Skip to main content

Purbi Garjan

झापामा डेंगु संक्रमणबाट ११ वर्षीया बालिकाको मृत्यु

झापा — झापामा डेंगु संक्रमणबाट एक ११ वर्षीया बालिकाको मृत्यु भएको छ।

शिवसताक्षी नगरपालिका निवासी सुमन राईकी छोरी सुरविरा राईको बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि बिहीवार अस्पताल भर्ना गरिएकी बालिकाको शुक्रबार बिहान ८:२५ बजे निधन भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन युवनाथ बरालले जानकारी दिए।

यो वर्ष झापामा डेंगु संक्रमणबाट भएको पहिलो मृत्यु हो। गत वर्ष जिल्लामा दुई जनाको ज्यान गएको थियो।

मनसुन सुरु भएसँगै डेंगु संक्रमितको संख्या बढ्न थालेको छ। हाल बीएण्डसी अस्पतालमा ४८, दमकमा १ र गौरादहमा ६ जना संक्रमित उपचाररत रहेको बरालले बताए।

डेंगु संक्रमण असारदेखि असोजसम्म उच्च हुने गरेको भए पनि झापामा वर्षैभरि नै संक्रमण देखिने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali