेस्रोलिंगी अध्यक्ष भएको समावेशी समाजवादी पार्टी दर्ता भएको छ। दल दर्ताको प्रमाण बुझेकै दिन समावेशी समाजवादी पार्टीले निर्वाचन प्रयोजनका लागि निवेदन दिएको छ। यो दर्तासँगै नेपालको राजनीतिक इतिहासमा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले आफूलाई “भोट बैङ्क” होइन,…
पहिलो चरणमा कोभिड महामारिको त्रास यति थियो कि कोहि अन्जान ब्यक्ती संग सबै त्रस्त हुन्थे । सडक सुनसान ,बजार सुनसान ,गाउँ समेत आ- आफ्नै घर भित्र बन्द थिए । सप्तरी जिल्लाको चन्द्रपुर इलाका प्रहरि कार्यलयका इन्स्पेक्टर नेतृत्वको एउटा प्रहरी भ्यान राजबिराज स्थित जिल्ला अदालत तर्फ हुंइकियो त्यो पनि एकदमै अबेला अर्थात सांझ चार बजे । देश बन्दाबन्दीमा थियो । खाली चलेको थियो त संसदवादिहरुको लुट र नेपाल कम्युनिस्ट पार्टी माथिको सरकारी दमन । जनता सरकारी लुटपाट र यसको बिरोध गर्ने क्रान्तिकारीहरुको स्थिती प्रती जानकार थिए । हाम्रो पार्टी त्यस्तो स्थितिमा पनि घोसणा गरेरै जनसेवामा लागिरहेको थियो । हुइंकिएर गएको प्रहरी…