Skip to main content

Purbi Garjan

महिला साफ यू-२० च्याम्पियनसिपमा बंगलादेशको विजयी यात्रा, नेपाल उपविजेता

बंगलादेश । बंगलादेशले महिला साफ यू-२० च्याम्पियनसिपमा अपराजित रहँदै पाँचौं पटक उपाधि जितेको छ। सोमबार बसुन्धरा किङ्स स्टेडियममा भएको अन्तिम खेलमा बंगलादेशले नेपाललाई ४–० गोलअन्तरले हरायो।

यो प्रतियोगितामा भारत र बंगलादेशबाहेक अन्य कुनै टोलीले उपाधि जित्न सकेका छैनन्। भारतले दुई पटक उपाधि जितेको छ भने एक संस्करणमा भारत र बंगलादेशले संयुक्त रूपमा उपाधि हासिल गरेका थिए।

नेपाल तेस्रो पटक उपविजेतामा सीमित रह्यो। यसअघि सन् २०१८ र २०२३ मा पनि नेपाल उपाधिबाट चुकेको थियो। दुवै पटक नेपाल बंगलादेशसँगै पराजित भएको थियो। नेपाल यसअघि तीन पटक तेस्रो स्थानमा सीमित भएको इतिहास पनि छ।

आज उपाधि जित्न नेपाललाई जित अनिवार्य थियो भने बंगलादेशलाई बराबरी पर्याप्त थियो। तर घरेलु टोलीले खेलको सुरुवातमै आक्रमक प्रदर्शन गर्दै नेपाललाई दबाबमा राख्यो। खेलको आठौं मिनेटमा सागोरिकाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाइन्। नेपालकी गोलकिपर सुजाता तामाङ अगाडि बढ्दा काउन्टर एट्याकमा उनले गोल गरिन्। पहिलो हाफमा थप गोल हुन सकेन र बंगलादेश १–० को अग्रतामा रह्यो।

दोस्रो हाफमा नेपाल खेलमा फर्किन खोज्दै थियो। तर ५१ औं मिनेटमा मुनकी अख्तरको पासमा सागोरिकाले दोस्रो गोल गरिन्। ५८ औं मिनेटमा उनले ह्याट्रिक पूरा गरिन्। ७७ औं मिनेटमा चौथो गोल गर्दै सागोरिकाले व्यक्तिगत रूपमा चार गोल र टोलीलाई ४–० को फराकिलो जित दिलाइन्।

यससँगै बंगलादेशले ६ खेलमा ६ जितसहित १८ अंक प्राप्त गर्‍यो। नेपालले ४ जित र २ हारका साथ १२ अंक बटुल्दै उपविजेतामा सीमित रह्यो। नेपाल बंगलादेशसँग पहिलो खेलमा ३–२ ले पराजित भएको थियो। बाँकी खेलमा नेपालले श्रीलंका र भुटानविरुद्ध सानदार जित हात पारेको थियो। श्रीलंकाविरुद्ध दुवै खेलमा ७–० ले जित्दा, भुटानलाई पहिलो खेलमा ६–१ र दोस्रो खेलमा ८–० ले हराएको थियो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali