Skip to main content

Purbi Garjan

काँकरभिट्टा खानेपानी कार्यालय डिजिटल स्मार्ट प्रणालीमा रूपान्तरण

मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था अब डिजिटल स्मार्ट प्रणालीतर्फ अगाडि बढेको छ। उपभोक्तालाई छिटो, छरितो र सहज सेवा दिन आइतबारदेखि मोबाइल एप, वेबसाइट र जीआईएस (भौगोलिक सूचना प्रणाली) प्रविधि औपचारिक रूपमा सुरु गरिएको हो।

कार्यक्रमको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरे। उनले काँकरभिट्टा खानेपानी प्रणाली अब नमूनाका रूपमा विकसित हुँदै गएकाले डिजिटल प्रविधिको प्रयोग अपरिहार्य भएको बताए। “अब सबैले प्रविधिलाई सदुपयोग गर्नुपर्छ,” उनले भने, “मेचीनगरलाई पनि ९० प्रतिशतसम्म प्रविधिमैत्री बनाउने तयारी गरिएको छ।”

संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकीले घरघरमा धारा कहाँ छ, कस्तो अवस्थामा छ, पाइप कसरी पुगेको छ, ट्याङ्कीको अवस्था, संस्थाको इतिहास र दस्तावेजजस्ता सम्पूर्ण जानकारी मोबाइल एपमार्फत हेर्न सकिने जानकारी दिए। उनले भने, “पाइपलाइनको डिजिटल म्यापिङसहित सम्पत्ति व्यवस्थापन गर्न जीआईएस, एप र वेबसाइट सुरु गरिएको हो।”

चार महिनाअघि दियालो टेक्नोलोजी प्रालिले प्रविधि विकासको जिम्मेवारी लिएको थियो। कार्यक्रममा संस्थाका लागि सफ्टवेयर विकास गरेको दियालो टेक्नोलोजीका बजार प्रमुख रोशन गौतमले उपभोक्ताले अब मोबाइल एपमार्फत रिडिङ, खपत युनिट, स्टेटमेन्ट, बिल, तालिका, कम्प्लेन लगायत सबै सुविधा सजिलै हेर्न सक्ने बताए।

उनका अनुसार संस्थाको ३६५ किलोमिटर क्षेत्रमा फैलिएका ८ हजार ४ सय उपभोक्ताको डेटा संकलन गरिएको छ। मोबाइल एप लागू भएसँगै खानेपानी तथा सरसफाइ क्षेत्रमा थप सुधार आउने उपभोक्ताको अपेक्षा छ।

कार्यक्रममा उपाध्यक्ष गोविन्द गिरीले स्वागत मन्तव्य राखेका थिए भने सचिव विशाल तामाङले सञ्चालन गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali