Skip to main content

Purbi Garjan

झापामा विप्लवको नाम जोडेर चन्दा आतंक मच्चाउनेलाई पार्टीद्वारा कारबाहीको चेतावनी

झापामा विप्लवको नाम जोडेर चन्दा आतंक : व्यवसायीहरुलाई पार्टीको नाममा चन्दा नदिन विज्ञप्ति जारी, चन्दा उठाउनेलाई कारबाही गरिने पार्टीको कडा निर्णय

झापा । विभिन्न शिर्षकमा झापामा नेकपा (माओवादी ) को नाम जोडेर चन्दा संकलन भइरहेको गुनासो बढेपछि सम्बन्धित जिल्ला पार्टीले कडा निर्णय लिएको छ । पार्टीले श्रम र आफ्नै उत्पादनमा आधारित गतिविधि गर्दै आएको उल्लेख गर्दै कुनै पनि हालतमा चन्दा नलिने स्पष्ट गरेको छ ।

पार्टी केन्द्रीय निति अनुसार जिल्ला पार्टी असार १० गतेदेखि कृषिमा होमिएको मौका छोपेर केहि मानिसहरुले चन्दाको खेती गरेको भन्दै पार्टीले चन्दा नदिन र कसैले धाक धम्की दिए पार्टीमा सम्पर्क गर्न आग्रह गरेको छ।

पछिल्लो समय झापामा विद्यार्थी संगठन, पार्टी वा अन्य समूहको नाम प्रयोग गरी अनधिकृत रूपमा चन्दा उठाइरहेको गुनासो बढ्दै गएको र यसले पार्टीको प्रतिष्ठामा समेत आँच पुर्‍याएको भन्दै जिल्ला सचिव सञ्जय सीले वक्तव्य जारी गरेका छन् ।

पार्टी जिल्ला समितिको बैठकले यस्ता छाडा र अराजक गतिविधि पूर्ण रूपमा रोक्ने निर्णय गरेको छ । पार्टीको नाम, ब्यानर वा परिचय प्रयोग गरी कुनै व्यक्ति वा समूहले चन्दा उठाउने कार्य गरेमा त्यसमा सहयोग नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।

त्यस्तै, डर, धाक–धम्की, प्रभाव वा प्रलोभन देखाएर राजनीतिक आवरणमा चन्दा संकलन गर्ने गतिविधि देखिए तत्काल रोक्न र सम्बन्धित पार्टी सम्पर्कमा जानकारी दिन अनुरोध गरिएको छ ।

जिल्ला सचिव सञ्जयका अनुसार पार्टीकै विभिन्न संगठनमा आवद्ध व्यक्तिहरु समेत चन्दाको धन्दामा लागेको गुनासो आएकाले छानबिन गरि कारबाही गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
रसुवा बाढी प्रभावित परिवारलाई गोर्खा समाज बागडोग्राको ठुलो आर्थिक सहयोग

रसुवा बाढी प्रभावित परिवारलाई गोर्खा समाज बागडोग्राको ठुलो आर्थिक सहयोग

प्रविण अधिकारी /नुवाकोट। छिमेकी मुलुक भारतको दार्जिलिङ जिल्ला बागडोग्रास्थित गोर्खा समुदायको पाँच सदस्यीय टोलीले रसुवाका बाढी प्रभ...
देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

निशान निराैला इलाम। इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान ...
अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
ne_NPNepali