Skip to main content

Purbi Garjan

झापाको ‘हाम्रो नेपाल साकोस’ काठमाडौँमा प्रशंसित, देशभरकै उत्कृष्ट घोषित

झापा, असार २३ – झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस) देशभरकै उत्कृष्ट साकोस घोषित भएको छ। साना किसान विकास लघुवित्त वित्तीय संस्था, बबरमहल काठमाडौँले हाम्रो नेपाल साकोसलाई उत्कृष्ट सहकारीका रूपमा घोषणा गर्दै आइतबार प्रशंसापत्र प्रदान गरेको हो।

देशभरका करिब १,७०० साझेदार संस्थामध्ये उत्कृष्ट ठहर गर्दै लघुवित्तले २४औँ वार्षिक साधारणसभाको अवसरमा हाम्रो नेपाल साकोसलाई सम्मान गरेको हो। कार्यक्रममा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा, साना किसान विकास लघुवित्तका अध्यक्ष खेमबहादुर पाठक, प्रमुख कार्यकारी अधिकृत शिवरामप्रसाद कोइरालालगायतले साकोसका अध्यक्ष भवानीप्रसाद दङ्गाललाई फूलमाला, अबिर, खदा र प्रशंसापत्र हस्तान्तरण गरेका थिए।

विगत १२ वर्षदेखि सञ्चालनमा रहेको हाम्रो नेपाल साकोसले २०८१ साउनदेखि २०८२ जेठ मसान्तसम्मको आर्थिक कारोबारका आधारमा उत्कृष्ट व्यवसायिक साझेदारको मान्यता पाएको हो।

हाल यस साकोसका ३८ हजारभन्दा बढी सेयर सदस्य छन् भने झापा, मोरङ र इलाममा रहेका ३१ वटा सेवा केन्द्रमार्फत सेवा प्रवाह गरिरहेको छ। वार्षिक अढाई अर्ब रुपैयाँभन्दा बढीको आर्थिक कारोबार गरिरहेको यस साकोसले स्थानीयदेखि राष्ट्रिय तहसम्म उल्लेखनीय सफलता हासिल गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali