Skip to main content

Purbi Garjan

करोडौंको लगानीमा धुलाबारीमा प्रिमियम जिम ‘The Ironi X Fitness’ सञ्चालनमा

धुलाबारी। धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस मेसिनहरूले सुसज्जित ‘The Ironi X Fitness’ आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। युवा उद्यमशीलताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै ३० वर्षीय फिरदोश अन्सारीले करिब १ करोड ७ लाख रुपैयाँ लगानीमा यो जिम स्थापना गरेका हुन्।

उद्घाटन समारोहका प्रमुख अतिथि डा. शरद चन्द्र राईले रिवन काटेर जिमको उद्घाटन गरेका थिए। उनले युवाहरूलाई स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्ने यस्ता प्रतिष्ठान आवश्यक रहेको उल्लेख गर्दै अन्सारीले गरेको लगानी प्रशंसनीय रहेको बताए।

जिममा एसी, आकर्षक लाइटिङ, अत्याधुनिक फिटनेस मेसिन, कार्डियो जोन, स्ट्रेन्थ ट्रेनिङ सेटअपलगायत सबै आधुनिक सुविधाहरू उपलब्ध छन्। जिमका सञ्चालक अन्सारीका अनुसार फिटनेसमा रुचि बढिरहेका बेला धुलाबारीमा गुणस्तरीय सेवा दिने उद्देश्यले यो परियोजना सुरु गरिएको हो।

उद्घाटन कार्यक्रममा धुलाबारी तथा आसपासका फिटनेसप्रेमीहरूको उल्लेख्य उपस्थिति थियो। जिममा तालिमप्राप्त ५ जना पेशेवर प्रशिक्षक रहनेछन्, जसले व्यक्तिगत मार्गदर्शन, ट्रेनिङ योजना र डाइट सल्लाह सेवा उपलब्ध गराउनेछन्।

सञ्चालक अन्सारीका अनुसार नियमित जिम तथा व्यायामले शारीरिक तौल नियन्त्रणमा राख्न मद्दत गर्ने, मांसपेशी मजबुत बनाउने र स्टामिना बढाउने,
मानसिक तनाव घटाउने र आत्मविश्वास अभिवृद्धि गर्ने, हृदय स्वास्थ्य सुधार गर्ने, हड्डी तथा जोर्नीलाई बलियो बनाउने, दीर्घकालीन रोगहरूको जोखिम कम गर्ने तथा अनुशासन र स्वस्थ जीवनशैली विकासमा सहयोग गर्ने जस्ता महत्वपूर्ण फाइदाहरू रहने छन्।

सञ्चालन पक्षका अनुसार ‘The Ironi X Fitness’ जिम बिहान ४:३० बजेदेखि राति ८:३० बजेसम्म सञ्चालन हुनेछ। अन्सारीले आधुनिक, सुरक्षित र व्यवस्थित वातावरणमा फिटनेस सेवा उपलब्ध गराउँदै धुलाबारी क्षेत्रमा जिम संस्कृतिलाई थप व्यावसायिक बनाइने बताएका छन्।

भिडियो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali