Skip to main content

Purbi Garjan

महिला सँधै जित्ने बर्ग हो, हारेको इतिहास छैन : प्रकाण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सीले महिला बर्ग संधै जित्ने बर्गका रुपमा स्थापित भएको बताएका छन् । शनिबार काठमाडौंमा बसेको अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बागमति प्रदेशको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै प्रकाण्डले इतिहास हेर्दा अपवादबाहेक महिलाले संधै जित्ने गरेको बताए ।

नेकपा बागमती प्रदेश इन्चार्जसमेत रहेको प्रकाण्डले विश्वका कुनै पनि क्रान्ति महिलाको सहभागिता बिना सम्भव नभएको तर्क गर्दै नेपालमा एकीकृत जनक्रान्ति पनि महिला सहभागिताविना सम्भव नहुने बताए । ‘जनयुद्धमा हजारौं महिलाको सहभागिता रहेको थियो । उहाँहरुले ठूलो संघर्ष र बलिदान पनि गर्नुभएको छ । उहाँहरुको बलिदानका कारण नेपालमा महिलालाई ३३ प्रतिशत अधिकार प्राप्त भएको छ ।’, उनले भने, ‘हामीले संविधान निर्माणको क्रममा पनि ३३ प्रतिशतले महिलालाई सत्ताको मालिक बनाउन सकिदैन भनेका थियौै । हामीले महिलाको सहभागिता र अधिकार ५१ प्रतिशत हुनुपर्छ भनेका छौं । एमाले कांग्रेस त्यसमा तयार भएनन् । यो तपाईंहरुकै बलिदानका कारण भएको हो । ’

उनले संघर्ष गर्ने क्रान्तिकारी महिलाहरु सत्ताबाहिर हुनु नेतृत्वमा देखिएको विचलनता मुख्य कारण भएको बताए । ‘अहिलेको शिक्षा मन्त्री सुमना श्रेष्ठको नेपालको क्रान्तिकारी आन्दोलनमा कुनै पनि भूमिका छैन । जनयुद्ध, एकीकृत जनक्रान्तिमा तपाईंहरुले (महिला) गरेको संघर्ष र बलिदानका कारण उहाँ मन्त्री बन्नुभएको छ ।’, बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘विद्यादेवि भण्डारी राष्ट्रपति बन्नुभयो, अहिले आएका तोसिमाहरु पनि जनयुद्धकै देन हो । आरजुदेखि अरु थुप्रै महिला पनि तपाईंहरुकै योगदानका कारण सत्तामा छन् । तर हामी अझैं संघर्ष मै छौं । हाम्रो नेतृत्वको कमजोरीमा कारण हामी त्यो बेला हारेका थियौं । अब हामीसँग सहि नेतृत्व छ । महिलाले अपवादबाहेक संधै जितेका छन् । हामी पनि जित्छौं ।’

उनले नेपालमा गणतन्त्र ल्याउन पनि महिलाको भूमिका रहेको बताए । ‘राजावादी कांग्रेस र राजावादी एमालेलाई गणतन्त्रमा ल्याउन तपाईंहरुको हात छ । गणतन्त्र क्रान्तिकारी महिलाहरुको भूमिकाले आएको हो ।’, उनले भने, ‘तर यो गणतन्त्र अहिले संकटमा छ । देश संकटको भूमरीमा छ । यहि स्थिति लामो समयसम्म गयो भने जनताले सहन सक्नेछैनन् । हामीले जिम्मेवारी पूर्वक, सचेतताका साथ संघर्ष गर्नुपर्ने छ । हामी एकीकृत जनजक्रान्ति पुरा गरेर अहिलेको दलाल पुँजीवादी राज्यसत्तालाई जनताको राज्यसत्तामा परिवर्तन गर्न संघर्षमा छौं । त्यसमा तपाईंहरुको भूमिका निकै महत्वपूर्ण हुनेछ ।’

अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की उपाध्यक्ष धिरिन्द्रा सीको अध्यक्षतामा बसेको बैठक जनसंगठन विस्तार अभियान चलाउने, नेपाली विशेषताको समाजवाद र महिला विषयक अन्तरत्रिया गर्ने, विभिन्न जिल्लाहरुमा सम्मेलन गर्ने प्रकाशन गर्ने लगायतका निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले पूर्वी ताम्सालिङ व्युरोमा कार्यरत पवित्रा सीलाई विदाई गरेको छ भने मजदुरबाट आएकी मिना सीलाई स्वागत गरेको छ । बैंठकमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) अध्यष बन्दु सी, महासचिव राजकुमारी सी लगायतका नेतृहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali