आज २१ पmागुन २०८१ शहिद सप्ताह, सुखानी दिवश अर्थात आज भन्दा ठिक ५२ बर्ष अगाडि २१ पmागुन २०२९ सालमा झापा र इलामको सिमानामा पर्ने सुखानी जंगलमा जनताका प्रिय नेता तथा योद्धाहरु रामनाथ दाहाल बर्ष ३४, नेत्र घिमिरे बर्ष २५, बिरेन राजबंशी बर्ष ३१, कृष्ण कुंइकेल बर्ष १८, नारायण श्रेष्ठ बर्ष १७ लाइ झापाबाट इलाम जेल सार्ने बाहनामा सुखानी जंगलमा गोली हानेर निर्ममता पुर्वक हत्या गरेको दिन हो ।
तत्कालिन पंचायती सत्ताले झापामा उठेको किसान बिद्रोह माथि निर्मम दमन गर्यो । दर्जनौ योद्धाहरुको हत्या, हिरासत र जेलका कालकोठरिहरु जनताको उक्त बिद्रोहले झेल्नु पर्यो । हात्ति लगाएर झापाली जनताका घर छाप्राहरु भत्काइए । महिला दिदी बैनीहरु माथि हिंसा थोपरियो । असाध्यै लामा लामा जेल जिवनहरुमा झापाली हरुलाइ कैद गरियो । रगत र आंशुको भेलबाट झापाले यो देशलाइ झक्झकायो र नौलो जनवादी सत्ता स्थापनाको गगनभेदी नारा घन्कायो । अत्याचारी पंचायतको जग हल्लायो, जनतालाइ एक कदम उठायो ।
नेपालको कम्युनिष्ट समाजवादी आन्दोलन संसोधनवादको गोलचक्करमा फंस्न पुग्यो । बिभिन्न आवरणमा दलाली गरिरहेकाहरुले जनताको न्यायपुर्ण आन्दोलनलाइ बिभिन्न योजनाहरु मार्फत भ्रमित गर्ने काम गरे । जनताको नौलो जनवादी सत्ता स्थापनाको सपना अधुरै रह्यो । देश केहि थान सामन्तहरुकै कब्जामा प्रयो । जनताहरु सन्तुष्ट हुन सकेनन् । जनताको बिद्रोह नंया उचाइमा पुन संगठित भयो र जनयुद्ध सुरु भयो । यसले देखांउछ नेपाली समाजको गति निरन्तर अगाडि बढिरहेको छ । जनयुद्ध नेपाली समाजको अभुतपुर्व बिद्रोह थियो । २०५२ फागुन १४ गते दिल बहादुर रम्तेलको रगत १७ हजार होनहार नेपाली आमाका सपुतहरुको बलिदान सम्म पुग्यो । र यो यति बलशाली बन्यो की यसले सामन्तवादको नेत्रित्व गरिरहेको शाही शासन ढाल्न सफल बन्यो । जनयुद्ध नेपाली समाजको निम्ति एक युगान्तकारी परिघटना हो ।
जनयुद्धले गणतन्त्र स्थापना गर्यो र यो नेपाली जनताको एउटा युगान्तकारी उपलब्धि हो । तर जनताले आफ्नो ठानेको गणतन्त्र दलाल पुंजिवादको कब्जामा पर्यो, परिरहेको छ । दलाल पुंजिवादको मतियार बनेको नेपालको दलाल प्रवृती यतिबेला जनताको दुश्मन बन्न पुगेको छ । दलाल पुंजिवाद नेपाली जनतामा दमन शोषण थोपर्दै, साम्राज्यवादको स्वार्थलाइ नेपालमा निर्वाध घुसपैठ गराइरहेको छ । नेपाली समाजको अग्रगामी चेतना र गति रोकिएन । साम्राज्यवादी र उसका प्यादा नेपाली दलालहरुले सकियो भनेको जनयुद्ध बिश्व परिवेशमा पैदा भएका बिभिन्न परिघटनाहरु माथि गहिरो अध्यन गर्दै नंया ढंगले पुर्नसंगठित भयो । र यो दलाल पुंजिवादको बिरुद्ध एकिकृत जनक्रान्तिको रुपमा बिद्रोह गर्दै उठ्यो ।
एकिकृत जनक्रान्ति नेपाली समाजका सम्पुर्ण न्यायपुर्ण आन्दोलनहरुको निरन्तरता हो । एकिकृत जनक्रान्तिको क्रममा पनि दर्जनौ योद्धाहरुको बलिदान भएको छ, हजारौ झुटा मुद्धाहरु थोपरिएका छन्, कंयौ योद्धाहरु घाइते बन्न पुगेका छन् । एकिकृत जनक्रान्तिको बिद्रोहले नेपाली समाजको आगामि बाटो कता ? भन्ने महत्वपुर्ण बहस यतिबेला सतहमा छोडेको छ । समाजलाइ पछाडि फर्काउन चाहाने वा यथास्थितीमा नै घुमाउने सड्यन्त्रकारीको बिभिन्न योजनाहरु सतहमा छताछुल्ल पोखिएको यो समय नेपाली समाजको आगामी बाटो नेपाली बिसेषताको समाजवाद हो भनेर सुस्पष्ट गर्नु एकिकृत जनक्रान्तिको उपलब्धि हो । र यो अब नेपालका इमान्दार कम्युनिष्टहरु, समाजवादीहरु, लोकतान्त्रिक शक्ति र देशभक्त शक्तिलाइ एक बनाएर समाजवादी आन्दोनलाइ पुर्नसंगठित गर्दै अगाडि बढ्ने छ ।
