Skip to main content

Purbi Garjan

होटल मेची क्राउन पुनः आफ्नै ब्रान्ड र व्यवस्थापनमा फर्कियो

मेचीनगर । झापाको मेचीनगर -८ मा सञ्चालित पुर्वकै एकमात्र डिलक्स पाँचतारे होटल मेची क्राउन पुनः आफ्नै मौलिक ब्रान्ड र व्यवस्थापनमा फर्किएको छ। यसअघि होटलको व्यवस्थापनमा भारतिय कम्पनि उडान मार्फत सञ्चालन हुँदै आएपनि केही समयको सहकार्यपछि होटलले उडानसँगको सम्झौता रद्ध गरि आफ्नै पहिचानसहित सेवा प्रवाह गर्न थालेको हो।

होटल मेची क्राउनको व्यवस्थापन टोलीले पाहुनाहरूलाई उत्कृष्ट सेवा, विलासी अनुभव, र सहज आतिथ्य प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। पुनः आफ्नै ब्रान्डमा फर्किएपछि होटलले गुणस्तरीय सेवा, आधुनिक सुविधा, र पाहुनाहरूको सन्तुष्टिलाई प्राथमिकता दिने जनाएको छ।

मेची क्राउन पूर्वी नेपालको एकमात्र फाइभ-स्टार डिलक्स होटल हो, जहाँ सुविधा सम्पन्न कोठा, क्यासिनो, रेष्टुरेन्ट, मिटिङ हल, तथा अन्य विलासी सेवाहरू उपलब्ध छन्। व्यवस्थापनले पाहुनाहरूलाई अझ उत्कृष्ट अनुभव दिन थप सुधार र नवीन सेवाहरू ल्याउने योजना बनाएको छ।

उडानसँगको सहकार्यले सोचेजस्तो सफलता हात नपरेको तथा पाहुनाहरुले मेची क्राउनकै मौलिक शैली मन पराएकाले उडानसँगको सम्झौता रद्ध गरिएको बुझिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापा । झापाको सालमारा क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना युवा पक्राउ परेका छन्। कात्तिक ११...
काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...
ne_NPNepali