Skip to main content

Purbi Garjan

लिङ्कन मन्टेश्वरी स्कुलका बालबालिकाको निःशुल्क दन्त परीक्षण

बिर्तामोड। झापाको बिर्तामोड नगरपालिका–३ स्थित लिङ्कन मन्टेश्वरी स्कुलका बालबालिकाको दाँतको स्वास्थ्य अवस्थाको मूल्याङ्कन गर्न आज निःशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न भएको छ।

लोक स्वास्थ्य डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा आयोजित सो कार्यक्रममा प्ले ग्रुपदेखि युकेजी कक्षासम्मका सबै बालबालिकाको दन्त परीक्षण गरिएको हो।

विद्यालयका सञ्चालक सरोज पौडेलका अनुसार, “अधिकांश बालबालिकामा दाँतको समस्या देखिने भएकाले समयमै पहिचान गरी उपचार गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।”

दन्त परीक्षण टोलीको नेतृत्व दन्त चिकित्सक डा. आस्मा भट्टराईले गरेकी थिइन्। परीक्षणपछि उनले बालबालिकामा देखिएको प्रमुख समस्या र समाधान उपायबारे अभिभावकहरूलाई जानकारी गराएकी थिइन्। “बाल्यकालमै देखिने दन्त समस्याको समयमा नै उपचार हुन आवश्यक छ,” उनले भनिन्।

कार्यक्रममा डेन्टल असिस्टेन्ट बिनीता तामाङ र लोक स्वास्थ्य डेन्टल क्लिनिकका व्यवस्थापक पंकज प्रसाईंले सहजीकरण गरेका थिए। बालबालिकासँगै उनीहरूका अभिभावकहरू पनि परीक्षणमा सहभागी भएका थिए।

लिङ्कन मन्टेश्वरी स्कुलले बालमैत्री वातावरणमा शिक्षासँगै स्वास्थ्य र अन्य अतिरिक्त क्रियाकलापहरूलाई पनि उत्तिकै महत्व दिँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापा । झापाको सालमारा क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना युवा पक्राउ परेका छन्। कात्तिक ११...
काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...
ne_NPNepali