Skip to main content

Purbi Garjan

महिला साफ यू-२० च्याम्पियनसिपमा बंगलादेशको विजयी यात्रा, नेपाल उपविजेता

बंगलादेश । बंगलादेशले महिला साफ यू-२० च्याम्पियनसिपमा अपराजित रहँदै पाँचौं पटक उपाधि जितेको छ। सोमबार बसुन्धरा किङ्स स्टेडियममा भएको अन्तिम खेलमा बंगलादेशले नेपाललाई ४–० गोलअन्तरले हरायो।

यो प्रतियोगितामा भारत र बंगलादेशबाहेक अन्य कुनै टोलीले उपाधि जित्न सकेका छैनन्। भारतले दुई पटक उपाधि जितेको छ भने एक संस्करणमा भारत र बंगलादेशले संयुक्त रूपमा उपाधि हासिल गरेका थिए।

नेपाल तेस्रो पटक उपविजेतामा सीमित रह्यो। यसअघि सन् २०१८ र २०२३ मा पनि नेपाल उपाधिबाट चुकेको थियो। दुवै पटक नेपाल बंगलादेशसँगै पराजित भएको थियो। नेपाल यसअघि तीन पटक तेस्रो स्थानमा सीमित भएको इतिहास पनि छ।

आज उपाधि जित्न नेपाललाई जित अनिवार्य थियो भने बंगलादेशलाई बराबरी पर्याप्त थियो। तर घरेलु टोलीले खेलको सुरुवातमै आक्रमक प्रदर्शन गर्दै नेपाललाई दबाबमा राख्यो। खेलको आठौं मिनेटमा सागोरिकाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाइन्। नेपालकी गोलकिपर सुजाता तामाङ अगाडि बढ्दा काउन्टर एट्याकमा उनले गोल गरिन्। पहिलो हाफमा थप गोल हुन सकेन र बंगलादेश १–० को अग्रतामा रह्यो।

दोस्रो हाफमा नेपाल खेलमा फर्किन खोज्दै थियो। तर ५१ औं मिनेटमा मुनकी अख्तरको पासमा सागोरिकाले दोस्रो गोल गरिन्। ५८ औं मिनेटमा उनले ह्याट्रिक पूरा गरिन्। ७७ औं मिनेटमा चौथो गोल गर्दै सागोरिकाले व्यक्तिगत रूपमा चार गोल र टोलीलाई ४–० को फराकिलो जित दिलाइन्।

यससँगै बंगलादेशले ६ खेलमा ६ जितसहित १८ अंक प्राप्त गर्‍यो। नेपालले ४ जित र २ हारका साथ १२ अंक बटुल्दै उपविजेतामा सीमित रह्यो। नेपाल बंगलादेशसँग पहिलो खेलमा ३–२ ले पराजित भएको थियो। बाँकी खेलमा नेपालले श्रीलंका र भुटानविरुद्ध सानदार जित हात पारेको थियो। श्रीलंकाविरुद्ध दुवै खेलमा ७–० ले जित्दा, भुटानलाई पहिलो खेलमा ६–१ र दोस्रो खेलमा ८–० ले हराएको थियो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापा । झापाको सालमारा क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना युवा पक्राउ परेका छन्। कात्तिक ११...
काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...
ne_NPNepali