Purbi Garjan

दिन: २०८२ असार २३, सोमबार

लिङ्कन मन्टेश्वरी स्कुलका बालबालिकाको निःशुल्क दन्त परीक्षण

लिङ्कन मन्टेश्वरी स्कुलका बालबालिकाको निःशुल्क दन्त परीक्षण

बिर्तामोड। झापाको बिर्तामोड नगरपालिका–३ स्थित लिङ्कन मन्टेश्वरी स्कुलका बालबालिकाको दाँतको स्वास्थ्य अवस्थाको मूल्याङ्कन गर्न आज निःशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न भएको छ। लोक स्वास्थ्य डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा आयोजित सो कार्यक्रममा प्ले ग्रुपदेखि युकेजी कक्षासम्मका सबै बालबालिकाको दन्त परीक्षण गरिएको हो। विद्यालयका सञ्चालक सरोज पौडेलका अनुसार, “अधिकांश बालबालिकामा दाँतको समस्या देखिने भएकाले समयमै पहिचान गरी उपचार गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।” दन्त परीक्षण टोलीको नेतृत्व दन्त चिकित्सक डा. आस्मा भट्टराईले गरेकी थिइन्। परीक्षणपछि उनले बालबालिकामा देखिएको प्रमुख समस्या र समाधान उपायबारे अभिभावकहरूलाई जानकारी गराएकी थिइन्। “बाल्यकालमै देखिने दन्त समस्याको समयमा नै उपचार हुन आवश्यक छ,” उनले…
Read More
काँकरभिट्टा खानेपानी कार्यालय डिजिटल स्मार्ट प्रणालीमा रूपान्तरण

काँकरभिट्टा खानेपानी कार्यालय डिजिटल स्मार्ट प्रणालीमा रूपान्तरण

मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था अब डिजिटल स्मार्ट प्रणालीतर्फ अगाडि बढेको छ। उपभोक्तालाई छिटो, छरितो र सहज सेवा दिन आइतबारदेखि मोबाइल एप, वेबसाइट र जीआईएस (भौगोलिक सूचना प्रणाली) प्रविधि औपचारिक रूपमा सुरु गरिएको हो। कार्यक्रमको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरे। उनले काँकरभिट्टा खानेपानी प्रणाली अब नमूनाका रूपमा विकसित हुँदै गएकाले डिजिटल प्रविधिको प्रयोग अपरिहार्य भएको बताए। “अब सबैले प्रविधिलाई सदुपयोग गर्नुपर्छ,” उनले भने, “मेचीनगरलाई पनि ९० प्रतिशतसम्म प्रविधिमैत्री बनाउने तयारी गरिएको छ।” संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकीले घरघरमा धारा कहाँ छ, कस्तो अवस्थामा छ, पाइप कसरी पुगेको छ, ट्याङ्कीको अवस्था, संस्थाको इतिहास र दस्तावेजजस्ता सम्पूर्ण जानकारी…
Read More
झापाको ‘हाम्रो नेपाल साकोस’ काठमाडौँमा प्रशंसित, देशभरकै उत्कृष्ट घोषित

झापाको ‘हाम्रो नेपाल साकोस’ काठमाडौँमा प्रशंसित, देशभरकै उत्कृष्ट घोषित

झापा, असार २३ – झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस) देशभरकै उत्कृष्ट साकोस घोषित भएको छ। साना किसान विकास लघुवित्त वित्तीय संस्था, बबरमहल काठमाडौँले हाम्रो नेपाल साकोसलाई उत्कृष्ट सहकारीका रूपमा घोषणा गर्दै आइतबार प्रशंसापत्र प्रदान गरेको हो। देशभरका करिब १,७०० साझेदार संस्थामध्ये उत्कृष्ट ठहर गर्दै लघुवित्तले २४औँ वार्षिक साधारणसभाको अवसरमा हाम्रो नेपाल साकोसलाई सम्मान गरेको हो। कार्यक्रममा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा, साना किसान विकास लघुवित्तका अध्यक्ष खेमबहादुर पाठक, प्रमुख कार्यकारी अधिकृत शिवरामप्रसाद कोइरालालगायतले साकोसका अध्यक्ष भवानीप्रसाद दङ्गाललाई फूलमाला, अबिर, खदा र प्रशंसापत्र हस्तान्तरण गरेका थिए। विगत १२ वर्षदेखि सञ्चालनमा रहेको हाम्रो नेपाल…
Read More
ne_NPNepali