नेपाली जनताहरुको अभुतपुर्व बलिदानहरु, दुख, त्याग र आज सम्मको सम्पुर्ण आकांक्षा समाजवाद हो । र समाजवाद नै नेपाली समाजको सुल्टो बाटो हो । तर समाजलाइ पश्चगमनमा लैजाने प्रतिगामि तत्वहरु, भ्रम पैदा गर्ने बिभिन्न आवरणका साम्राज्यवादका मतियारहरु यतिबेला नेपाली समाजमा सल्बलाएका छन् । उनिहरुको सल्बलाहटमा नेपाली समाजलाइ बिभिन्न स्वार्थ केन्द्रहरुको डरलाग्दो सड्यन्त्रमा फंसाउने योजना अन्र्तनिहित रहेको छ । नेपालमा गंभिर सड्यन्त्रहरु सल्बलाएको प्रष्ट बुझ्न सकिन्छ । यस्ता प्रकारका सड्यन्त्रहरुबारे जनतालाइ बुझाउनु, जनतालाइ सुल्टो बाटो बारे ज्ञान दिनु, अग्रगामी धारालाइ एकताबद्ध गर्नु, समाजवादी आन्दोलनलाइ शसक्त पार्नु यतिबेलाको महत्वपुर्ण कार्यभार हो । यो कार्यभार पुरा गर्न हामिले दिल बहादुर रम्तेल देखी सुखानी काण्डका सहिदहरु, एकिकृत जनक्रान्तिमा बलिदान गर्ने सहिदहरु देखि नेपालका सबै न्यायपुर्ण आन्दोलनहरुमा बलिदान गर्ने सहिदहरुको बलिदानी मार्गलाइ स्मरण गरेर, संकृण नबनिकन, फराकिलो छाति बनाएर यो कार्यभार पुरा गर्न सकिन्छ ।
सहिदहरुको बलिदान र यसको स्मरण कुनै कर्मकाण्ड जस्तो वा फोटो खिचाएर जनतालाइ देखाउनु जस्तो होइन । आज प्रतिबद्धता गर्ने दिन हो । हामिले नेपालको आजको डरलाग्दो संकटबाट देशलाइ निकास दिने हो भने उचाइबाट सोच्नै पर्छ । जनता तिर फर्किएको, आत्मनिर्भर अर्थतन्त्र निर्माणको निम्ति प्रयत्नशिल बनेको, नेपालका कम्युनिष्ट, समाजवादी, लोकतान्त्रिक शक्ति, देशभक्त शक्तिलाइ एक गर्दै समाजवाद तर्फ फर्किएको, आजको बिश्व, आजको नेपालमा पैदा भएका बिभिन्न आयामहरुको गहिरो अध्यन गरेर समाजलाइ अगाडि बढाउने नंया मान्यताको बिकास गरेर अगाडि बढेको आन्दोलन निर्माणको निम्ति तयार हुनै पर्छ । नेपाली समाज समाजवाद चाहान्छ, शहिदहरुको बलिदान समाजवादका निम्ति हो । हामिले शहिदहरुको सपना प्रति प्रतिबद्ध हुने हो भने समाजवादी हान्दोलनलाइ पुर्नसंगठित गर्न तयार हुनै पर्छ । आउनुहोस यसको निम्ति सामुहिक र सार्वजानिक प्रतिबद्धता गरौं । म मेरो तर्फबाट प्रतिबद्धतामा स्वर दिन्छु कि , म बलिदान दिन जतिबेला पनि तयार छु तर नेपाली जनताको, शहिदहरुको सपना साकार नपारी कहिलै बिश्राम लिने छैन ।
आज सुखानी दिवशको दिन हामी नेपालको न्यायपुर्ण अग्रगामी आन्दोलनहरुमा बलिदान गर्नुहुने दिलबहादुर रम्तेल देखी सुखानीमा बलिदान गर्नु हुने महान शहिदहरु एकिकृत जनक्रान्तिका शहिदहरु लगायत नेपालको न्यायपुर्ण आन्दोलनमा जिवनको आहुती दिने सम्पुर्ण महान शहिदहरु लाइ गहिरो स्मरण गर्दै सम्मान पुर्वक श्रद्धाञ्जली, शहिद परिवारमा गहिरो संमवेदना सहित शहिदी सपना पुरा गर्ने दृढता सहित प्रतिबद्धता गर्दछु ।








