Skip to main content

Purbi Garjan

‘जिन्दगी लफडै लफडा’ टेलिफिल्ममा इलामे पत्रकार बिक्रम सुन्दासको दमदार अभिनय

इलाम।  एचकेआर इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हास्य टेलिफिल्म ‘जिन्दगी लफडै लफडा’ यही श्रावण ६ गते मङ्गलबार साँझ ६ बजे सार्वजनिक हुँदैछ। समाजका विभिन्न आयाम समेटिएको यस टेलिफिल्मले हाँस्यसहित गहिरो सामाजिक सन्देश दिने निर्माण पक्षको दाबी छ।

इलामको ऐतिहासिक सिमावर्ती बजार मंगलबारे, सूर्योदय नगरपालिका–१ मा छायांकन गरिएको टेलिफिल्ममा गाउँघरको मौलिक भाषा, बोलीचाली र जीवनशैलीलाई नजिकबाट उतारिएको छ। हिमाल, पहाड, तराई, छिमेकी भारत र विदेशमा बस्ने नेपालीको कथा समेटेर समग्र नेपाली समाजको जीवनशैली देखाउने प्रयास गरिएको बताइन्छ।

निर्देशक तथा कथाकार हिकस राईका अनुसार, टेलिफिल्ममा हाँस्य र भावनात्मक दुवै पाटो जोडिएको छ। “दर्शकले हाँसोका खित्का मात्रै होइन, भावनात्मक क्षणसमेत अनुभव गर्नेछन्,” उनले भने।

टेलिफिल्ममा इलामका युवा पत्रकार बिक्रम सुन्दासले मोहनलालको भूमिका निर्वाह गरेका छन्। अन्य कलाकारमा मोडल मुकेश गुरुङ (चुलबुले), साहिल कार्की (भैरे), विपना लेप्चा (आमा), हेम गेशा (देशी कान्छा), निकिता राई (चाँचरी), कुलमित लेप्चा (ठुली), प्रमोद शुब्बा (सालो), सुचन सम्पाङ राई (छोरा) र निर्देशक हिकस राई स्वयंले विदेशी पात्रको अभिनय गरेका छन्।

टेलिफिल्म एचकेआर इन्टरटेन्मेन्टको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिनेछ। “दर्शकले माया र साथ दिनेमा हामी विश्वस्त छौं,” पत्रकार सुन्दासले प्रतिक्रिया दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापा । झापाको सालमारा क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना युवा पक्राउ परेका छन्। कात्तिक ११...
काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...
ne_NPNepali