Skip to main content

Purbi Garjan

झापाको ‘हाम्रो नेपाल साकोस’ काठमाडौँमा प्रशंसित, देशभरकै उत्कृष्ट घोषित

झापा, असार २३ – झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस) देशभरकै उत्कृष्ट साकोस घोषित भएको छ। साना किसान विकास लघुवित्त वित्तीय संस्था, बबरमहल काठमाडौँले हाम्रो नेपाल साकोसलाई उत्कृष्ट सहकारीका रूपमा घोषणा गर्दै आइतबार प्रशंसापत्र प्रदान गरेको हो।

देशभरका करिब १,७०० साझेदार संस्थामध्ये उत्कृष्ट ठहर गर्दै लघुवित्तले २४औँ वार्षिक साधारणसभाको अवसरमा हाम्रो नेपाल साकोसलाई सम्मान गरेको हो। कार्यक्रममा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा, साना किसान विकास लघुवित्तका अध्यक्ष खेमबहादुर पाठक, प्रमुख कार्यकारी अधिकृत शिवरामप्रसाद कोइरालालगायतले साकोसका अध्यक्ष भवानीप्रसाद दङ्गाललाई फूलमाला, अबिर, खदा र प्रशंसापत्र हस्तान्तरण गरेका थिए।

विगत १२ वर्षदेखि सञ्चालनमा रहेको हाम्रो नेपाल साकोसले २०८१ साउनदेखि २०८२ जेठ मसान्तसम्मको आर्थिक कारोबारका आधारमा उत्कृष्ट व्यवसायिक साझेदारको मान्यता पाएको हो।

हाल यस साकोसका ३८ हजारभन्दा बढी सेयर सदस्य छन् भने झापा, मोरङ र इलाममा रहेका ३१ वटा सेवा केन्द्रमार्फत सेवा प्रवाह गरिरहेको छ। वार्षिक अढाई अर्ब रुपैयाँभन्दा बढीको आर्थिक कारोबार गरिरहेको यस साकोसले स्थानीयदेखि राष्ट्रिय तहसम्म उल्लेखनीय सफलता हासिल गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali