Skip to main content

Purbi Garjan

वीरता लेडी जेसीजको आयोजनामा वृहत् नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

वीरता लेडी जेसीजको आयोजनामा वृहत् नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, तीन सयभन्दा बढी सेवाग्राही लाभान्वित

बुद्धशान्ति गाउँपालिका–४, झापा — “मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै वीरता लेडी जेसीजको आयोजनामा बुद्धशान्ति गाउँपालिका–४ मा वृहत् नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। २०८२ असार २ गते आयोजित उक्त शिविरमा तीन सयभन्दा बढी सेवाग्राहीले विभिन्न स्वास्थ्य सेवाहरू प्राप्त गरेका छन्।

विभिन्न सामाजिक, आर्थिक तथा भौगोलिक कारणले अझै पनि धेरै नागरिकहरू आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भइरहेका सन्दर्भमा “स्वस्थ समाज, समृद्ध राष्ट्र” भन्ने अभियानसहित यो शिविरको आयोजना गरिएको आयोजकले जनाएका छन्।

शिविरमा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईज्यू प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने वडा नं. ४ का अध्यक्ष शेरबहादुर रायाज्यू विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रमको संयोजन जेसी जनसम्पर्क अधिकारी पार्वति श्रेष्ठले गर्नुभएको थियो।
स्वागत मन्तव्य उहाँले राख्नुभएको थियो भने कार्यक्रममा निवर्तमान अध्यक्ष जेसी मेनुका ओलीले कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो।
त्यस्तै, जेसी मुना ढुंगेलले ‘आस्था’ र उपाध्यक्ष जेसी भावना बस्नेतले ‘मिसन–भिजन’ प्रस्तुत गर्नुभएको थियो।

शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेका थिए।
सेवा दिने प्रमुख विशेषज्ञहरू क्यान्सर विशेषज्ञ डा. कुशल रिजाल, फिजिसियन डा. नौषद अली, स्त्री रोग विशेषज्ञ डा. सुरुचि महत्तो, बाल रोग विशेषज्ञ डा. सञ्जीव के. शाह, हाड–जोर्नी तथा नसारोग विशेषज्ञ डा. मिलन सुन्दास, आँखा विशेषज्ञहरू डा. पवन अधिकारी, डा. प्रज्ञान कटवाल र डा. सुवास सङ्ग्रौला रहेका थिए ।

शिविरमा बी एण्ड सी टिचिङ अस्पताल, पूर्वाञ्चल क्यान्सर अस्पताल तथा विर्ता आई केयर प्रा.लि.ले प्राविधिक सहयोग गरेका थिए।
बी एण्ड सी अस्पतालका म्यानेजमेन्ट डाइरेक्टर खोम घिमिरे पनि विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख महेश महत्तो, स्वास्थ्य स्वयंसेवकहरू, संयोजक समिति, अतिथिज्यूहरू, र स्थानीय जनसमुदायको उल्लेखनीय योगदान रहेको आयोजकले जनाएको छ।

शिविर सफल बनाउन समर्पित सम्पूर्ण टिमप्रति वीरता लेडी जेसीजले हार्दिक आभार प्रकट गरेको छ।
कार्यक्रम सञ्चालन जेसी महासचिव प्रभा रायाले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali