Skip to main content

Purbi Garjan

लिङ्कन मन्टेश्वरी स्कुलका बालबालिकाको निःशुल्क दन्त परीक्षण

बिर्तामोड। झापाको बिर्तामोड नगरपालिका–३ स्थित लिङ्कन मन्टेश्वरी स्कुलका बालबालिकाको दाँतको स्वास्थ्य अवस्थाको मूल्याङ्कन गर्न आज निःशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न भएको छ।

लोक स्वास्थ्य डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा आयोजित सो कार्यक्रममा प्ले ग्रुपदेखि युकेजी कक्षासम्मका सबै बालबालिकाको दन्त परीक्षण गरिएको हो।

विद्यालयका सञ्चालक सरोज पौडेलका अनुसार, “अधिकांश बालबालिकामा दाँतको समस्या देखिने भएकाले समयमै पहिचान गरी उपचार गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।”

दन्त परीक्षण टोलीको नेतृत्व दन्त चिकित्सक डा. आस्मा भट्टराईले गरेकी थिइन्। परीक्षणपछि उनले बालबालिकामा देखिएको प्रमुख समस्या र समाधान उपायबारे अभिभावकहरूलाई जानकारी गराएकी थिइन्। “बाल्यकालमै देखिने दन्त समस्याको समयमा नै उपचार हुन आवश्यक छ,” उनले भनिन्।

कार्यक्रममा डेन्टल असिस्टेन्ट बिनीता तामाङ र लोक स्वास्थ्य डेन्टल क्लिनिकका व्यवस्थापक पंकज प्रसाईंले सहजीकरण गरेका थिए। बालबालिकासँगै उनीहरूका अभिभावकहरू पनि परीक्षणमा सहभागी भएका थिए।

लिङ्कन मन्टेश्वरी स्कुलले बालमैत्री वातावरणमा शिक्षासँगै स्वास्थ्य र अन्य अतिरिक्त क्रियाकलापहरूलाई पनि उत्तिकै महत्व दिँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali