Skip to main content

Purbi Garjan

स्वास्थ्य बीमामा ऐतिहासिक कदम: ८ गम्भीर रोगका बिरामीलाई २ लाख रुपैयाँको उपचार सुविधा

काठमाडौं। स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी र सर्वसुलभ बनाउँदै सरकार साउन १ गतेदेखि ८ प्रकारका गम्भीर रोगका बिरामीलाई २ लाख रुपैयाँसम्मको उपचार सुविधा प्रदान गर्ने व्यवस्था ल्याएको छ।

कडा रोग लागेपछि उपचार खर्चको अभावमा पीडा भोग्दै आएका सर्वसाधारणलाई राहत पुर्‍याउने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो। अबदेखि क्यान्सर, मुटु रोग, मृगौला रोग, हेड इन्जुरी (टाउको चोट), स्पाइनल इन्जुरी (मेरुदण्ड चोट), सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमरका बिरामीले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत यो सुविधा पाउनेछन्।

सरकारले यस निर्णयलाई पूर्व प्रतिबद्धताको निरन्तरता र नागरिकप्रतिको जिम्मेवारीको रूपमा लिएको छ। स्वास्थ्य बीमालाई अझ परिस्कृत र प्रभावकारी बनाउँदै जनसाधारणको पहुँच सुनिश्चित गर्न सरकार निरन्तर प्रयासरत रहेको बताइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनताबाट प्राप्त हुने सुझाव, सल्लाह र प्रतिक्रिया कार्यक्रम सुधारमा सहायक हुने भन्दै खुला रूपमा स्वागत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali