Purbi Garjan

वीरता लेडी जेसीजको आयोजनामा वृहत् नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

Advertisement
Advertisement
Advertisement

वीरता लेडी जेसीजको आयोजनामा वृहत् नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, तीन सयभन्दा बढी सेवाग्राही लाभान्वित

बुद्धशान्ति गाउँपालिका–४, झापा — “मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै वीरता लेडी जेसीजको आयोजनामा बुद्धशान्ति गाउँपालिका–४ मा वृहत् नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। २०८२ असार २ गते आयोजित उक्त शिविरमा तीन सयभन्दा बढी सेवाग्राहीले विभिन्न स्वास्थ्य सेवाहरू प्राप्त गरेका छन्।

विभिन्न सामाजिक, आर्थिक तथा भौगोलिक कारणले अझै पनि धेरै नागरिकहरू आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भइरहेका सन्दर्भमा “स्वस्थ समाज, समृद्ध राष्ट्र” भन्ने अभियानसहित यो शिविरको आयोजना गरिएको आयोजकले जनाएका छन्।

शिविरमा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईज्यू प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने वडा नं. ४ का अध्यक्ष शेरबहादुर रायाज्यू विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रमको संयोजन जेसी जनसम्पर्क अधिकारी पार्वति श्रेष्ठले गर्नुभएको थियो।
स्वागत मन्तव्य उहाँले राख्नुभएको थियो भने कार्यक्रममा निवर्तमान अध्यक्ष जेसी मेनुका ओलीले कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो।
त्यस्तै, जेसी मुना ढुंगेलले ‘आस्था’ र उपाध्यक्ष जेसी भावना बस्नेतले ‘मिसन–भिजन’ प्रस्तुत गर्नुभएको थियो।

शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेका थिए।
सेवा दिने प्रमुख विशेषज्ञहरू क्यान्सर विशेषज्ञ डा. कुशल रिजाल, फिजिसियन डा. नौषद अली, स्त्री रोग विशेषज्ञ डा. सुरुचि महत्तो, बाल रोग विशेषज्ञ डा. सञ्जीव के. शाह, हाड–जोर्नी तथा नसारोग विशेषज्ञ डा. मिलन सुन्दास, आँखा विशेषज्ञहरू डा. पवन अधिकारी, डा. प्रज्ञान कटवाल र डा. सुवास सङ्ग्रौला रहेका थिए ।

शिविरमा बी एण्ड सी टिचिङ अस्पताल, पूर्वाञ्चल क्यान्सर अस्पताल तथा विर्ता आई केयर प्रा.लि.ले प्राविधिक सहयोग गरेका थिए।
बी एण्ड सी अस्पतालका म्यानेजमेन्ट डाइरेक्टर खोम घिमिरे पनि विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख महेश महत्तो, स्वास्थ्य स्वयंसेवकहरू, संयोजक समिति, अतिथिज्यूहरू, र स्थानीय जनसमुदायको उल्लेखनीय योगदान रहेको आयोजकले जनाएको छ।

शिविर सफल बनाउन समर्पित सम्पूर्ण टिमप्रति वीरता लेडी जेसीजले हार्दिक आभार प्रकट गरेको छ।
कार्यक्रम सञ्चालन जेसी महासचिव प्रभा रायाले गर्नुभएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापामा लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ

झापामा लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ

झापा । झापाको झापा गाउँपालिका–१ सुडुखुट्टुस्थित क्षेत्रबाट लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। आज दिउँसो ३ बजे ई...
झापामा स्कुटर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, आमा–छोरा गम्भीर घाइते

झापामा स्कुटर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, आमा–छोरा गम्भीर घाइते

झापा । झापाको बाह्रदशी गाउँपालिका–१ खैरबारीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने आमा–छोरा गम्भीर घाइते भएका छन्। ...
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट टावर आइपुग्यो, छिट्टै जडान हुने

त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट टावर आइपुग्यो, छिट्टै जडान हुने

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिको काम तीव्र गतिमा अगाडि बढिरह...
अर्जुनधारामा सामूहिक कुटपिटबाट महिलाको मृत्यु, पाँच जना पक्राउ

अर्जुनधारामा सामूहिक कुटपिटबाट महिलाको मृत्यु, पाँच जना पक्राउ

झापा । झापाको अर्जुनधारा नगरपालिकामा सामूहिक कुटपिटका कारण एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा–८ स्थित नयाँ खसी बजा...