Skip to main content

Purbi Garjan

स्वास्थ्य बीमामा ऐतिहासिक कदम: ८ गम्भीर रोगका बिरामीलाई २ लाख रुपैयाँको उपचार सुविधा

काठमाडौं। स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी र सर्वसुलभ बनाउँदै सरकार साउन १ गतेदेखि ८ प्रकारका गम्भीर रोगका बिरामीलाई २ लाख रुपैयाँसम्मको उपचार सुविधा प्रदान गर्ने व्यवस्था ल्याएको छ।

कडा रोग लागेपछि उपचार खर्चको अभावमा पीडा भोग्दै आएका सर्वसाधारणलाई राहत पुर्‍याउने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो। अबदेखि क्यान्सर, मुटु रोग, मृगौला रोग, हेड इन्जुरी (टाउको चोट), स्पाइनल इन्जुरी (मेरुदण्ड चोट), सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमरका बिरामीले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत यो सुविधा पाउनेछन्।

सरकारले यस निर्णयलाई पूर्व प्रतिबद्धताको निरन्तरता र नागरिकप्रतिको जिम्मेवारीको रूपमा लिएको छ। स्वास्थ्य बीमालाई अझ परिस्कृत र प्रभावकारी बनाउँदै जनसाधारणको पहुँच सुनिश्चित गर्न सरकार निरन्तर प्रयासरत रहेको बताइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनताबाट प्राप्त हुने सुझाव, सल्लाह र प्रतिक्रिया कार्यक्रम सुधारमा सहायक हुने भन्दै खुला रूपमा स्वागत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापा । झापाको सालमारा क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना युवा पक्राउ परेका छन्। कात्तिक ११...
काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...
ne_NPNepali