Purbi Garjan

दिन: २०८२ असार २१, शनिबार

झापामा डेंगु संक्रमणबाट ११ वर्षीया बालिकाको मृत्यु

झापामा डेंगु संक्रमणबाट ११ वर्षीया बालिकाको मृत्यु

झापा — झापामा डेंगु संक्रमणबाट एक ११ वर्षीया बालिकाको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका निवासी सुमन राईकी छोरी सुरविरा राईको बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि बिहीवार अस्पताल भर्ना गरिएकी बालिकाको शुक्रबार बिहान ८:२५ बजे निधन भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन युवनाथ बरालले जानकारी दिए। यो वर्ष झापामा डेंगु संक्रमणबाट भएको पहिलो मृत्यु हो। गत वर्ष जिल्लामा दुई जनाको ज्यान गएको थियो। मनसुन सुरु भएसँगै डेंगु संक्रमितको संख्या बढ्न थालेको छ। हाल बीएण्डसी अस्पतालमा ४८, दमकमा १ र गौरादहमा ६ जना संक्रमित उपचाररत रहेको बरालले बताए। डेंगु संक्रमण असारदेखि असोजसम्म उच्च हुने गरेको भए पनि…
Read More
ne_NPNepali