Skip to main content

Purbi Garjan

झापाको चारआलीमा २,४०० केजी भुईकटहरसहित भारतीय बोलेरो बरामद

झापा । झापाको मेचीनगर नगरपालिका–१३ चारआली चोकमा २,४०० केजी भुईकटहरसहित एक बोलेरो पिकअप गाडी बरामद भएको छ।

आइतबार राति ९:३० बजे इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको टोलीले WB73E5775 नम्बरको भारतीय बोलेरो पिकअप गाडी बेवारिस अवस्थामा फेला पारेको हो।

गाडीको डाला भित्र खोजतलासी गर्दा करिब २,४०० केजी भुईकटहर फेला परेको प्रहरीले जनाएको छ। गाडी र मालसमान दुवै भ्याट छली गरी मापदण्ड विपरीत ओसारपसार गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

बरामद गरिएको बोलेरो गाडीको मूल्य करिब १५ लाख रुपैयाँ र भुईकटहरको मूल्य १ लाख २७ हजार ५८४ रुपैयाँ बराबर गरी कुल १६ लाख २७ हजार ५८४ रुपैयाँको सामान आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय, इटहरी, सुनसरी पठाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali