इलाम। एचकेआर इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हास्य टेलिफिल्म ‘जिन्दगी लफडै लफडा’ यही श्रावण ६ गते मङ्गलबार साँझ ६ बजे सार्वजनिक हुँदैछ। समाजका विभिन्न आयाम समेटिएको यस टेलिफिल्मले हाँस्यसहित गहिरो सामाजिक सन्देश दिने निर्माण पक्षको दाबी छ। इलामको ऐतिहासिक सिमावर्ती बजार मंगलबारे, सूर्योदय नगरपालिका–१ मा छायांकन गरिएको टेलिफिल्ममा गाउँघरको मौलिक भाषा, बोलीचाली र जीवनशैलीलाई नजिकबाट उतारिएको छ। हिमाल, पहाड, तराई, छिमेकी भारत र विदेशमा बस्ने नेपालीको कथा समेटेर समग्र नेपाली समाजको जीवनशैली देखाउने प्रयास गरिएको बताइन्छ। निर्देशक तथा कथाकार हिकस राईका अनुसार, टेलिफिल्ममा हाँस्य र भावनात्मक दुवै पाटो जोडिएको छ। “दर्शकले हाँसोका खित्का मात्रै होइन, भावनात्मक क्षणसमेत अनुभव गर्नेछन्,” उनले भने।…
राजेन्द्र गौतम / लेख ( बिचार ) लेखकीय सत्ता स्थापना गर्ने प्रवृत्त नाम हो, विश्वेश्वरप्रसाद कोइराला । राजनीतिमा विपी कोइरालाको छवि प्रजातान्त्रिक समाजवादको प्रवर्तक हो । लेखन र राजनीतिलाई एकसाथ पर्गेल्ने सामर्थ्य नै विपी विविधता हो । विपी बिचार हो, विपी चिन्तन र चेतनाको पुञ्ज हो । नकि, कसैको भजन गाउने यन्त्रमानव । यी विपी कोइरालाका कर्मका कुरा हुन् । हरेक मानिसको जन्म, नाम र कर्म आपसमा जोडिएर आउने विषय हुन् । उसोभए उहाँको नाम कसरी विश्वेश्वर रह्यो । यो आलेखमा उहाँको नाम कसरी विश्वेश्वर रह्यो ज्योतिषशास्त्रको आधारमा केलाउने सामान्य प्रयास गरिएको छ । विश्वेश्वरप्रसाद कोइरालाको जन्म वि.सं.१९७१ साल भदौ…
झापा । झापाको मेचीनगर नगरपालिका–१३ चारआली चोकमा २,४०० केजी भुईकटहरसहित एक बोलेरो पिकअप गाडी बरामद भएको छ। आइतबार राति ९:३० बजे इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको टोलीले WB73E5775 नम्बरको भारतीय बोलेरो पिकअप गाडी बेवारिस अवस्थामा फेला पारेको हो। गाडीको डाला भित्र खोजतलासी गर्दा करिब २,४०० केजी भुईकटहर फेला परेको प्रहरीले जनाएको छ। गाडी र मालसमान दुवै भ्याट छली गरी मापदण्ड विपरीत ओसारपसार गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। बरामद गरिएको बोलेरो गाडीको मूल्य करिब १५ लाख रुपैयाँ र भुईकटहरको मूल्य १ लाख २७ हजार ५८४ रुपैयाँ बराबर गरी कुल १६ लाख २७ हजार ५८४ रुपैयाँको सामान आवश्यक…
बंगलादेश । बंगलादेशले महिला साफ यू-२० च्याम्पियनसिपमा अपराजित रहँदै पाँचौं पटक उपाधि जितेको छ। सोमबार बसुन्धरा किङ्स स्टेडियममा भएको अन्तिम खेलमा बंगलादेशले नेपाललाई ४–० गोलअन्तरले हरायो। यो प्रतियोगितामा भारत र बंगलादेशबाहेक अन्य कुनै टोलीले उपाधि जित्न सकेका छैनन्। भारतले दुई पटक उपाधि जितेको छ भने एक संस्करणमा भारत र बंगलादेशले संयुक्त रूपमा उपाधि हासिल गरेका थिए। नेपाल तेस्रो पटक उपविजेतामा सीमित रह्यो। यसअघि सन् २०१८ र २०२३ मा पनि नेपाल उपाधिबाट चुकेको थियो। दुवै पटक नेपाल बंगलादेशसँगै पराजित भएको थियो। नेपाल यसअघि तीन पटक तेस्रो स्थानमा सीमित भएको इतिहास पनि छ। आज उपाधि जित्न नेपाललाई जित अनिवार्य थियो भने बंगलादेशलाई…