Skip to main content

Purbi Garjan

कांग्रेस सभापतिको राजीनामा अस्वीकृति प्रस्ताव केन्द्रीय समिति बैठकमा पेस हुन्छ – उपसभापति विश्वप्रकाश शर्मा

झापा / ५ चैत । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भोलि बस्ने केन्द्रीय समिति बैठकमा पार्टी सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने बताउनु भएको छ ।

आज बिहान सभापति थापाले राजीनामा दिएको समाचार सार्वजनिक भएसँगै कांग्रेसमा अब के हुन्छ भन्ने अन्योल थपिएको बेला उपसभापति शर्माले राजीनामा अस्वीकृत हुने स्पष्ट संकेत गर्नु भएको हो । उहाँले यतिबेला सभापतिको राजीनामा होइन, प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने भएको स्पष्ट पार्नु भएको छ ।

उपसभापति शर्माले डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्याय संगत नहुने लाक्षणिक तर्क गर्नु भएको छ । शर्माले पार्टीमा असन्तोषको आगो सल्किएको बेला थापा पार्टी सभापति बनेर आगो निभाउन अघि सरेको रुपमा अर्थ्याउनु भएको छ ।

सामाजिक सञ्जाल एक्समा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै उपसभापति शर्माले भन्नुभएको छ, ” नैतिक जिम्मा लिन्छु भन्नू सकारात्मक हो तर यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व हो, बैठकमा प्रारम्भिक समीक्षा, राजीनामापत्र र राजीनामा अस्विकृत गर्ने प्रस्ताव पेश हुन्छ ।” उहाँले डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत नहुनेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali