Skip to main content

Purbi Garjan

अग्रणी समाज सुधारक : विपी

राजेन्द्र गौतम / लेख ( बिचार )
लेखकीय सत्ता स्थापना गर्ने प्रवृत्त नाम हो, विश्वेश्वरप्रसाद कोइराला । राजनीतिमा विपी कोइरालाको छवि प्रजातान्त्रिक समाजवादको प्रवर्तक हो । लेखन र राजनीतिलाई एकसाथ पर्गेल्ने सामर्थ्य नै विपी विविधता हो । विपी बिचार हो, विपी चिन्तन र चेतनाको पुञ्ज हो । नकि, कसैको भजन गाउने यन्त्रमानव ।

यी विपी कोइरालाका कर्मका कुरा हुन् । हरेक मानिसको जन्म, नाम र कर्म आपसमा जोडिएर आउने विषय हुन् । उसोभए उहाँको नाम कसरी विश्वेश्वर रह्यो । यो आलेखमा उहाँको नाम कसरी विश्वेश्वर रह्यो ज्योतिषशास्त्रको आधारमा केलाउने सामान्य प्रयास गरिएको छ ।

विश्वेश्वरप्रसाद कोइरालाको जन्म वि.सं.१९७१ साल भदौ २४ गते भारतको वनारसमा भएको हो। एक शब्दमा भन्ने हो भने, वनारसमा जन्मिएकोले उहाँको नाम विश्वेश्वर रह्यो । यो पूर्ण तर्क होइन । यसलाई सिद्द गर्ने केही आधार छन् । ज्योतिषशास्त्रीय मत अनुसार ग्रहनक्षत्रहरूको गतिअनुसार उहाँको जन्म २७ नक्षत्रहरुमध्ये पहिलो नक्षत्र अश्विनी (चू, चे, चो, ला)को पहिलो पाउमा भएको मानिन्छ ।

जसअनुसार उहाँको नाम ‘चू’ अक्षरबाट सुरू हुने मध्ये एक चूडामणि राखिएको थियो । वनारसमा शिवको प्रसिद्ध मध्येको एक ( संसारको प्रसिद्ध ) विश्वनाथको मन्दिर छ । विश्वनाथको मन्दिर नजिक वनारसमा जन्मिएका बालक विश्वनाथ वा विश्वनाथका प्रसाद हुन् भन्ने ठानेर उहाँको नाम विश्वेश्वर राखिएको हो भन्ने मत छ । विश्वेश्वर स्वयं विश्वनाथ हुन् ।

विश्व जोडिएकैले उहाँ यही नामले (विश्वेश्वरप्रसाद कोइराला ) विश्वमै प्रसिद्ध हुनुभयो । पहिलो नक्षत्रमा जन्मिएको मानिस विश्वमा प्रसिद्ध हुन्छ भन्ने शास्त्रीय मत पनि छ । यद्यपि, यो सर्वस्वीकार्य मत होइन र यसमा मताऐक्यता छैन ।

नाम जसरी र जे रहेपनि उहाँका अनुयायीले थुप्रै उपमा दिएका छन् र पुकार्छ्न् । त्यही मध्येका हुन् – जननायक र महामानव । जन , जनताको अगुवा वा अग्रणी भएकोले जननायक भन्न सकिन्छ तर महामानव भन्न सकिन्न , मिल्दैन । यसका केही आधार छन्, केही मध्येको एक आधार यहाँ प्रस्तुत गरिएको छ । आज अग्रणी समाज सुधारक विपी कोइरालाको ४३ औं स्मृति दिवस । यही सन्दर्भ जोडेर बहस गर्न वाञ्छनीय हुन्छ ।

आज विपीका हजारौँ अनुयायीले उहाँलाई महामानव भनेर पुकार्छन्, पुकारिन्छ । सामान्य चेतले नै भन्छ – यो सरासर गलत छ । मानव महामानव हुँदैन, महान् पुरुष हुनसक्छ । पुज्यव्यक्ति हुनसक्छ । त्यसैले विपीलाई “सुपरम्यान” बनाउने गल्ती नगरौँ ।

जर्मन दार्शनिक नित्सेको दर्शन अनुसार विकासात्मक संघर्षका निम्ति उत्सर्जित एक उच्चमानव ( सुपरम्यान ) हुन्छ । त्यसैलाई आधार मान्ने हो भने पनि विपीलाई महामानव भन्न हुन्न, सकिन्न । उत्सर्जितको अर्थ नै त्यागिएको, उत्सर्जन गरिएको हुन्छ । त्यसैले नित्सेको दर्शन विपीलाई सुपरम्यान बनाउनु हुन्न ।

नेपाली शब्दकोषलाई आधार मान्ने हो भने पनि विपी महान् पुरुष, अवश्य नै पुज्यव्यक्ती हो । वैचारिक मतका आधारमा ठुला मानिस भन्नेमा सहमत हुन सकिन्छ । तर परमात्म र विष्णुका रूपमा लिन हुन्न, स्वीकार्ने गल्ती गर्नु हुन्न । विपी सामान्य मानिस हो, उहाँ कर्मले महान् बन्नु भएको हो, महामानव बन्नु भएको होइन ।

अब पनि विपीलाई महामानव भन्ने चेतसँगै ल्याप्प हुने हो भने त्यो मर्दवाद हो । समर्थन गरेजस्तो गर्ने, यथार्थ कुरा बाहिर नल्याउने, विरोध नगर्ने , अलौकिक भन्ने चेतले विपीलाई महामानव भनिएको हो, यो नगर्नु नै राम्रो । वनारसमा जन्मिएको र विश्वनाथ मन्दिरसँग नामको प्रसंग जोडिएकैले मानवलाई देवत्करण पनि गरिनु हुन्न ।

राजनीतिसँगै साहित्यको कोणबाट हेर्ने हो भने पनि विपी हरदृष्टिले अग्रणी समाज सुधारक हो । विपीका हरकृतिमा परिवर्तनको चेत छ । अन्तस्करणको चेत प्रत्येक कृतिमा छ । जहाँ मनोविज्ञानको पाटो उत्तिकै सशक्त र बेजोड छ । त्यसकारण पनि विपी अग्रणी सुधारक हो, महामानव होइन ।

विकासात्मक संघर्षका निम्ति उत्सर्जित एक उच्चमानव ( सुपरम्यान ) किमार्थ होइन । विपीलाई महामानव भन्ने गम्भीर भुललाई सच्याऊ ! यो नै विपीप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ । प्रजातान्त्रिक समाजवादको प्रवर्तक र प्रतिपादकलाई आत्मरतिका खातिर महामानवको पगरी जरुरत हुन्न । उ कर्मले जन्मान्तर जीवित रहन्छ ।

मुलुकमा प्रजातन्त्रको स्थापनार्थ कठोर संघर्ष गर्ने कोही छ भने विपी कोइराला हुनुहुन्थ्यो । प्रथम निर्वाचित प्रधानमन्त्री बनेर पनि सर्वस्वहरण सहित निर्वासन, वर्षौंसम्मको नजरबन्द र काराबास सहज पचाउनु फराकिलो चेतको उपज हो ।

विसं २०१५ संसदीय निर्वाचनपछि २०१६ जेठमा प्रधानमन्त्री बन्नु भएको विपी ६८ वर्षमा २०३९ साउन ६ यो धराबाट भौतिक रूपमा विलुप्त हुनुभएको हो । महामानव होइन, अग्रणी समाज सुधारक विपीप्रति श्रद्धासुमन !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

प्रशान्त आचार्य बागडोग्रा। संगठित वन्यजन्तु अपराधविरुद्धको लडाइँमा पश्चिम बंगाल वन विभागले ठूलो सफलता हासिल गरेको छ। हात्तीको दाँ...
शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

प्रविण अधिकारी मेचीनगर। झापाको मेचीनगर -६ साठी बिगाहामा रहेको अरुणोदय अङ्ग्रेजी बोर्डिङ स्कुलमा रहेको आवासगृह भित्रको एउटा कोठाम...
शिक्षिका रहस्यमय मृत्यु प्रकरण: घटना स्थलमा दुईवटा चिठी भेटियो

शिक्षिका रहस्यमय मृत्यु प्रकरण: घटना स्थलमा दुईवटा चिठी भेटियो

प्रविण अधिकारी मेचीनगर । झापाको मेचीनगर नगरपालिका -६ साठी बिगाहामा रहेको अरुणोदय बोर्डिङ इङलिस स्कुलको भवनभित्र सोमबार सोही विद्...
भन्सार छलीको ३२ बोरा चिनी सहित दुईवटा सवारी सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा  नियन्त्रण

भन्सार छलीको ३२ बोरा चिनी सहित दुईवटा सवारी सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा नियन्त्रण

मेचीनगर। काँकडभिट्टा नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको ठूलो परिमाणको चिनीसहित दुईवटा सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिए...
ne_NPNepali